Home हङकङ समाचार मोना हंगकंगले डा. पूनलाई सम्मान गर्यो

मोना हंगकंगले डा. पूनलाई सम्मान गर्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

गत २६ डिसेम्बर २००८ का दिन मोना हङकङको आयोजनामा डा महावीर पुनको सम्मानमा एक भेटघाट तथा रात्रीभोज कार्यक्रको आयोजना जोर्डन स्थीत कङ्गन रेष्टुरेण्टमा भव्य रुपमा सम्पन्न भयो । कार्यक्रमको सभापति समाजका अध्यक्ष श्री दल सेर्वुजाले गरेका थिए भने कार्यक्रको संचालन लोकेश बोगटीले गरेका थिए । उपस्थित सम्पूर्ण महानुभावहरुलाई समितिका उपाध्यक्ष श्री अमृत गर्वुजा पुनले स्वगात गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा महवीर पुन विशेष अतिथिमा मोना हङकङका संस्थापक अध्यक्ष श्री गणेश फगामी मगर गोर्खामेजर गम बहादुर बुडुजा, वान डलर अ मन्थ कार्यक्रमका संयोजक श्री नेत्र पहराई, पुन मगर समाजका अध्यक्ष श्री राजु गर्वुजा, कङ्गन रेष्टुरेण्टका प्रवन्धक श्री कमल पौडेल र मगर संघ हङकङका अध्यक्ष श्री एम बी थापा लगायतका तमाम अतिथिहरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य लगत्तै डा. महावीर पुनलाई समाजको तर्फबाट र विभिन्न महानुभावहरुले खादा ओढाई सम्मान गरिएको थियो । त्यसका साथै कङ्गन रेष्टुरेण्टका प्रवन्धक श्री कमल पौडेलले पनि डा महावीर पुनलाई आफनो रेष्टुरेण्टको तर्फबाट सम्मान गरेका थिए । कार्यक्रममा तमाम महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

Latest News