Home हङकङ समाचार टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ सम्पन्न

टप माउन्टेन डोजाङको चौथो अपग्रेडिङ सम्पन्न

E-mail Print PDF
९ मार्च २०१०
 
 
गत २८ फेब्रुअरी मा मात्र आफ्नो प्रथम वार्षिकोत्सव मनाएको टप माउन्टेन डोजाङले त्यसको लगत्तै अर्को हप्ता अर्थात गत ७ मार्च को दिन आफ्नो चौथो अपग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ। याउमातेई कम्युनिटी हलमा बिहानको १० बजेबाट शुरु भएको कार्यक्रममा डोजाङका विधार्थीहरुले आफ्नो बेल्ट अपग्रेड प्राप्त गर्न तेक्वान्दोको बिभिन्न विधामा आफ्नो कौशल देखाएका थिए।

यस पटकको अपग्रेडिङमा डोजाङका दुई जना प्रशिक्षार्थीले ब्ल्याक बेल्ट पाएका छन्। ब्ल्याक बेल्ट पाउनेहरुमा सुश्री चेरी बाल्बा र क्षितिज गुरुङ रहेका छन्। यी दुई जना सँगै अब डोजाङमा ब्ल्याक बेल्ट प्राप्त सदस्यहरु ४ जना भएका छन्। प्रशिक्षक महेन्द्र लिम्बु र गणेश बिक्रम राना यस अघि नै ब्ल्याक बेल्ट प्राप्त छन्।
 
 
 
अपग्रेडिङ कार्यक्रमको अध्यक्षता र विधार्थीहरुको परिक्षा डोजाङका प्रमुख मास्टर गणेश गुरुङले लिएका थिए भने कार्यक्रम सँचालन डोजाङकी सचिच सुनिता गुरुङले गरेकी थिइन्।

 
 
दिउँसोको १ बजेसम्म चलेको अपग्रेडिङ कार्यक्रम सकिएपछि जोर्डनको छहारी रेस्टुरेन्टमा सबै जना भेला भई पार्टी गरिएको थियो। सो कार्यक्रममको ‌औपचारिक चरणमा मास्टर गणेश गुरुङले डोजाङको प्रथम वार्षिकोत्सवको डिभीडी विमोचन गरेका थिए। त्यसपछि अपग्रेडिङमा उत्तीर्ण भएका विधार्थीहरुलाई नयाँ बेल्ट दिइनुको साथै डोजाङलाई सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान पत्र पनि दिइएको थियो। नयाँ ब्ल्याक बेल्ट उत्तीर्ण प्रशिक्षार्थीहरु सुश्री चेरी बाल्बा र क्षितिज गुरुङले आआफ्नो सफलताको खुशियालीमा पार्टीको स्पोन्सर गरेका थिए।
 
 
Comments (1)
congratulation
1 Tuesday, 20 April 2010 12:27
raj kumar gurung
bro first of all namaste, aja maile tapai ko website ramro saga here tapai ko tmtd ko chautho apgreding program ma 2 jana le blackbelt payeko rahecha ani vcd ko bimochan pani gareko rahecha dherai khusi lagyo. sada yestai pragati hos vanne kamana sahit badai dina chahanchu. aba ba cyber auda tapai ko website herdai garne chu. sathai HAPPY NEW YEAR 2067.bhai raj.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)