Home

अठार मगराँतको कोसेली ‘मोड्याल्नी’

E-mail Print PDF
AddThis Social Bookmark Button
गोविन्द सिञ्जाली मगर
 
भर्चुअल रियालिटी अर्थात् अवास्तविक सत्य। एकताका कान्तिपुर दैनिकमा भर्चुअल रियालिटीबारे निकै बहस हुने गर्दथ्यो। सञ्चारकर्मी/मोडल शिवानीसिंह थारूले उक्काएको यो बहसले मलाई पनि चाख जगायो। शिवानीले नाटक र फिल्मको निकट रहेर यो बहसलाई उक्काएकी थिइन्। त्यसो भए के हो? भर्चुअल रियालिटी र फिल्म, नाटकबीचको सम्बन्ध? शिवानीको तर्क थियो फिल्म/नाटक सत्य हुन् तर अवास्तविक।

फिल्मका क्रियाकलाप सत्य हुन् वास्तविक होइनन्। फिल्ममा हिरोले भिलेनलाई कुटेको सत्य हो तर वास्तविक होइन। फिल्ममा जति पनि क्रियाकलाप देखाइएका छन्, ती सत्य हुन् तर वास्तविक होइनन्। नाटकमा छोराले बुबालाई हेला गरेर घरबाट निकाल्छन्, बुबा वृद्धाश्रम जान्छन् त्यो सत्य हो तर वास्तविक होइन। मालती मंगलेमा मालती मंगलेको प्रणयलीला सत्य हो तर वास्तविक होइन। तर्सथ लाग्छ भर्चुअल रियालिटी र फिल्म/नाटक नङ मासु हुन्। यतिधेरै कुरा मैले किन भनिरहेको छु भने धेरै समयको अन्तरालमा अस्ति भर्खरै मैले एउटा फिल्म हेरें। त्यो फिल्म मगर फिल्म थियो मोड्याल्नी नामको। अठार मगराँतका युवाहरूले बनाएको फिल्म हेरिसकेपछि पाँच छ वर्षअगाडि सुनेको भर्चुअल रियालिटी शब्दको उत्खनन मेरो मगजमा भयो। साँच्ची फिल्म वास्तविक नभएतापनि सत्य चाहिं हुन् हैन - सत्यताभित्र जीवन्तता लुकेको हुन्छ। वास्तविकताको प्रतिछायाँ चैँ प्रतिबिम्बित भएको हुन्छ। त्यसैले त मान्छेको हृदयलाई फिल्मको निर्जीव पर्दाले पगाल्छ। सायद हृदयविहीन मानव नहुन सक्छ। तर्सथ कट्टर मान्छे पनि अवास्तविक सत्यमा हराउँछ। यसो भनौँ अवास्तविक सत्यको नोकर बन्छ। त्यसैको लागि पैसा र आँसु बगाउँछ साथै, सत्र हड्डीको प्रयोग गर्छ।
 
