Home हङकङ समाचार ‘द्वितिय नेपाली डान्स आइडल २०१०’ को लागि भव्य तयारी

‘द्वितिय नेपाली डान्स आइडल २०१०’ को लागि भव्य तयारी

E-mail Print PDF
७ फेब्रुअरी

 
हङकङ, जोर्डन स्थित कंगन रेष्टुरेण्टमा आज सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हङकङले ‘द्वितिय नेपाली डान्स आइडल २०१०’ बारे एक ‘संदेश प्रवाह’ कार्यक्रम सम्पन्न गयो। उक्त कार्यक्रम ‘द्वितिय  नेपाली डान्स आइडल’का मुख्य प्रायोजक ईमेज सेलुनका प्रोपाइटर ईन्द्र गुरुङको प्रमुख आतिथ्यमा, संघका सचिव गंगा खतिवडाको अध्यक्षता, सदस्य गणेश गुरुङले संचालन तथा सदस्य ईन्द्र वनेमले स्वागत भाषाण गरेका थिए भने विभिन्न संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकारहरु लगायत समाजका गन्यमान्य व्यक्तिहरुको उपस्थिति थियो।

उक्त अवसरमा फियोना साँस्कृतिक विभागका  संयोजक भिम गुरुङले ‘द्वितिय नेपाली डान्स आइडल’बारे विस्तृतरुपमा जानकारी दिएका थिए। जसअनुसार आगामी मार्च २१ तारिख मंकिहिलमा प्रथम चरणको र  अप्रिल १८ तारिख याउ मा तेई कम्यूनिटि हलमा अन्तिम चरणको कार्यक्रम हुने बताए। आवेदन फारम आजै देखि खुल्नुको साथै मार्च १४ तारिख फारम बुझाउने अन्तिम समय रहेको पनि जानकारी संयोजन भिम गुरुङले बताए। फारम  शुभकामना स्टोर तथा पशुपति स्टोर्स, जोर्डन, मस्याङदी स्टोर्स तथा मनकामना स्टोर्स, यूनलोङ र फियोना कार्यालयमा पाउन सकिने छ।

यसैगरी गत वर्ष प्रथम पुरस्कार मात्र दिएकोमा यस वर्ष देखि आइडल ट्रफीको साथ प्रथम पुरस्कार HK$ ५,१००/-, द्वितिय पुरस्कार HK$ ३,१००/- र तृतिय पुरस्कार HK$ २,१००/- को व्यवस्था गरिएको छ। उक्त पुरस्कार रकम HK$ १०,३००/- मुख्य प्रायोजक ईन्द्र गुरुङले गरेका छन्।

संयोजक भिम गुरुङले प्रतियोगितालाई निष्पक्ष तथा पारदर्शी मूल्याङ्क गर्नको लागि नृत्यकला सम्बन्धी ज्ञान, सीप, क्षमता साथै दक्षता भएका नेपाली मध्यबाट कम्तिमा ३ सदस्यीय मूल्याङ्क समिति गठन हुने जानकारी दिएका दिए। यसै गरी प्रतियोगिता सम्बन्धी नियामवीबारे जानकारी दिदै उनले आधुनिक तथा लोक गीतहरु नेपाली भाषामा मात्र मान्यता दिने, धेरै रिमिक्स गीतमा नृत्य गर्न नपाइने, नृत्य अनुसारको श्रृङ्गार तथा पोशाकको व्यवस्था आफैले गर्नुपर्ने, नृत्यकारहरु हङकङमा स्थापित संघ/संस्थाहरुले आधिकारीकरुपमा सिफारीस गरेको हुनुपर्ने, नृत्यकारले ३ वटा गीत आयोजकलाई बुझाउनु पर्ने, निर्णायक राउण्डमा २ वटा गीत छान्न पाउने साथै आयोजकले गोप्यरुपमा १० वटा आधुनिक र १० वटा लोक गीत गरी २० वटा गीत संकलन गरिएको उक्त गीतहरुलाई गोलाप्रथाबाट छानिएको गीतमा नृत्य गर्नुपर्ने लगायतका नियमहरु भएको जानकारी दिएका थिए।

