Home

गाउँमा पर्यटक भित्रत्याउन आतुर नागिधारबासी

E-mail Print PDF
AddThis Social Bookmark Button
रोशनी गुरुङ
 
 
 
हिजो आज पोखराका नामी होटलहरुमा नेपाली पर्यटकले कोठा पाउँदैनन कारण नेपाली पर्यटकसँग बाट भन्दा विदेशी पर्यटकबाट धेरै रकम पाईने हुनाले त्यसो भएको हो। पोखराको होटलमा कोठा बुक गरेर बस्ने पर्यटक मध्ये करिब ८० प्रतिशत विदेशी नै हुन्छन। नेपाली पर्यटकको लागि केही सास्ती भए पनि समग्र नेपाल र नेपाली पर्यटन व्यवसायाको लागि भने यो खुशीको खबर हो। तर शहर बजार र सुविधि सम्पन्न ठाउँमा मात्रै ओइरिने यी पर्यटकहरु शहरको बसाई सकिए पछि कहाँ जान्छन त कसैले पनि चासो राख्दैनन र उनीहरुको बसाई लम्व्याउन के उपायहरु अपनाउने भन्ने बारे पनि सम्बन्धीत निकाय पर्यटनसँग सरोकार राख्ने व्यक्ति कसैले पनि त्यति ध्यान पुर् याएको देखिदैन। गाउँ नै गाउँले भरिएको नेपालमा के पर्यटक बस्ने ठाउँ भनेको शहर बजार र महङ्गो होटलहरु मात्रै हुन त के त्यहाँबाट नेपाली संस्कृति हेर्न नेपाल आएका पर्यटकले नेपाली पन पाउन सक्छ त अनि पर्यटकका लागि गन्तव्य भनेको सुविधा सम्पन्न गाउँहरु मात्रै हुन त यी सबै प्रश्नको उत्तर दिन नेपाल भित्रीएका पर्यटकलाई एक पटक अवश्य नेपाली गाउँ गाउँसम्म पुर् याउने व्यवस्थ गरिएमा साँचिकै पर्यटन व्यवसायले सार्थक्ता पाउने छ। 
 
पछिल्लो समय नेपालमा गण्डक प्रदेशका केहि गाउँहरुमा पर्यटकलाई घर घरमा व्यवस्थीत बसाई बसाउनका लागि होम स्टेको अवधारण शुरु गरिएको छ। उदहारणको लागि स्याङजाको सिरुबारी लमजुङ्गको घलेगाउँ कास्कीको तातिङ्ग याङजाकोटलाई लिन सकिन्छ। र यो क्रम विस्तारै बढी रहेको छ यसरी यो अनुसूचिमा पछिल्लो क्रममा आफुलाई समावेश गर्नको लागि कास्की जिल्लाकै अर्को रमणीय गाउँ नागिधारमा यतिबेला स्थानीय बासीन्दा र्जुमुराएका छन। कास्की र लमजुङ्गको सिमानमा पर्ने यो गाउँ मिजुरे डाडा गा।वि।स।sाे वडा नं। २ अन्र्तगत पर्दछ। गुरुङ जातिको बाहुल्य रहेको यस गाउँमा गुरुङ जातिको अलवा ब्रहमण र दलित जातिको पनि केहिमात्रमा बसोवास रहेको छ। समुन्द्री सतहबाट २ हजार मिटर उचाईमा रहेको यो गाउँमा पुग्नलाई पोखरा रानीपौवाबाट बस चढेर विजयपुर कालिकाथान सौर्य भगवतीटार हुदै थुम्सीकोटसम्मको २८ कि।मि।sाे दुरी तय गरेपछि पुन मादी नदीलाई पार गरेर गहते हुदै राखी मिजुरेसम्मको मोटर बाटो पार गर्नुपर्छ। अन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा भित्रत्यउन र होम स्टेको औपचारिक शुरुवात गर्न नागिधार जाऔं पर्यटन महोत्सवमा सहभागी बनौं ग्रामीण पर्यटन प्रर्वद्धनमा टेवा पुर् याउ भन्ने मूला नारा सहित यहि पौष ५ देखि ७ गतेसम्म नागिधारमा ३ दिने नागिधार पर्यटन महोत्सव आयोजाना गर्नेे भएको छ। गुरुङ जातिको लोपउन्मुख अवस्थामा रहेको संस्कृतिको जगेर्ना गर्ने गाउँमा रहेको एतिहासिक साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रचार प्रसार गरि नागिधार गाउँलाई पर्यटकको गन्तव्य स्थल बनाउनका लागि महोत्सव आयोजन गर्न लागिएको महोत्सव आयोजक समितिका सचिव गाजु गुरुङले जानकारी दिनु भयो। यसैबीच महोत्सवलाई सफल बनाउनका लागि होवी गुरुङको अध्यक्षतामा १७ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ। जसको उपाध्यक्षमा राज घले सचिवमा गाजु गुरुङ कोषाध्यक्षमा लालदेवी घले र सदस्यहरुमा ओम प्रकाश गुरुङ लाल बहादुर गुरुङ प्रतिश गुरुङ टिका गुरुङ सुमी गुरुङ शर्मिला गुरुङ चुनु गुरुङ लगायत रहनु भएको छ। साथै सो समितिले १३ सदस्यीय सल्हाकार समितिको समेत चयन गरेको छ। 
 
