Home हङकङ समाचार मगर संघ हङकङद्धारा डा. पूनको सम्मान

मगर संघ हङकङद्धारा डा. पूनको सम्मान

E-mail Print PDF
AddThis Social Bookmark Button

मगर संघ हङकङले गत २७ डिसेम्बर २००८ का दिन डा. महावीर पुनको सम्मानमा एक स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना चिमसाचूई स्थीत सूर्य रेष्टुरेण्टमा गर्यो । उक्त कार्यक्रमको संचालन संघका महासचिव श्री लाल प्रकाश थापाले गरेका थिए भने उपस्थित महानुभावहरुलाई संघका उपाध्यक्ष श्री दल पुनले स्वागत गरेका थिए । कार्यक्रमको सभापत्तित्व संघका अध्यक्ष श्री एम बी थापामगरले गरेका थिए ।

प्रमुख अतिथिमा डा महावीर पुन र विशेष अतिथिमा मगर संघ हङकङका  भू पू अध्यक्षहरु श्री हुम बहादुर थापामगर एक बहादुर रानामगर नेत्र पहराईमगर र अतिथिमा मोना हङकङका अध्यक्ष श्री दल सेर्वुजा र पुनमगर समाज हङकङका अध्यक्ष श्री राजु गर्वुजा बरिष्ठ गायक श्री क्या वीर बहादुर थापामगर भू पू उपाध्यक्ष तथा संस्थापक महासचिव श्री मनोज सूर्यबंसीमगर भू पू उपाध्यक्ष श्री प्रेम गलामी मगर जनसमपर्क समितिका महामन्त्री श्री बसन्त श्रीनेट लगायत अन्य तमाम अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत भू पू अध्यक्षहरुले आफनो छोटो मन्तव्यका क्रममा डा महावीर पुनलाई सम्मान तथा सधन्यावादका साथै आउंदा दिनमा अझ रचनात्म कार्य गर्नका निम्ति हार्दिक आग्रह गरेका थिए । डा. महावीर पुनले हामीले जातिय र क्षेत्रियताबाट माथी उठेर काम गरिरहेकोले यहांहरुले पनि त्यही अनुरुप कार्य गर्न र सोही बमोजिम लिइदिन हुन अनुरोध गर्दै कार्यक्रमका लागि धन्यवाद दिएका थिए । कार्यक्रममा न्यून उपस्थिति रहेको थियो भने आयोजकले समय अभावका कारणले सबैलाई खबर गर्न नसकेको जानकारी दिइएका थियो ।

 

Latest News