Home

धरानकी बहिनी

E-mail Print PDF
AddThis Social Bookmark Button
रामचन्द्र राई 

असिना पर्दा ढुङ्गाहरुलाई के मतलब चोट त फुलहरुलाई लाग्छनी !

भर्खरै मात्र आफ्नो भाई गुमाएकी मेरी बहिनी प्रतिक्षालाई सायद यस्तै अनुभुति हून्छ होला। …। यो स्वार्थी समाज पनि…।! …। जसले दुःख साट्न मान्दैन माया बाड्न जान्दैन। यदी संसारको रिती एउटै भइदिए हुँदो हॊे कस्तो जहाँ सबैकुरा बाँड्न सकौँ। सोच्दिहुन् जीवन र मृत्यु एउटा सिक्काका दुई पाटो। यसोभन्दैमा मन कहाँ मान्छ र? त्यसको पनि त आफ्नो नियम हुन्छ। वयस्कपछि ओइलाएको फुल र फक्रन नपाँउदै चुँडेको कोपिला …॥ हँ ……यस्तै यस्तै।

धरानको एक प्रतिष्ठित एफ.एम. रेडियो कि सम्पादक प्रतिक्षा बान्तावा राई ॥ जसलाई मैले ए.ने.पा. माओवादी ले आयोजना गरेको तेस्रो जनआन्दोलनका क्रममा समपेशाको समधर्म निर्वाह गर्ने क्रममा भेट गरेको हुँ। उनी पेशाले सन्चारकर्मी मात्र थिईनन् आदिवासी जनजातीहरुको प्रतिनिधित्व गर्ने एक सशक्त हस्ताक्षरपनि …॥ उनी जनतालाई सत्य तथ्य र बस्तुनिष्ठ खबरहरु सम्प्रेषण गर्न कतिपल्ट भोकभोकै हिडेकी छिन्, हिँउदबर्खाका कैयन झरीहरु व्यहोरेकी छिन् जसका आफ्नै पक्ष र पाटाहरु होलान्। आत्मियताका लागी हामीसंग समपेशाको सम्बन्ध काफी थियो। यसको अलावा कुराकानीको क्रमले हामीलाई बाँधेको थियो दाजु र बहिनीको अर्को पवित्र सम्बन्धले …।
 
मेरो निचोड छः मानिसलाई सजिलै एकताको बन्धनमा बाँध्नॆ कुनै त्यस्तो जादुगरी सुत्र छ भने त्यो विचार हो। जसले कुनै भुगोल जाति क्षेत्रसंग सरोकार राख्दैन। जीवनयात्राका क्रममा घटना दुर्घटनाहरुलाई मलमपट्टी गर्ने पनि फगत त्यही हो। बाँकी भावनात्मक सम्बन्ध र यसको बिस्तार त त्यसैसंग जोडिएको कुरा। हो छोटो भेटको प्रगाढ सम्बन्ध एक बहिनी संगको। एकदिन उनीसंगको ईन्टरनेट बार्ता जुनदिन उनले मन खोलेर कुरा गरिन। जसले मलाई घरी घरी झस्काईरहन्छ…। ! बुबा आमाले भन्नुभएकोः हामीलाई दाजुभाई फाप्दैन रे…। भाग्यप्रति त विश्वास लाग्दैन तर के गर्नु घटनाक्रमहरुले हो कि जस्तो पनि लाग्छ…। के तपाँइलाईपनि बिश्वास लाग्छ र आदि आदि ! बहिनीले सॊधेका यस्ता प्रश्नहरुप्रति म नतमस्तक बनेको थिए ! नाजवाफ …।
 
 

