Home

प्रियालाई पत्र

E-mail Print PDF
AddThis Social Bookmark Button
गणेश मगर 
 
कहाँ बाट सुरु गरौ‌ प्रिय मेरो आफ्नो जीवनको कथा अनि ब्यथा ? जहाँ म आफै अलमल्ल छु ....................... तै पनि प्रिय जलिरहेको यो अन्तर आत्मा देखि न्यानो अविरल अनि चोखो माया तिमीलाई ...........खै किन हो सधै भरी तिम्रै मात्र सम्झना बोकेर मुटु भरी पिडा र वेदनाको साथमा तिम्रै यादले थाहै नपाई रसिदो रैछ यो नयन र तिम्रै बारे कल्पना मा डुब्दा डुब्दै पत्तै नपाई म यी मेरा अन्जान परेलीको सहरमा आँसु मेरो यो राक्षस रुपी मुहार सजाउन बाध्य छु। प्रिय दु:ख नमान्नु ल आखिर म जति नै कोष टाढा रहे पनि यो दिलको कुनामा तिम्रो त्यो निश्चल अनि चोखो मायाले भरिएको छ। त्यसैले मलाई नै थाहा छैन कि यो के भै रहेछ मेरो जीवनमा? अर्थात बाध्यता भनौ वा बेरोजगारीको कारणले म तिमी बाट ७ समुन्द्र पारि हङकङ चीनाको देश यो नौलो संसारमा आइ पुँगे। हुनत प्रिय म नेपाल होस या विदेशमा आखिर मेरो मन त नेपाली नै हो र मेरो यो सिङ्गो शरीरको रगत पनि त उही हाम्री प्यारी नेपाल आमाको हो।
 
अब रह्यो माया को कुरा। मलाई यस्तो लाग्छ प्रिय माया र प्रेम भन्ने चीज त केवल २ आत्माको मेल रे त्यसैले म यहि नै भन्छु मेरी प्यारी नानु तिम्रो कसम यो मेरो चोखो माया आफ्नै व्यक्तिगत रुपमा भन्नु पर्दा मेरो माया जुनी-जुनी लाइ हो अरु कसैको होइन। म तिम्रै हो र मलाई नि आशा छ त्यो तिम्रो चोखो प्रेम नि मेरै निम्ति हो। त्यसैले मेरी प्रिय नानु प्लिज यो नौलो संसार र अपरिचित अन्जानी ठाउँ मा रहेर नि तिम्रो निस्वार्थ मायाको भीख माग्दैछु।

के गर्नु नानु यो संसारै स्वार्थी हुँदो रहेछ त्यसैले होला मेरी प्रिय नानु मलाइ त यस्तो लाग्छ यो अनौठो स्वार्थी संसारमा केहि यस्तो भोजन पनि हुँदो रैछ जसको पान नै नगरी त्यो भोजनको स्वाद लिनु पर्दो रैछ। अनि यो माया भन्ने चीज त अन्धो हुन्छ रे। त्यसैले यो माया प्रेम भन्ने चीज यस्तै हो जसमा माया गर्नेले आफ्नो हरेक पाइला - पाइला अर्थात आफ्नो जीवन लाइ अनुभव को संगालो पनि सम्झिनु पर्दो रैछ। त्यसैले आज म खुसी छु भनेर साध्य छैन। हो मेरी प्रिय नानु यदि तिमि मेरो साथ छैनौ त लाग्छ यो संसारै सुन्य छ जस्तो लाग्छ ........र मेरी प्रिय नानु कहिले काँही त यस्तो पनि लाग्छ कि यहि संसार मा अर्को एस्तो चिज नि हुदो रैछ कि यहाँ यस्तो सक्ति पनि हुदो रैछ जस्लाई तिमी हामीले नदेखे पनि त्यसको सामना अर्थात त्यो शक्ति संग युद्ध गर्न सक्नु पर्दो रैछ। त्यसैले होला मेरी नानु प्रिय हाज म यो बिरानो नौलो सहर हङकङमा रहे पनि स्रिफु तिम्रै पर्खाइ मा छु। त्यसैले म त यति चाहन्छु कि मेरी दिलकी रानी नानु मलाई तिमीले यतिका दिन सम्म त रुवाएँ अबका आउने दिनहरुमा तिम्रो र मेरो यो चोखो प्रेम लाई यो निर्दयी समाजको सामु अमर बनाउनु छ। आशा छ तिमीले मलाइ साथ दिन्छौ भनि ..................।
 

Latest News