नेपाल आदिवासी महासंघ बेलायत को बिशेष बैठक सम्बन्धी सुचना

Print
AddThis Social Bookmark Button
९ जनवरी २०१०

बेलायतमा बसोबाश गरेका नेपालीहरुको लगभग ८० प्रतिशत संख्या नेपालका आदिवासी जनजातिहरुको र ती मध्ये पनि लगभग ९८ प्रतिशत गोर्खा र उनीहरुसंग सम्बंधितहरुको भएको बुझिन्छ। बेलायत को सन्दर्भ मा सरसर्ती हेर्दा गोर्खा भनेकै नेपाली आदिवासी हुन् भन्न सकिने अवस्था छ वा भनौ गोर्खाज को अर्को नाम "नेपाली आदिवासी" हो भन्न मिल्ने देखिन्छ। विश्वका आदिवासीहरुको आफ्नै भूमी, रहनसहन, चालचलन र भेष भूषा र भाषा हुन्छ। नेपालका आदिवासीहरुले पनि आफ्नो हक़हितको लागी एकताबद्ध भएर लागिपरेमा मात्रै सफल हुन सकिन्छ भन्ने मूल मंत्र लाइ अंगीकार गर्दै नेपाल आदिवासी महासंघ खोलेर लागी परेका छन्।

त्यसैको दुरुस्त अनुकरण गर्दै बेलायतमा पनि नेपाल आदिवासी जनजाति महासंघ बेलायत को २००९ मा स्थापना गरिएको छ र यस संस्था लाई नेपाल आदिवासी महासंघ ले आवद्धताको प्रमाणपत्र पनि प्रदान गरिसकेको छ। नेपालमा जस्तै प्रत्येक जातीहरुको जातीय संगठनहरुको पनी दुरुस्त निर्माण गरिएको छ जून कुराको सराहना गर्नै पर्ने हुन्छ। यसरी खोलिएका जातीय संस्थाहरु बिच सूमधुर एकता हुन सके मात्र सम्पूर्ण नेपाली आदिवासीहरुको पहिचान र अस्तित्व को जगेर्ना गर्न र बेलायतमा पनि आदिवासी को नामले चिनिन सकिनेछ र हाम्रो उद्देश्य पूरा गर्न सकिने छ भन्ने अभिप्रायले महासंघ को निर्माण गरिएको कुरा पुनः एक पटक उजगार गर्न आवश्यक ठानिएको छ।
 

तर यतिका समय बितिसक्दा पनि जातीय संगठनहरुले जांगरिलो हिसाबले आफ्नो महासंघ प्रति चासो देखाउन सकेको अवस्था छैन। यसरी महासंघ को आवश्यक्तालाई नकार्ने हो भने कालान्तरमा हामीहरुले हाम्रो पहिचान कायम राख्न नसकिने मात्र होइन हाम्रो अस्तित्व समेत लोप हुने निश्चित प्राय देखिन्छ। एउटा औंला जतीसुकै बलियो भएता पनि पांच औंला को हात ले जति काम गर्न कदापि सक्दैन। इत्यादि कारण हरुले गर्दा पनी "आदिवासी एकता" अति जरुरी छ। अन्य समसामाहिक बिषयहरु लागाएत निम्न लिखित बुंदागत बिषयहरु उपर बृहत छलफल गरी महासंघ को लागी मजबूत नीतिहरु तय गर्ने उद्देश्य अनुरूप आगामी १६ जनवरी आईतवार को दिन अल्डरशटको भेटघाट रेस्टुरेंट मा बिहानै देखि सुरु हुने गरी तय गरिएको बिशेष बैठक मा सदा झैं कार्यसमिति मात्र नभएर प्रत्येक जातीय संघ हरुबाट अध्यक्ष र कम्तिमा पनि दुई जना थप प्रतिनिधिहरु सहित उपस्थित भैदिनु हुन अनुरोध गर्दै पत्राचार गरिसकिएको छ। यस पटक सबै संगठन बाट अध्यक्षहरु सहितको गहकिलो प्रतिनिधित्व हुनेछ भन्ने आशा राखिएको छ। 

बैठक को लागी छलफलका विषयहरुः

१. गत बैठक ले पारित गरेका बिषयहरू बारे समिक्षा गर्ने। 
२. बेलायतमा आगामी २७ मार्च का दिन हुन गई रहेको जनगणनामा विशेष गरी धर्म, मातृ भाषा, इथनिक माइनोरिटी आदि का महल अन्तर्गत के लेख्न उपयुक्त हुन्छ भनी छलफल गर्ने र पारित निर्णय सबै सम्बधित संघहरुद्वारा जनमानसम़ा यथासिघ्र पुर्याउने। 
३. नेपाल सरकारले दिन (जबर्जस्ति भिराउन) पहल गरिराखेको बिना अधिकारको नागरिकता मौनता पुर्बकनै स्विकार्ने वा एकजुट भै प्रतिकार गर्ने र भन्ने – “खबर्दार! हामीहरूको नेपाली नागरिकता कुनै हालतमा पनि नखोसियोश र बेलायतमा जन्मेका वा भाविष्यमा जन्मने हाम्रा संततिहरुले पनि बंगसज को आधारमा नेपालको नागरिकता पाउने व्यवस्था गरियोस्”।
४.संविधानम़ा लेखिन पर्छ भनी NEF NUK ले पठाएको बुँदाहरू बारे दबाब दिन के गर्न पर्छ वा सकिन्छ।
५. अन्य 

नेपाल आदिवासी महासंघ – बेलायत