अँ साँच्चि त्यो एक साँझ क्रमशः रात गहिरिदै थियो। सडकमा गुडिरहेका सवारी साधनहरुको कोलाहल क्रमशः मत्थर हुँदै थियो। राम्रोसंग सम्झना छैन, जुनेली रात हुनुपर्छ। भर्खरै मात्र बाहिरको वातावरण नियालेर म रेडियो नियन्त्रण कक्षमा प्रवेश गरेको थिएँ। अक्सर विहान र साँझको बेला मलाई मनपर्ने समय। त्यसैले होला त्यो साँझ पनि मन प्रसन्न थियो। हुन त संचारक्षेत्र आफैमा यस्तो गरिमा बोकेको ठाँउ हो जहाँ काम गर्ने मान्छेहरुमा पुरै समय चित्त प्रसन्नता र कार्यतत्परता त हुनैपर्दछ। यदि त्यसो भएन भने श्रोतालाई दिन चाहेका धेरै कुराहरु अपुर्ण बन्दछन्। मलाई यस्तो लाग्छ।

साँझपख रेडियो कार्यक्रमहरु संगीतका मीठा सुरताल संगै मन्द आवाजमा तरङ्गित हुँदै थिए। त्यही संगीतमा हराउद्ँदै आफुसंग परिचित व्यक्ति र व्यक्तित्वहरुसंग खबर आदानप्रदान गर्ने सोँच बनाएँ। अलिकती समय मिलाएर ईन्टरनेटमा बसे। बहिनी प्रतिक्षा अनलाईनमै रहिछिन्। अगाडी पछाडीका समय अक्सर उनीसंग समपेशा र अन्य गतिबिधिका बारेमा केही छलफल हुनेगर्दथे तर त्यो साँझ मैले अलि व्यक्तिगत प्रसङ्गहरुमा केन्द्रित रहेर कुरा गर्न चाहेँ। पहाड घर भोजपुर धरानमा उनीसंगै बहिनी सुदिक्षा पनि छिन्। बहिनी सुदिक्षा सुनसरी टेक्निकल कलेज पढ्छिन्। दाजुभाई छैनन्। सोचे …लाहुर होलान्। छोरा हुने बित्तीकै लाहूरे बनाउने उद्देश्य राख्ने बुबा आमाहरुको चेतना ! पढ्दा पढदै केही गर्ने कल्कलाउँदो युवा उमेरमा विदेशीको गुलामी बन्न जाने। उमेर ढल्किएपछि स्वदेश फर्किएर एउटा राम्रो महल बनाउने र त्यसैलाई सर्वस्व ठानेर खुसी हुने परम्परा जनजातिहरुमा बढी नै छ। जुन सुख-सुविधाले भावी पिढीहरुको भविष्य कहिल्यै निश्चित गर्न सकेन। यसैले पनि उनीहरु धेरै पछि छन् भन्ने कुराको अनुमान गर्न मलाई कत्ति गार्हो छैन। किनकी म त्यही समाजको एउटा साक्षात प्रमाण…॥ यसो हुनुमा स्वयं उनीहरुको दोष म देख्दिन। यो सामन्ती राज्यसत्ताको परिणति हो। जसले आफ्नो देश र जनताहरुको भविष्यको बारेमा कहिल्यै सोचेन न त अहिलेनै सोचेको छ। माओवादी जनयूद्ध देशमा नचलेको भए ती जनता हिजो जहाँ थिए आज पनि त्यही हुँदाहुन्। जुन वर्गसंघर्षले वर्गीय जातिय शोषणको बिरुद्द आमजनतालाई लड्न सिकायो लिङ्गीय र क्षेत्रिय भेदभावबाट मुक्ति पाउन जनताहरुमा निहीत बिद्रोहका आवाजहरु बुलन्द गर्न सिकायो। हजारौको बलिदान गर्दै त्यही जनता नयाँ ईतिहास लेखनको प्रक्रियामा आज निरन्तर बढिरहेका छन्। मनमा यस्तै कुराहरु खेल्दै थिए। ………