 
गुरुङ जातिको बाहुल्य रहेको यसगाउँमा महोत्सव अवधिभर गुरुङ जातिको प्रचलित एवं लोपउन्मुख अवस्थमा रहेको साँस्कृतिक नाचहरु साथै स्थानिय रितिरिवाजको बारेमा पर्यटकलाई जानाकारी गराउने समेत बताईएको छ। त्यहाँ पुग्ने पर्यटकले घाँटु सोरठी कृष्ण चरित्र झ्याउरे आदि नाचहरु छमछमी नाचेको आफनै आँखाले प्रत्यक्ष देखन र सँगसँगै नाच समेत पाउने भएका छन्। यसका अलवा सर्िजनशील युवाक्लव नागिधार र स्थानीय अदर्श आमा समुहले पनि यतिवेला गाउँ भित्रिने अतिथिलाई भरपुर मनोराजन दिने सुरमा तयार गरिरहेका छन।
 
 
 
कृषि प्रधान देश नेपालमा यतिवेला कृषकलाई बाली नाली थनक्याउन भ्याई नभ्याई छ। तर नागिधार बासीलाई भने मंसीरको चटारोसँगै गाउँमा कसरी बढी भन्दा बढी पर्यटक भित्रत्याउने भन्ने अभिभारा पनि थपिएको छ। जसको लागि यतिवेला नागिधार वासीले कास्की र लमजुङ्गको सिमानमा पर्ने प्रसिद्ध धार्मिक स्थाल दूध पोखरीको वैकल्पिक पदयात्राको पनि आधार तय गरेका छन। यसको अलवा पर्यटकको बसाई लम्व्याउन उनीहरुले नागिधार पुरानो भाचोक हुदै लम्तरीसम्मको गन्तव्य पनि र्निधारण गरेका छन। नागिधार गाउँमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त पर्यटन महोत्सवलाई नेपाल पर्यटन वोर्ड टे्रकिङ एजेन्सी एसोसियशन टान अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप आदिवासी जनजाति समन्वय समिति कास्की लगायतले सहयोग गर्ने भएका छन। महोत्सव आयोजना गर्न करिब १ लाख ५० हजार खर्च हुने आयोजकले दावी गरेको छ। नागिधार पुग्ने पर्यटकले नजिकैको छिमेकी गाउँहरु पाखुरीकोट रबैडाडा गोरजे भाचोक र ढोडेनी आदिको अवलोकन सजिलै गर्न सकिने छ।
 

Latest News