यसैगरी उनले नृत्यकारले आफ्नै संकलन गरिएको गीतबाट अडिशन राउण्डबाट १७ जना र दोस्रो राउण्डबाट टप १० जना छनोट गरिने साथै टप ५ र अन्तिम राउण्डमा प्रथम, द्वितिय र तृतिय हुने नृत्यकारले आयोजकले संकलन गरिएको गीतमा नृत्य गर्नु पर्ने साथै टप १० नृत्यकारहरुलाई नृत्य निर्देशकबाट प्रशिक्षण गराइने पनि जानकारी दिए। यस कार्यक्रम सफल पार्न उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै यसरी नै ‘द्वितिय नेपाली डान्स आइड’लाई भव्यरुपमा सम्पन्न हार्दिक अनुरोध गर्दै अध्यक्षता गरेका गंगा खतिवडाले उक्त कार्यक्रम समापन गरेका थिए।

उक्त अवसरमा ‘द्वितिय नेपाली डान्स आइडल’ कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न उपस्थित तथा अनुपस्थित विभिन्न संघ/संस्थाका अध्यक्ष तथा पदाधिकारी लगायत समाजसेवीहरुले आर्थिक सहयोग गरेका थिए। जसअनुसार त्रिलोक गुरुङ HK $ २,० ००/-,  तुल्सी गुरुङ HK $ २,०००/-, कमल पौडेल HK $ १,५००/-, गंगा खतिवडा HK $ १,०००/-, गणेश गुरुङ HK $ १,५००/-, सत्य घले HK $ १,०००/-, ओमराज सम्वाहाम्फे HK $ १,०००/-, दिलिप सिंह गुरुङ HK $ १,०००/-, होम घले HK $ १,०००/-, गोपी घले HK $ १,०००/-, मोहन राना HK $ १,०००/-, कमल गुरुङ HK $ १,०००/-, देव गुरुङ HK $ १,०००/-, आशा पाइजा HK $ १,०००/-, बसन्ती कुमारी राई HK $ १,०००/-. जगत थापा HK $ ५००/-, ईश्वर खाँ HK ५००/-, रक्षा गुरुङ HK $ ५००/-, भीम बहादुर थापा HK $ ५००/-, राज कुमार गुरुङ HK $ ५००/-, मनोज सूर्यवंशी HK $ ५००/-, विकास गुरुङ HK $ ५००/-, विजय गुरुङ HK $ ५००/-, चित्र बहादुर गुरुङ HK $ ५००/-, गौरब गुरुङ HK $ ५००/-, मोहन गुरुङ HK $ ५००/-, दल सेर्बुजा HK $ ५००/-, सुरेश गुरुङ HK $ ५००/-, हेजेन राई HK $ ५००/-, धन बहादुर गुरुङ HK $ ५००/-, लाल बहादुर गुरुङ HK $ ५००/-, ईच्छा कुमारी गुरुङ HK $ ५००/-, हितमान गुरुङ HK $ ५००/-, सन गुरुङ HK $ ५००/-, ईन्द्र एलजी थापामगर HK $ ५००/-, कुल प्रसाद गुरुङ HK $ ५००/-, रुबी गुरुङ HK $ ५००/-, नातिकाजी गुरुङ HK $ ५००/-, लीला राई HK $ ५००/- शेर बहादुर गुरुङ HK $ ५००/-, भिम पुन HK $ ५००/-, कृष्ण गुरुङ HK $ ५००/-, रोशन गुरुङ HK $ ५००/-, कृष्ण लिंखा HK $ ५००/-, मिन गुरुङ HK $ ५००/-, किशोर गुरुङ HK $ ५००/- र मुख्य प्रायोजक HK $ १०,३००/- गरी HK $ ४३,८००/- संकलन भएको र आर्थिक संकलन कार्य जारी रहेको आयोजकले बताए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

चिनेको चोरले काट्छ

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo Bhaakaa

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)