अँ उनि भन्दै थिईन् दाजुभाई छैनन्, बहिनी र म मात्र। मैले बुझ्न चाँहे विदेश तिरै हो की कसो/? 'तर मैले एउटा भाई बनाएको थिए ॥ सायद तपाँइले त चिन्नु हुन्छ होला नाम दावा खम्बु हो। बाईक दुर्घटनामा परेर मेरो भाईको निधन भयो…भाई पनि गुम्यो संगै गुम्यो खुसी पनि। …बुबा आमाले पनि सार्है माया गर्नुहुन्थ्यो…। बुबा आमा त अझै पनि रुनु हुन्छ… वहाँहरुले भन्नु भएको हामीलाई भाई फाप्दैन रे…॥!' सायद यतिखेर उनी भाबुक बन्दै थिइन् … बिडम्बना॥ खाटा बस्नै लागेको घाउ मैले उक्काउन पुगेछु क्यारे। उनले जुन भाइको कुरा गर्दैछिन उनलाइ मैले चिनी सके। उनको निधनको खबरले हामी सबै स्तब्ध बनेका थियौ। उनको दुःखद निधनको समाचार हामी लगाएत अन्य संचार माध्यमहरुबाट पटक-पटक प्रशारण भएको थियो। यस मानेमा दुःख थियो की यो उप्रान्त दावा खम्बुसंग जोडिएका खबरहरु फेरी कहिल्यै सुनिने छैनन्। हर कष्ट झेल्दै जनतालाई समाचार संप्रेषण गर्ने एउटा संचारकर्मी स्वयं आज समाचार बन्न पुगेका छन्…। जो प्रतिक्षाका भाई थिए।

उनी भन्दै थिइन् 'सायद भाग्य भनेको यही रहेछ की ॥' सबै मानिसहरु सबै प्रश्नको जवाफ दिने सामर्थ्य राख्दैनन्। बहिनी मात्रै यति भन्छु जीवन र मृत्यु सबैको लागि अनिवार्य छ जुन नियम भन्दा बाहिर आज सम्म कोही पनि रहन सकेका छैनन्। फरक त अगाडी पछाडीको कुरा मात्रै न हो। सायद तिम्रो प्रश्नको जवाफ मसंग यो भन्दा अरु छैन। यति भन्छु। क्रमशः…

'जवाफ तपाँईमात्र हैन दाई सायद कसैसंग हुँदैन होला। यदि भयो भने पनि म चित्त बुझाउने छैन।' यहाँ भन्दा उता प्रश्न सोधेर म उनलाई अझै दुःखी बनाउन चाहिन। 

कुरा अन्तै मोडे 'पोखरा घुम्न आउने हैन वहिनी ?' 'खै दाई समय मिल्दैन के गर्ने आउने रहर त हो'। सायद उनलाई रहर छ पोखरा घुम्न आउने। माछापुच्छ्रेको आँगनीमा लमतन्न फैलिएको फेवातालसँग नाता जोडेर दुःख सुखका अनूभूतिहरु साट्ने। 'अनि तपाँइ धरान आउने हैन ?' सायद तिमी जुन बाध्यताको घेरामा छौ म पनि त त्यस्तै समस्यामा छु नानू घर गाँउ भेटघाटमा आउँदा जरुर तिमीलाई भेटनेछु। मेरो प्रयत्न हुनेछ दःुख सुख बाड्ने यसो भयो भने मन हल्का हुन्छ भन्छन् नी हगी ?

तिमी जुन स्थानमा छौ जहाँसम्म कमै जनजातिहरु पुगेका छन्। यस अर्थमा पनि तिमीले यसलाई निरन्तरता दिनुपर्दछ। आम महिला जनजातिहरुको प्रतिनिधि पात्र बन्नु छ तिमीले। यसकारण पनि तिमीलाई परेका दुःखहरुले बिचलीत हुन हुँदैन है! 

ओहो समय बितेको पत्तै भएन। घडीमा ११ बज्न लागॆछ। रेडियो बन्द गर्ने समय भएजस्तो छ। मैले बहिनीसंग बिदा माँगे। सायद मेरो पनि खाना अब त सेलायो होला।
 

Latest News