Home हङकङ समाचार हङकङ नेपाली डट कमको औपचारीक यात्रा शुरु

हङकङ नेपाली डट कमको औपचारीक यात्रा शुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

जनवरी २, २००९ हिजो औपचारीक रुपमा हङकङ नेपाली डट कम परीवारको वेवसाइट उदघाटन कार्यक्रम मोना, हङकङको कार्यालय याउ मा तेईमा  नेपाली महावाणीज्यदूतवासका महावाणीज्यदूत केशव प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो । वेवसाइटका संयोजक नेत्र पहराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम टिमका सदस्य ईन्द्र थापामगरले संचालन गरेका थिए । केही संघ संस्थाहरुका अध्यक्षहरु अतिथिको रुपमा उपस्थिती थियो । प्रमुख अतिथि श्री केशव प्रसाद भट्टराईले माउजद्धारा क्लीक गरेर हङकङ नेपाली डट कमको उदघाटन गर्नु भएको थियो । उदघाटन पछि वहाँले वेवसाइटको केही समय सर्फीङ गर्नु भएको थियो ।

त्यस पछि अफ्नो शुभकामना मन्तव्य दिदै यस वेवले लिएको उद्देश्यहरु अत्यन्तै सान्द्रभीक भएकोले निश्चयनै सामाजिक सदभाव राख्न र नेपालीहरु बिच भावनात्मक एकता राख्न सहयोग गर्ने विश्वास वक्त गर्नुभएको थियो ।  " हामीहरु जहाँ रहेपनि नेपाल र नेपालीहरुको एकता र विकास प्रति सदैव सहयोग र सदभाव राख्नु हाम्रो कर्तव्य हो " प्रमुख अतिथि भट्टराईले भन्नु भयो । छोटो समयमा सम्पन्न उक्त कार्यक्रमको समापन संयोजक नेत्र पहराईले वेव साइट शुरु गर्नुका कारणहरु र यसले लिएका उद्देश्वहरु बारे प्रकश पारेपछि समापन गर्नुभएको थियो । याद रहोस यो वेवसाइट नेपाली र अंग्रेजी भाषामा रहने छ ।

 

Latest News