Home हङकङ समाचार ४१ बर्षीय महिलाद्वारा ७ तल्लाबाट हाम फालेर आत्महत्या

४१ बर्षीय महिलाद्वारा ७ तल्लाबाट हाम फालेर आत्महत्या

E-mail Print PDF
८ फेब्रुअरी २०१०

हङकङको समसोइपो स्थित ड्रागन प्लाजाको सात तल्लाबाट एकजना ४१ बर्षीय महिलाले हाम फालेर आत्महत्या गरिन। सोही प्लाजाको रेष्टुरेण्टमा खाना खाइरहेका पति र पत्नी बीच ४ बर्षीय छोरीको शिक्षाको सम्बन्धमा विवाद हुँदा उनले आत्महत्या गरेको अड्कल गरिएको छ। ४१ बर्षीय सो महिलाले आफनी ४ बर्षीय छोरीलाई समेत संगै काखमा च्याप्दै ७ तल्लाबाट हाम फालेकी थिइन्। तर उनकी ४ बर्षीय छोरी ४ तल्लामा रहेको जालीमा अड्किएका कारण बाँच्न सफल भएकी थिइन्। बच्चाकी आमा भने गह्रौ भएका कारण जालीले धान्न नसकेर जालीलाई प्वाल पार्दै पार गरॆ पछि भूईमा खसेकी थिइन्। उनलाई घटनास्थलमै मृत्यु भएको घेषणा गरिएको थियो।

४ बर्षीय बालीकालाई सामान्य जांचका लागि क्यारिटस मेडिकर केन्द्रमा लगिएको थियो। बच्चालाई कतै घाउ चोट लागेको छैन। प्रत्यक्षदर्शीहरु भने सो बच्चा जालीमा हिंड्दा डराएर भावविहल भएका थिए। उनकी आमा भूईंमा खस्दा जालीमा परेको प्वालमा परेर उनी पनि भूंईमा खस्ने हुन् की भनेर सबै डराएका थिए। अन्ततः उनी बच्न सफल भइन्।

घटनाका सम्बन्धमा अहिले छानविन भइरहेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति आत्महत्या रहेकोले उनको पति संग सोधपुछ गरे पश्चात केही सत्य तथ्य कुराहरु जानकारीमा आउन सक्ने प्रहरीले जनाएको छ। अहिले सम्म उक्त घटनाको सम्बन्धमा सत्य तथ्य जानकारी प्राप्त भएको छैन।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)