Home हङकङ समाचार नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

E-mail Print PDF
फेब्रुअरी २८

 
 
हङकङ, नेपाली निर्माण कामदार यूनियनको तेस्रो वार्षिक साधारण सभाले पुन तुलाजंग गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ  कार्यसमिति निर्वाचित गरेको छ।

मंक्कको हङकङ प्रोफेसनल टिचर्स्  यूनियन हलमा सम्पन्न उक्त वार्षिक साधारण सभाको खुला सत्र यूनियनका अध्यक्ष तुलाजंग गुरुङको अध्यक्षतामा, सचिव होम घलेले कार्यक्रम संचालन र स्वागत भाषण सदस्य रित गुरुङले गरेका थिए भने अतिथिहरुमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियोना हङकङका  ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ, मोना हङकङका अध्यक्ष दल सेर्बुजा, लम्जुङ सेवा सेवा समितिका अध्यक्ष सुरेश गुरुङ, नेपाली जनअधिकार सरोकार समाजका का.वा. अध्यक्ष कृष्ण लिंखा र तामाङ घेदुङ संघका दुर्गा तामाङ थिए।

उक्त अवसरमा HKCTU का ओर्गनाइजर म्याक टक चिङ, CSWGU का अध्यक्ष चेङ पाक कान, नेपाली निर्माण कामदार युनियनका अडिटर ओमराज सम्वाहम्फे, फियानो हङकङका  ईन्द्र वनेम, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष चुन्नि थापा मगर, गोर्खा सेक्युरिटी युनियनका अध्यक्ष विष्णु गुरुङ र नेपाली जनसम्पर्क समितिका का.वा.अध्यक्ष कृष्ण लिंखाले यूनियनको तेस्रो वार्षिक साधारण सभाको सफलताको कामना तथा ऐक्यवद्वता व्यक्त गरेका थिए। त्यस पछि अध्यक्ष तुलाजंग गुरुङले यूनियनलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने कार्यसमिति तथा शुभेच्छकहरु सबैलाई धन्यवाद दिदै उक्त समिति विघटन गरेका थिए भने बन्द सत्र संचालन गर्नको लागि हेजेन राईको अध्यक्षतामा ५ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गर्दै खुला सत्रको समापन गरेका थिए।

वन्द सत्र हेजेन राईको अध्यक्षतामा  सदस्यहरु HKCTU का म्याक टक चिङ, फियानो हङकङ सदस्य भिम गुरुङ, घरेलु कामदार यूनियनका भू.पू. अध्यक्ष माया राई तथा नेपाली जनाधिकार सरोकार समाजका पूर्ण कुमार लोपसाम रहेको समितिले संचालन गरेको थियो भने यूनियनको विधानमा उल्लेख भएको निर्वाचन सम्बन्धि जानकारी निवर्तमान सचिव होम घलेद्वारा प्रस्तुत् सांगठानिक प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष मनिष खापुङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएको थियो। त्यस पछि यूनियनको विधानमा भएको निर्वाचन सम्बन्धि निवर्तमान सदस्य सत्य प्रसाद घलेले जानकारी दिएका थिए। त्यस पछि तुलाजंग गुरुङको अध्यक्षतामा उपाध्यक्ष मोहन राना मगर, सचिव रित गुरुङ, कोषाध्यक्ष मनिष खापुङ सदस्यहरुमा सत्य प्रसाद घले, होम घले, ईन्द्र थापा, मनिष थापा, जीवन पमु, बसन्त थापा, टंक तरामु, नर बहादुर गुरुङ र बेल बहादुर गुरुङ सर्बसम्मतरुपमा निर्वाचित भएका थिए।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)