हरि बहादुर सारु मगर

चैत्र २, देवीनगर पाल्पा। हाम्रो गाउँ टोलबाट लोपउन्मुख स्थानीय कला र संस्कृति संरक्षणका लागि देबीनगरका युवाहरु लागि परेका छन्। यसका लागि वर्षेनी आयोजना गर्दै आएको कला तथा संस्कृतिको प्रदर्शन कार्यक्रम उनीहरुले सम्पन्न गरेका छन्। कुनै बेला गाउँको टोल टोलमा बज्ने नाचन ठूलो नाच को मादल झ्याउरेको आवाज कौडाको रौनक भजनको झमछमी सालै जोको आवाज घाटु नाच पाचे बाजाको ताल अनि फागु नाच र नेवार समुदायले बिशेष अवसरमा देखाउने लाखे नाचले देबीनगरको रौनक नै अलग्गै थियो। त्यो पनि सजि सजाउ माचमा। स्थानीय कला संस्कृति तथा कृषि प्रदर्शनी २०६७ आयोजना गरेर बाल बिकास समाज सुधार केन्द्र देबीनगरले आयोजना गरेको कार्यक्रमले के बृद्ध के बालबालिका सबैलाई नचायो।

पश्चिमेली संगीतको तुलनामा हाम्रो कला संस्कृति सभ्यता र भरपुर मनोराजनका लागि कमि छैन। पर्याप्त छ। देबीनगरकी ६५ वर्षीय चोली कुमारी के।सी। छम छमी भजन नचिरहदा आठ वर्षीय बालिका कम्मर मरकाई मरकाई नाचिन। उता लामडाँडाका संगीतका पारखी सोम बाबु आले पनि तालमा ताल मिलाएर नाचे। उता देबीनगर-९ बलीपोखराका ८० वर्षीय नाचनका गुर्मा रन बहादुर सिँजाली मादलको तालमा उफ्री उफ्री नाचिरहँदा दर्शकहरु भरपुर मनोरन्जन लिइरहेका थिए। कौडा लाखे झ्उरेको नाचको रौनक अलग्गै। नेपाली समाजमा सबैको प्रिय पन्चे बाजाले त झन दर्शक सबैलाई नचाई छोड्यो। यो दृश्य थियो देबीनगर लेमधेममा भएको स्थानीय कला तथा संस्कृतिको प्रस्तुती। एउटै नाचको खलमा सासु ससुरा छोरी जोवाई। चाहे जुनसुकै जात र वर्गको किन नहोस्। कुनै अश्लीलता देखिदैन।
सभ्य र अनुशासित नृत्य र मनोराजन गर्ने संस्कार हामीमा छ। यो संस्कारले अलग्गै सदभाव र सम्बन्ध स्थापित गर्छ। यी गीत र नाचहरु मनोराजनका लागि पर्याप्त छैन र देबीनगरका युवाहरुले बर्षेनी गर्दै आएको कला संस्कृतिको प्रस्तुती कार्यक्रमले सिकिस्त अवस्थामा रहेका कुना कप्चाका हाम्रो कला संस्कृतिले ओखति पाएकोछ। र जगेर्नका लागि कदम अघि बढेको छ। सुतेकाहरुलाई जगाउने काम भएको छ। यो कामले पक्कै पनि आगमी वर्षहरुमा झन परिस्कृत रुपमा हाम्रो कला संस्कृतिको विकास हुने छ। बाल बिकास समाज सुधार केन्दका अध्यक्ष बल बहादुर थापा मगरका अनुसार आगामी वर्षहरुमा पनि अझ व्यवस्थित र परिस्कृत तरिकाले कार्यक्रम गरिने छ। कला संस्कृति संरक्षण सम्वद्र्धन र जगेर्नमा लाग्नु हुने युवाहरुलाई सलुट गर्न चाहन्छु।

