Home हङकङ समाचार पुन मगर समाज हङकङको पांचौ बार्षिक उत्सवमा डा. महावीर पून

पुन मगर समाज हङकङको पांचौ बार्षिक उत्सवमा डा. महावीर पून

E-mail Print PDF
AddThis Social Bookmark Button

पुन मगर समाज हङकङले गत २५ डिसेम्बर २००८ का दिन स्थापनाको पांचौ बार्षिक उत्सव भव्यरुपमा सम्पन्न गरयो । विगत बर्षहरु जस्तै यस बर्ष पनि सफलता पूर्वक पुन मगरहरुको पांचौ बार्षिक उत्सव सम्पन्न भएको छ । विविध कार्यक्रमहरु रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपालबाट समाजको निमन्त्रणालाई स्वीकार गरि आउनु भएका रामोन मेगेसेस पुरस्कारबाट सम्मानित डा महावीर पुनको प्रमुख आतिथ्य र विशेष अतिथिमा हङकङ नेपाली महासंघका उपाध्यक्ष श्री हर्क रानामगर मगर संघ हङकङका अध्यक्ष एम बी थापा वान डलर अ मन्थ अभियानका संयोजक श्री नेत्र पहराईमगर मोना हङकङका अध्यक्ष दल सेर्वुजा एभरेष्ट साप्ताहिक पत्रिकाका सम्पादक तथा वान डलर अ मन्थ अभियानका सदस्य सचिव किसन राई तथा नेपालबाट आफनो नीजि भ्रमणमा आउनु भएका गेसोका मधयपश्चिमााचलका अध्यक्ष श्री हर्क पहरे पुनमगर निवर्तमान अध्यक्ष श्री गोर्खा मेजर गम ब बुडुजा तथा भूपू अध्यक्ष श्री कृष्ण पुन लगायतका अन्य तमाम अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

समाजको पांचौ बार्षिक उत्सवमा उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष श्री बीरमान पुनले स्वागत गरेको थिए भने कार्यक्रमको साचालन समाजका सचिव श्री देवेन्द्र पुनले गरेका थिए । कार्यक्रमको सभापत्तित्व समाजका अध्यक्ष श्री राजु गर्वुजाले गरेका थिए । कार्यक्रममा डा। महावीर पुनलाई स्वागत तथा सम्मान पनि गरिएको थियो । डा महावीर पुनले वान डलर वान मन्थ कार्यक्रमको औपचारीक समिति घोषणा गरे लगत्तै उक्त अभियान साचालन पनि गरिएको थियो । समाजको तर्फबाट हङकङमा विभिन्न विधामा अग्रस्थान हासिल गर्ने समाजका सदस्यहरुलाई सम्मान प्रदान गरिएको थियो । जसमा शिक्षा खेलकुद संगित र समाजसेवा जस्ता विविध क्षेत्र रहेका थिए । डा महावीर पुनले आफनो मन्तव्यका क्रममा वान डलर अ वान मन्थ कार्यक्रम हामी सबैको हो । त्यसैले हामी सबैले नेपाली एकता देखाउन र देशको आर्थिक वृद्धि तथा ग्रामीण भेगमा बसोबास गर्ने नयून आय भएका जनताको जीवन स्तर उकास्नका खातिर पनि तपाईहरुको अमूल्य सहयोग आवश्यक रहेको बताएका थिए । हङकङमा उक्त वान डलर अ वान मन्थ यु एस डलर अभियानलाई हङकङ डलर दशका हिसाबले अभियान साचालन गरिएको छ । औंपचारिक कार्यक्रमको समापन पछि विविध संास्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

त्यस्तै गरी २९ डिसेम्बर २००८ का दिन जोर्डन स्थित कङ्गन रेष्टुरेण्टमा डा महावीर पुनको सम्मानमा एक विदाई तथा रात्रीभोज कार्यक्रमको आयोजना गरियो । विशेष अतिथिमा गेसोका मधयपश्चिमााचलका अध्यक्ष श्री हर्क पहरे पुनमगर र हङकङका लागि वान डलर अ मन्थ अभियानका संयोजक श्री नेत्र पहराईमगर मोना हङकङका अध्यक्ष दल सेर्वुजा पुन मगर समाजका भू पू अध्यक्ष श्री कृष्ण पुन नि वर्तमान अध्यक्ष श्री गोर्खामेजर गम ब बुडुजामगर नेपाल पोष्टका सम्पादक श्री कुल प्रसाद गुरुङ्ग लगायतका अन्य तमाम अतिथिहरुको पनि उपस्थिति रहेको थियो । उक्त विदाई कार्यक्रममा तमाम महानुभावहरुले पुष्प गुच्छा खादा तथा उपहार प्रदान गरेर उहाको अभियानको सफलताका साथै विदाई गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि डा महावीर पुन र अभियानका संयोजक नेत्र पहराईले आफनो छोटो मन्तव्य दिइएका थिए । प्रमुख अतिथिले हङकङमा गठित अभियानको पूर्णसफलता कामना आफनो मन्तव्यका गरेका थिए । त्यसका साथै आफनो अभियानका बारेमा हङकङ आगमन सगै व्यापक प्रचार प्रसार तथा कार्यक्रमहरु तिव्र रुपमा अगाडि बढेकोले म यहा त्यसका सवालमा धेरै बोल्न चाहन्न भन्दै डा। पूनले सबै महानुभावहरुलाई धन्यावाद र पुनमगर समाज हङकङलाई विशेष धन्यवाद दिएका थिए । कार्यक्रम साचालन समितिका सचिव र स्गवागत मन्तव्य संघका उपाध्यक्ष र सभापत्तित्व संघका अध्यक्ष श्री राजु गर्वुजाले गरेका थिए ।

 

Latest News