Home हङकङ समाचार चाइनिज भाषा नजान्दा नेपालीहरु गुणस्तरीय शिक्षाबाट वन्चित

चाइनिज भाषा नजान्दा नेपालीहरु गुणस्तरीय शिक्षाबाट वन्चित

E-mail Print PDF
AddThis Social Bookmark Button

जुलाई १२। हंगकंगका नेपालीहरु लगायत अल्पसंख्यक बालबच्चाहरु चाइनिज भाषा नजान्दा यहांको गुणस्तरीय ब्याण्ड वान विद्यालयमा प्रवेश गर्नबाट विाचत भएका छन् किनकि बहुसंख्यक अल्पसंख्यक बच्चाहरु अन्य विषयमा राम्रो अंक ल्याए पनि चाइनिज भाषामा राम्रो दखल राख्न सकेका छैनन्। सो कुरा समान अवसर आयोग इओसी को पछिल्लो प्रतिदेवदनले देखाएको छ।

प्रतिवेदनबारे प्रतिकि्रया िदंदै समान अवसर आयोगका अध्यक्ष लाम उन कोंगले सरकारले अल्पसंख्यक समुदायका बालबालिकाहरुको स्थानीय समाजमा समायोजनको लागि सानै उमेरदेखि चाइनिज भाषा सिक्न प्रोत्साहित गर्नुपर्ने बताए।


अधिकांश जसो ब्याण्ड वान विद्यालयहरुमा अंग्रेजी माध्यममा अध्यापन हुने भएपनि ती विद्यालय प्रवेश गर्न चाहने विद्यार्थीहरुको चाइनिज भाषामा पनि उत्तिकै प्रखरता खोजिने भएकाले अल्पसंख्यक समुदायका बालबालिकाहरु ती उच्च गुणस्तरीय विद्यालय प्रवेशबाट विाचत रहेका छन्। नेपाली लगायत अल्पसंख्यक समुदायका विद्यार्थीहरुको लागि भनेर सरकारले हंगकंगका विभिन्न स्थानहरुमा निर्धारित विद्यालयहरु खडा गरेको छ। ती विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाइ हुने भएपनि विद्यार्थीहरुको चाइनिज भाषामा राम्रो प्रगति हुन नसक्दा विद्यार्थीहरुले हंगकंगको माध्यमिक शिक्षामा राम्रो अंक ल्याउन सकेका छैनन्। जसका कारण उनीहरु विश्वविद्यालय प्रवेश गर्नबाट विाचत रहेका छन्।

समान अवसर आयोगले प्रतिवेदनमा अल्पसंख्यक समुदायका बच्चाहरुलाई सानै उमेरदेखि चाइनिज भाषा सिकाउनुपर्ने हंगकंग ढीला प्रवेश गर्ने विद्यार्थीहरुको लागि चाइनिज भाषाको सरल खालको पाठ्यक्रम विकास गरिनुपर्ने लगायत सुझावहरु दिएको छ। सरकारले समयमा उसका सुझावहरु कार्यान्यवयन नगरेमा र अल्पसंख्यक समुदायका बच्चाहरुको शिक्षामा कुनै सुधार नआएमा आयोगले आफ्नो अधिकार प्रयोग गरी सरकारलाई अदालती कार्वाहीबाट जवाफदेही बनाउन सक्नेसम्मको चेतावनी दिएको छ।

जानकारी अनुसार अधिकांश जसो यी निर्धारित भनिएका प्रार्थमिक र माध्यमिक विद्यालयहरु निम्न गुणस्तरीय रहेको बताइन्छ। विद्यालयको निम्न गुणस्तरका कारण स्थानीय अविभावकहरुले आफ्ना बच्चा नपठाएर विद्यालय डुब्ने अवस्थामा पुगेपछि नेपाली पाकिस्तानी लगायत अन्य अल्पसंख्यक समुदायका बच्चाहरु जम्मा गरेर विद्यालय जोगाउने गरिएका छन्। विगत ४ वर्षमा हंगकंगका विभिन्न भागमा गरेर करीब २८ वटा निर्धारित प्रार्थमिक र माध्यमिक विद्यालयहरु खडा गरिएका छन् जहां अल्पसंख्यक मूलका विद्यार्थीहरु भर्ना हुन्छन्।

सरकारी आंकडा अनुसार हंगकंगमा करीब १०००० अल्पसंख्यक विद्यार्थीहरु विभिन्न तहमा अध्ययन गर्छन्। ती मध्ये नेपालीहरुको संख्या निकै ठूलो रहेको अनुमान गरिएको छ।

तर अहिले सम्म औंलामा गन्न सकिने मात्र पनि नेपाली विद्यार्थीहरु विश्वविद्यालय प्रवेश गरेका छैनन्।

श्रोतहरुका अनुसार अविभावकहरुले आफ्ना बालबच्चाको शिक्षामा उचित र प्रयाप्त चासो नदिने गरेकाले पनि विद्यार्थीहरुको शिक्षामा नकारात्मक असर परेको छ। खास गरी किन्डरगार्टेन र प्रार्थमिक विद्यालयहरुमा आफ्ना बच्चाहरु पढाउंदै गरेका अविभावकहरुले नानीहरुको प्रार्थमिक र माध्यमिक विद्यालय रोजाइमा आवश्यक सोधखोज नगर्दा किन्डरगार्टेन र प्रार्थमिक विद्यालयले उनीहरुको स्वार्थ अनुरुप विद्यार्थीहरु पठाउने गरेका छन्। जसका कारण धेरै जसो नेपाली बच्चाहरु तिनै निर्धारित भनिएका गुणस्तरहीन विद्यालयहरुमा पठाइन्छन् जुन कुराको हेक्का स्वयं अविभावकहरुलाई समेत नभएको बताइन्छ।

 

 

Latest News