Home

गोर्खा पल्टनका नायक प्रशान्त तामांग पाल्पामा, दुई हप्तामै एक करोड कमाई

E-mail Print PDF
AddThis Social Bookmark Button
हरि बहादुर सारु मगर
 
 
 
पाल्पा मंसिर ३। नेपाली लाहुरे जीवनमा आधारित गोर्खापल्टनका नायक तथा ईन्डियन आईडल प्रशान्त तमांग पाल्पा आइपुगेका छन्। बुटवल हुदै पोखरा जाने क्रममा पाल्पा पसेका तामालाई पाल्पाबासीले फूलमाला र झाँकीले भब्य स्वागत गरेका थिए।

पाल्पाको कसेनी सराई दमकडा मदनपोखरा लगायतका विभिन्न ठाउँमा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र गोर्खापल्टनका नायक तमांगले चलचित्र छायाङ्कनका क्रममा गरे को पाल्पाबासीको मायालाई भुल्न नसकी पुनःपाल्पा आएको बताए।
 
 
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तामांगले नारायण रायमाझीद्वारा निर्देशन गरिएको सामाजिक परिवेशलाई आधार बनाइ निर्माण गरिएको गोर्खा पल्टन आफनो जीवनसंग मेल खान गएको र यही परिवेशमा आफू हुर्केको बताए।
 
 
 
तपाई गायक की नायक भन्ने संचारकर्मीको जिज्ञासामा आफू अहिले न पूर्ण गायक न पूर्ण नायक भएको र यसका लागि अरु धेरै परिश्रम गर्न बाँकी रहेको बताए। साथै उनले पाल्पाको एक मात्र चलचित्र हल सन्तोष चलचित्र हलमा आफ्नो चलचित्र चलिरहेको समयमा प्रवेश गरि दर्शाकहरुलाई भेटेका थिए।

पाल्पाली लोक गायक तथा गोर्खापल्टनका निर्देशक नारायण रायमाझीले आफूले गोर्खा पल्टनको पहिलो पटक निर्देशन गर्दा गाह्रो महसुस भएको बताए। प्रशान्तलाई नायक बनाउन सपना जस्तो लागेको स्मरण गर्दै रायमाझीले पत्रकार माझ भने आफूले यो चलचित्र लाहुरे जीवनमा आधारित र गाउँघरमा रहेको विकृतीहरुलाई उजागर गर्ने प्रयास गरेको बताए। पत्रकारहरुको जिज्ञासा
मेटाउदै रायमाझीले आफू लोक गायककै स्थानमा रहेको र लोक संस्कृतिलाई जर्गेर्ना गर्न यो गोर्खापल्टन निर्माण गरेको बताए।

यो चलचित्रमा प्रशान्त तामांग रन्जिता गुरुगं गिरबहादुर पुन लाहुरे विनय लामा शोनिया केसी गोपल भुटानी कोपिला आले लगायतले अभिनय गरेका छन्। तिहारको आगनसँगै रिलिज भएको यो चलचित्रले दुई हप्तामै करिव एक करोडको लगानी उठाएको निर्माता सुरज कुमार अग्रवालले बताए। चलचित्र गोर्खा पल्टनको यो टोली पोखरा हुदै काठमाण्डौ फर्केको छ।
 
{gallery}2010/prashant_in-palpa_nov_2010{/gallery}