Home हङकङ समाचार तमु टहो हयूल हङकङको ल्होछार पर्व भव्य रुपमा सम्पन्न

तमु टहो हयूल हङकङको ल्होछार पर्व भव्य रुपमा सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

०१ जनवरी २००९ का दिन तमू टहो ह्यूल हङकङको आयोजनामा तमूहरुको महान पर्व ल्होछार भव्य रुपमा मङकी हिलमा सुसम्पन्न गरेको छ । कार्यक्रमका का.वा. अध्यक्ष श्रीमती इच्छा कुमारी गुरुङ्गको सभापत्तित्व र सचिव गाणेश गुरुङ्गको संचालन तथा संघका प्रवक्ता डम्बर गुरुङ्गको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि समाजसेवी श्रीमती वी वी कुमारी गुरुङ्ग विशेष अतिथिमा नेपालबाट आफनो नीजि भ्रमणमा आउनु भएका गुरुङ्ग भाषा विद्ध श्री रत्न बहादुर गुरुङ्ग, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु, नेपाली जनजाति महासंघ हङकङका अध्यक्ष भुपेन्द्र चेम्जोङ्ग एन आर एन हङकङका अध्यक्ष त्रिलोक गुरुङ्ग र अतिथिहरुमा समाजका समाजसेवीहरु तथा जातीय संघ संस्था लगायत हङकङ स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले दिप प्रज्जवलन गरी गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथि तथा अतिथिहरुले महान पर्व ल्होछारको उपल्क्षयमा शुभकामना मन्तव्य दिइएका थिए । प्राय वक्ताहरुले तमू टहो ह्यूल र तमू प्ये ल्यु संघ बीचको एकता र त्यस बीचमा भएका गतिविधिका बारेमा उपस्थित समुदायलाई जानकारी गराउने प्रयत्न गरेका थिए । उद्घोषणका क्रममा सचिव श्री गाणेश गुङ्गले यी दुई संस्थाका बीचमा सामान्य प्राविधिक समस्या रहेको जानकारी गराएका थिए । धर्म, संस्कार, संस्कृतिमा तमू टहो ह्यूल र तमू प्ये ल्यु हङकङका बीचमा भिन्नता नभएकाले यो सामन्य प्राविधिक समस्या हो भन्ने ठहर आयोजकहरुको थियो । भविष्यमा एकताका लागि पुन: पहल हुने जानकारी समेत उक्त कार्यक्रममा दिइएको थियो ।

नेपालमा पनि गुरुङ्ग राष्ट्रिय परिषद र तमु छोंज धिं बीच एकता भइ दुई संस्थाको नाम मिलाएर तमु हयुल छोंज धिं भएको घोषणा भईसकेकाले हङ्गकङ्गमा पनि यी दुई संस्थाहरुलाई एकिकरण गर्न सकिने विश्वास आयोजक तथा वक्ताहरुले आफनो विचार व्यक्त गरेका थिए । विगत बर्षहरु जस्तै यस बर्ष पनि महान पर्व ल्होछारको उपल्क्षयमा तमू ट्हो ह्यूल हङकङले आफनो मुख पत्र अंक ३ प्रकाशित गरेको छ । उक्त पत्रिकाको विमोचन प्रमुख अतिथि वी वी कुमारी गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रमको बीच बीचमा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा आजीवन सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो । विगत देखि वर्तमान सम्म संघलाई विविध क्षेत्रमा साहयोग गर्ने महानुभावहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।

औपचारीक कार्यक्रम संचालन संगै भएको छेलो फाल्ने प्रतियोगितामा मनोज कुमार श्रेष्ठ प्रथम र श्याम गुरुङ्ग दोस्रो भएका थिए । कार्यक्रमको समापन पश्चात गुरुङ्ग राष्ट्रिय गीतबाट विविध संस्कृतिक कार्यक्रमको सुरुवात तथा डोरी तान्ने प्रतियोगिता भेष भुषा प्रतियोगिता लगायत विविध कार्यक्रम भएको थियो । डोरी तान्ने प्रतियोगितामा पुन मगर समाज हङ्गकङ्ग प्रथम र स्याङजा जन सेवा समिति दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । भेष भुषा प्रतियोगितमा रुवी गुरुङ्ग प्रथम सिमा गुरुङ्ग दोस्रो र सुनिता गुरुङ्ग तेस्रो भएका थिए । राती अवेर सम्म चलेको गुरुङ्ग जातिहरुको महान पर्व ल्होछारमा गरुङ्ग समुदाय तथा गैर गुरुङ्ग समुदायका महानुभावहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

 

Latest News