अखिर कला संस्कृति कुनै जात र समुदाय बिशेषको पेवा सम्पत्ती पनि होइन। यो त यो राष्ट्रकै गहना हो। हाम्रो छुट्टै बिशेषता बोकेको सांस्कृति बिदेशी पर्यटक भित्रयाउने बलियो आधार पनि हो। त्यसैले यसको संरक्षण र सम्वद्र्धन गर्नु राज्यको दायित्व हो। सबै भाषा धर्म र संस्कृतिले उचित वातावरण पाएको खण्डमा हाम्रो संस्कृतिको संरक्षण र जगेर्नका लागि सहज वातावरण बन्ने छ। कला संस्कृतिको बिकास र प्रचार प्रसारले मुलुकको बिकासका लागि थप ईटा थप्नेछ। हरेक परिवर्तनका संवाहकको भूमिका निभाउँदै आएको युवा सहभागिता संस्कृति संरक्षण सर्वद्र्धन र जगेर्नका लागि अविवार्य र अपरिहार्य छ। यसर्थ अबको दिनमा हामीले ८० वर्षीय नाचनका गुर्मा रन बहादुर सिँजाली र ६५ वर्षीय चोली कुमारी केसीको नृत्य हेरेर मनोरन्जन मात्रै लिने र अबको युबाले हामीबाट सिकेर कला संस्कृति जगेर्नका लागि काँध थाप्नु पर्छ भन्ने सन्देश उहाँहरुले दिनु भएको छ। यसका लागि युवाहरु तयार हुने कि !

करिव दुई दशक अघि प्रबिधिको उतिसारो बिकास भएको थिएन। उस बखत ठूलो मादलको आवाज सुन्न साथ नयाँ पाहुनाहरु अनुमान गर्थे रे लौ लाहुरे मगर गाउँ आएछ। मगर गाउँमा बिशेष मेसो पारेर कौडा र नाचन नाच्ने गरिन्थ्यो। झ्याउरे भने दिनहुँ। नभए एक दुई दिन बिराएर। फागु नाच फागु पुर्णिमाको आसपासमा। ब्राह्माण समाजमा भजन र ख्याली। ब्राह्माण समुदायका मानिसहरु घाटु कौडा नाचन र झ्याउरे हेर्न आउने भजन र ख्याली मगर समुदायका तरुनी तन्नेरी हेर्न जाने। एक समुदाय र अर्को समुदाय बिचको सांस्कृतिक कला आलो पालो गरेर हेर्ने र रमाईलो गर्ने प्रचलनमा ठूलै परिवर्तन आएको छ। सूचना र प्रबिधिको बिकासले यो बिश्वलाई संकुचित बनाएको छ। विश्व व्यापीकरणको नाममा आएको पश्चिमेली प्रभावले नेपाली युवाहरुको आनी बानी सोच र व्यवहारमा फरकपना आएको छ। हिजोको नेपाली युवाले ठूलै टेप रकर्डरमा नेपाली लोक गीत भन्काउँदै हिड्थ्यो। अचेलकाले मोबाइल सेटलाई माध्यम बनाएर घन्काउँछन्। त्यो पनि अंग्रेजी पप र हिन्दी गानाहरु। एकाध हिट नेपाली आधुनिक र लोक गीत। गाना बजना घन्काउन भने छाडेका छैनन्। बस फरक हिजोकाले झ्उरे कौडा र दोहोरी गीतहरु बडेमानको टेरिकर्डरमा रेकर्ड गरेर बजाउँथे। त्यो पनि सिमित युवाको मात्रै त्यसमा पहुँच हुन्थ्यो। अहिलेकाले क्या नाम भन्छ सी।आर।बी।टी पी।आर।बी।टी। बाट डाउनलोड गरेर । प्राय एकाधलाई छाडेर सबै युवाको हातमा गाना बजनाका लागि मोबइलको पहुँच बढेको छ। त्यसको अतिरिक्त मोबाइले ल्याएका सकरात्मक र नकरात्मक पक्षको अर्कै पाटो त छदैछ।
यो विश्व व्यापीकरणले नेपालीको पहिचान माथि नै प्रश्न चिन्ह खडा गरेको छ। बिदेशबाट आयात भएका संस्कृतिको नक्कल गर्न हामी माहिर छौँ। नक्कल गर्नु आफिैमा नराम्रो चाहि होइन। तर एक पटक बिश्लेषण गर्नै पर्ला। अरु नग्न;अर्ध नग्न हुदैमा आफू हुने कि नहुने। अरुले लामो बाल बनाउँदैमा रङ्गी बिरङ्गी बनाएर लामो लामो बाल पाल्ने कि फरक पहिचान दिने। हाम्रो कला संस्कृतिको संरक्षणको पाटोलाई पनि यो नक्कलीजमले प्रभाव पारेको छ। आफ्नो वास्ताविक धराताललाई बेवास्ता गर्दै नक्कलीजमलाई अवलम्बन गर्ने हो भने मेरो; हाम्रो पहिचान के होला आफूलाई चिनाउने आधार के हो खोज्नु पर्ने अवस्था आउन सक्छ।