Home हङकङ समाचार कागजपत्र किर्ते गरेको आरोपमा टोनी चान पक्राउ

कागजपत्र किर्ते गरेको आरोपमा टोनी चान पक्राउ

E-mail Print PDF
४ फेब्रुअरी २०१० 

३ फेब्रुअरी २०१० का दिन मध्यान्ह टोनी चान लाई हङकङको पिक स्थित आफनै घरबाट हङकङ प्रहरीले पक्राउ गरेको छ। उनले एसियाकै धनी महिला नीना वाङको चाईनाकेम च्यारीटेबल फाउण्डेसनको १०० बिलियन डलर बराबारको सम्पत्तिको आफू उत्तराधिकारी भएको दाबी गर्दै आएका थिए। तर उक्त दाबी किर्ते नक्कली कागज र झुटो भएको ठहर गर्दै २ फेब्रुअरी २०१० का दिन अद्दालतले उनको विपक्षमा फैसला सुनाएको थियो। फैसला लगत्तै पुनः अपिल गर्ने मनस्थिति तयार गर्दै गरेका चानलाई प्रहरीले पक्राउ गरेको हो। हङकङ प्रहरीले उनलाई नीना वाङले दिएको भन्दै अदालतमा पेश गरेको वारेसनामा नक्कली प्रमाणको रुपमा देखाएको र किर्ते हस्ताक्षर प्रयोग गरेकोले पक्राउ गरेको हङकङ प्रहरीले जनाएको छ। 

टोनी चान बसोबास गर्दै आएको हङकङको पिक स्थित घरमा दश जना प्रहरीले घर खानतलासी गर्दै आवश्यक कागज पत्र र कम्प्युटर पनि कब्जामा लिएको छ। उनी आफनो दिउंसोको खाना हङकङको एबरडीन स्थित मेरीना क्लवमा खाएर घर फर्कंदा प्रहरीहरुले उनलाई पक्राउ गरेको थियो। टोनी चानले आफू यो पक्राउबाट नडराउने र आफू यस गैरकानुनी पक्राउको सामना गर्ने बताएका छन्। 

टोनी चान निना वाङ को फेँग शुई मास्टर (भाग्य सुधार्न बिभिन्न उपायहरुबारे सल्लाह दिने चिनियाँहरुको लामा/पुजारी/ज्योतिषी) थिए र उनको  सेवा बापत वाङले चानलाई बिभिन्न समयमा गरी २.७ बिलियन डलर दिएकी थिइन्।
 
स्मरण रहोस एसियाकै सबै भन्दा धनी १०० बिलियन डलरकी धनी महिला नीना वाङको सन् २००७ मा क्यान्सर रोगका कारण ६९ बर्षको उमेरमा मृत्यु भएपछि उनले स्थापना गरेको चार्यनाकेम च्यारीटेबल फाउण्डेसन र टोनी चान बीच उनको सम्पत्तिको वास्तविक उत्तराधिकारी को भन्ने बिषयलाई लिएर लामो समय सम्म अद्धालतमा मुद्धा चलेको थियो। ५० बर्षीय टोनी चानले नीना वाङ र आफू बीच प्रेम सम्बन्ध रहेको र नीनाले सम्पूर्ण सम्पत्ति आफनो नाममा गरिदिएको दाबी गरेका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)