Home हङकङ समाचार टप माउण्टेन डोजाङको प्रथम बार्षिक उत्सव सम्पन्न

टप माउण्टेन डोजाङको प्रथम बार्षिक उत्सव सम्पन्न

E-mail Print PDF
१ मार्च २०१०

 
टप माउण्टेन डोजाङले २८ फेब्रुअरी २०१० का दिन आफनो स्थापनाको प्रथम बार्षिक उत्सव विविध कार्यक्रम सहित भव्य रुपमा सम्पन्न गर्यो। ७० जना तेक्वान्दोका विधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न विधाका तेक्वान्दो खेलमा प्रतिस्पर्धा तथा प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रममा ८ गोल्ड मेडल, ८ ब्रन्ज मेडल र ८ सिल्भर मेडलका लागि ७० जना विधार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए। उक्त प्रतियोगिताका निर्णायक मण्डलमा तेक्वान्दोका मास्टर कुमार खर्का लिम्बु, खड्ग गुरुङ र च‌ौ बहादुर गुरुङ रहेका थिए।

 
बार्षिक उत्सव समारोहका प्रमुख अतिथि हङकङका लागि नेपाली वाणिज्यदूत किरण शाक्य रहेका थिए भने उक्त कार्यक्रमको संचालन डोजाङकी सचिव सुनिता गुरुङले गरेकी थिइन्। अन्य अतिथिहरुमा कोरिया हङकङ एसोसियसनका प्रेसिडेन्ट ग्रान्डमास्टर मुन, फिलिपिन महाबाणिज्यदूतका प्रतिनिधि तथा याउ चीम मोङ जिल्लाकी सहायक अधिकारी एलिसन लो, तमु ट्हो हयुल कि अध्यक्ष ईच्छा कुमारी गुरुङ लगायत अन्य महानुभावहरु थिए।

प्रमुख अतिथि किरण शाक्यले बार्षिक उत्सव कार्यक्रम र डोजाङको वेवसाईट www.topmtkd.com को उद्घाटन गरेका थिए। टप माउण्टेन डोजाङका मास्टर गणेश गुरुङले तेक्वान्दो र टप माउण्टेन डोजाङले एक बर्ष सम्म खेलेको भूमिकाका सम्बन्धमा प्रकाश पारेका थिए। गुरुङका अनुसार टप माउण्टेन डोजाङ नेपाली समाजमा मात्रै सिमित नभइ हङकङमा बसोबास गर्ने जुन कुनै देशका नागरिकले टप माउण्टेज डोजाङमा कक्षाहरु लिन सक्ने र सोही बमोजिम अहिले पनि एक बर्षको अवधीमा विभिन्न देशका नागरिकहरुले कक्षा लिइरहेको समेत उनले वताए।

आफना विधार्थीहरुलाई सुचना प्रवाह गर्न सजिलो र सहि सूचना प्रसार प्रचार होस् भन्ने उद्देश्यले टप माउण्टेन डोजाङले आफनै वेवसाइट संचालनमा ल्याएको उनले वताए। कार्यक्रममा समपूर्ण अतिथिहरुलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

टप माउण्टेन डोजाङको हरेक कार्यक्रममा मिडियाको प्रमुख भूमिका निर्वाह गरेकोमा हङकङनेपाली डट कम (www.hongkongnepali.com) र जेपीटीएचके डट कम (www.jpthk.com) लाई सम्मान स्वरुप कदर पत्र प्रमुख अतिथिले प्रदान गरेका थिए।

उक्त कार्यक्रममा फिलिपिनो, नेपाली लगायतका कलाकारहरुले विभिन्न आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए। नृत्य तथा प्रतियोगितामा सहभागिता जनाउनेहरुलाई प्रमुख अतिथि र अन्य अतिथिहरुले प्रमाण पत्र तथा प्रशंसा पत्र वितरण गरेका थिए। कार्यक्रम मध्यान्ह देखि सांझ सात बजे सम्म चलेको थियो।

 
 
प्रतियोगितामा मेडल पाउनेहरुको निम्नलिखित रहेका छन्

बेस्ट च्याम्पियनशिप : चेरी बाल्बा

गोल्ड मेडल पाउनेहरु:
अविना गुरुङ, चेरी बाल्बा, रुवीरोशा, मनिस पुन. निशान थापा, लाडिया गिमाङ, सुनिता गुरुङ र अर्जुन गुरुङ।

सिल्भर मेडल पाउनेहरु:
सोनिस गुरुङ, हिरा बहादुर गुरुङ, रमन थापा, संगम गुरुङ, मोनिका विश्कर्मा, नविन, रितिका गुरुङ र डानिया।

ब्रन्ज मेडल पाउनेहरु:
धन बहादुर पुन, फिरोज गुरुङ, अशोता क्यारोलिना, लुजिभिमिन्दा, पवित्रा गुरुङ, मेरी लिम्बु, अश्मिता गुरुङ र डेवान वागीहाङ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)