Home हङकङ समाचार मोना, हङकङ ११ ‍औं वार्षिक उत्सव तथा विचार गोष्ठी सम्पन्न

मोना, हङकङ ११ ‍औं वार्षिक उत्सव तथा विचार गोष्ठी सम्पन्न

E-mail Print PDF
जनवरी १४

 
 
हङकङ, याउ मा तेइ, मोना कार्यालय, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आफ्नो ११ औं वार्षिक उत्सव भव्यरुपमा सम्पन्न गयो। उक्त अवसरमा ‘मोना हङकङको विगत वर्तमान र भविष्य’ विषयमा विचार गोष्ठी भएको थियो।

उक्त औपचारिक  कार्यक्रम संघका अध्यक्ष दल सेर्बुजाको अध्यक्षतामा, सह सचिव रुपा चोचाङगीले संचालन र सल्लाहकार ईन्द्र एलजी थापामगरले स्वागत मन्तव्य दिएका थिए। प्रमुख अतिथि मोना अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य तथा निवर्तमान अध्यक्ष तुल्म राज रामजाली थिए भने अतिथिहरुमा मगर संघ हङकङका उपाध्यक्ष दल चोचाङगी, पुन मगर समाज हङकङका अध्यक्ष राजु गर्बुजा, सल्लाहकारहरु गो. मे. गम बहादुर बुदुजा, रुप प्रसाद पुन, हर्क नारायण तुलाचन, ई. हर्कमान मगर र कृष्ण तिलिजा थिए।

प्रमुख  अतिथिबाट पानसमा बत्ती बालेर  संघको ११ औं वार्षिक उत्सवको उदघाटन गरे पछि अतिथिहरु राजु गर्बुजा, हर्क नारायण तुलाचन, दल चोचाङगी तथा प्रमुख अतिथि तुल्म राज रामजालीले संघको उत्तोर उत्तोर प्रगतिकोको शुभकामना व्यक्त गरेका थिए।

यसपछि दोस्रो चरणमा विचार गोष्ठीका संयोजक तुल्म राज रामजालीले  कार्यक्रम संचालन तथा कार्यपत्र प्रस्तुत् गरेका थिए। वुँदा टिपोटमा समितिका सदस्य द्वय कर्ण पुन र टेक पुन थिए भने सदस्य ईन्द्र एलजी थापामगरले कार्यपत्र उपर टिप्णी गरेका थिए साथै गोष्ठीमा सहभागी मध्ये राजु गर्बुजाले पनि त्यस विषय माथि टिप्णी गरेका थिए।

निकै सौहर्दापूर्ण वातावरणमा सम्पन्न भएको उक्त गोष्ठीमा उपस्थित धेरै सहभागीहरुले कार्यपत्र  उपर टिप्णी तथा राय सुझाव दिएका थिए। करीब ३ घण्टा सम्म व्यापक छलफल भएको थियो। सबै सुझाबहरुलाई समाबेश गरी पुर्नलेखन गरीने छ। अन्तमा संघको ११ औं वार्षिक उत्सव तथा विचार गोष्ठीलाई अत्यन्तै सफल पार्न हरतरहले सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिदै आगामी कार्यक्रमहरुमा पनि यसरी नै सहयोग तथा सहभागी हुने विश्वास गर्दै कार्यक्रम समापन गरेका थिए।

त्यसपछि मोना महिला समितिले तयार पारेको विभिन्न परिकारहरुको  साथ लोक दोहरीगीत गायर अबेर सम्म रात्री पार्टी चलेको थियो। त्यस अवसरमा उपस्थित महानुभावहरुले स्वच्छाले आर्थिक सहयोग गर्दा हङकङ डलर ५,३२२/- जति संकलन भएको थियो।

स्मरणरहोस्  मोना हङकङले नवौ वार्षिक कार्यक्रममा ‘मोना हङकङ र हङकङेली म्याग्दीबासीहरुको भूमिका’ विषयमा अन्तर्क्रिया कार्यक्रम गरेर मनाएको थियो।
 
 
Comments (1)
BADHAI
1 Thursday, 18 February 2010 16:28
M.B. THAPA
KARYAKARAM BHABBYE RUPMA SAFAL BHAYEKOMA BADHAI CHHA. M.B. THAPA CHAIRMAN MAGAR ASSOCIATION HONG KONG

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)