अठार मगराँतको रूकुम, रोल्पा भन्ने बित्तिकै हामी सम्झन्छौं जनयुद्ध, अभाव, विकटता, गरीबी। बाउन्न पोखरी त्रिपन्न ताल, प्रकृतिको सुन्दर उपहार यी त छायाँमा परे। जनयुद्धको घनघोर छलाङबाट अस्ति भर्खरै मोड्याल्नी (लोकन्ती) बचेर आइन्। उनी जनयुद्धको तुफान भन्दा पनि समाजमा विद्यमान कुरीति, कुसंस्कार र रुढीवादी धारणाबाट पीडित रहेछन्। रूकुम, रोल्पामा दशकौं अगाडि अन्धविश्वासले गाडेेको जराको सांगोपांगो उपस्थिति मोड्याल्नीमा छ। हुन त त्यो कथा रूकुम, रोल्पाको मात्र होइन त्यो त इतिहासको कालखण्डमा नेपालकै गाउँ गाउँमा भएको यथार्थताको सूचक पनि हो। कुष्ठरोग, सायद नयाँ पुस्तालाई यो शब्द शब्द नै नयाँ होला। तर यो शब्द बारे घोत्लिने हो भने यो शब्दभित्र चरम घृणा, तिरस्कार, छिःछिः दुरदुरको बाढी भेटिन्छ। विगतलाई नियाल्ने हो भने यसबारे पीडा उत्कण्ठाको सागर भेटिन्छ। नेपाली चलचित्रले पनि सायदै छोएको होला यो विषयवस्तु तर मगर फिल्मले पृथक विषयवस्तु छोएर अठार मगराँतका युवाहरूले मगर फिल्ममा एउटा नयाँ अध्याय थपेको मान्न सकिन्छ। भाषा, संस्कृति, संस्कार बचाऊ र सस्तो मायाप्रीतिको पूरानै कहानीको घेरा तोड्न नसकेको मगर फिल्मको इतिहासले मोड्याल्नीमार्फ् त्यो घेरा तोडेको छ। साथै, यो फिल्मले भाषा, संस्कृति र संस्कारलाई मात्र भर्‍याङ बनाई उत्कृष्ट फिल्म बनाएको छु भनेर ढोलक ठटाउनेहरूलाई गतिलो झापड दिएको छ। लाग्छ मोड्याल्नी नयाँ बोतलको पूरानो रक्सी होइन। नेपाली फिल्मले मारेको फड्कोसँगै मगर फिल्मले पनि अब ठूलै पाइला चाल्न सकिन्छ भन्ने सन्देशको संवाहक मोड्याल्नी बनेको छ। मगर फिल्म निकै राम्रो बनेको छ रे भनेर हामी हर्ेन निकै कम जान पाएका छौं किनकी एक त मगर फिल्मको इतिहास छोटो छ। मगर कलाकर्मी उत्कृष्ट फिल्मको अभ्यासमा छन्। अर्को फिल्मले संस्कृति, भाषा संरक्षण गरौँको सुगा रटाइ छोड्न सकेको छैन। भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज बचाउनर्ुपर्छ म मान्दछु तर यसको दुहाई दिँदै पृथक चलचित्र बनाएको छु भनेर ढाँट्नुको अब कुनै अर्थ छैन। किनकी दिन समय घडीको परिवर्तनसँगै हाम्रा मानसिकताले पनि नयाँपन खोज्दैछन्। मन छुने फिल्म सोंच्दैछ। मलाई आशा थिएन विकट क्षेत्रबाट यस्तो फिल्म बन्ला भनेर। तर मोड्याल्नीले यो प्रमाणित गरिदिएको छ कि अठार मगराँतको कोसेली बोकेर मगर फिल्मको दौडमा हामी पछाडि छैनौं। विगतमा उत्कृष्ट घोषित मगर फिल्मको दाँजोमा यो फिल्म उन्नाइसको बीस छैन। तर्सथ फिल्मका निर्देशक ध्रुव पुन मगर र विवेश बुढा मगर, कार्यकारी निर्माता मीना पुन मगर, पटकथा/सम्वाद/गीत लेखक रेशम सापकोटा, संगीत/कथा लेखक ध्रुव पुन मगर, छायाँकार दुर्गा पौडेल, द्वन्द्व निर्देशक जेके थापा मगर, नृत्य निर्देशक नारायण बुढा मगर लगायतका सम्पर्ूण्ा युनिट प्रशंसाका हिस्सेदार बनेका छन्।

मलाई लाग्यो मोड्याल्नीमा हाम्रो संस्कृतिको नाममा मद्यपान गराएर अझ मद्यपानलाई प्रश्रय दिन खोजेको छैन। कथानक नदीझैँ सलल बगेेको छ। तर्सथ प्रशंसाका यी शब्द खर्चिनु मलाई कुनै व्यर्थ लाग्दैन। सामाजिक कुरीति, अन्धविश्वास विरुद्ध नायक ध्रुव पुन मगर सतीसालझैँ उभिएर फिल्मलाई साँच्चै मार्मिक बनाएको छ। फिल्मकी नायिका रूपा (सुशीला थापा मगर)को अभिनयमा जीवन्तताको छाप छ। अन्य कलाकारहरूमा जुना बुढा मगर, रूपीलाल बुढा मगर, पवित्रा र्घर्तीमगर, ज्योति बाँठा मगर, जीतबहादुर बुढा मगर, डेबिन बुढा मगरको अभिनय सामान्य छ भने हाँस्यरसमा माङ्खा यानेकी धनीमान पुन मगर जमेको देखियो। यति हुँदाहुँदै पनि फिल्ममा प्रविधिको उच्चतम प्रयोग गर्न सकिराखेको छैन। कहीँ पार्श्व संगीतले संवाद बुझ्न धौ धौ परेको छ। यद्यपि, गीतसंगीतमा खासै खोट लगाउने ठाउँ छैन। राष्ट्रिय स्तरका कलाकारहरूले गाएको गीतले फिल्मको मर्मलाई उकासेको छ। केही चरित्र अभिनयमा जीवन्तता भेटिँदैन यसले केही दृश्यहरूलाई खल्लो बनाएको छ। मान्छे मरिसकेपछि बाजा बजाएर दाहसंस्कार गर्न लगिने परम्परा बाह्र मगराँतका लागि अनौठो विषय हुन सक्छ। जुन यो फिल्ममा छ। नमुना फिल्मस्को ब्यानरमा एउटा नमुना फिल्म बनेको मान्न सकिन्छ। समग्रमा मोड्याल्नीको पोखरा पर््रदर्शन सफल रहेतापनि आयोजकको अस्वभाविक भाषणले दर्शकलाई खल्लो अनुभव गराएको थियो। चित्र आफैं बोल्छ भनेझैँ फिल्मबारे अनावश्यक वक्तव्यबाजी गर्नु आवश्यक थिएन भने दर्शकको मत थियो। किनकी, चलचित्रबारे दृश्य नै सबैभन्दा बलवान् न्यारेटर हो। जेहोस्, मोड्याल्नी हेर्दा यस्तो लाग्यो रूपीको रूपमा परिवर्तन भएझैँ मगर फिल्मको पनि रूप फेरिँदैछ। जय मगर फिल्म।
 

Latest News