Home

समुद्र पारीबाट 'मायालुलाई चिठ्ठीपत्र'

E-mail Print PDF
AddThis Social Bookmark Button

प्रिय 'चन्दा' असिमीत मायाका चाहानाहरु मात्र तिमीलाई……………… मायालु मन कति साह्रो चन्चले हुदोरहेछ हगि। यो चन्चले मनलाई एक छिन पनि बाँधेर राख्न नसिकिदो रहेछ। असिमीत मायाका इच्छा आकांक्षा अनि चाहानाहरु जगाएर कल्पनाको भावसागरमा डुबाईदिदो रहेछ कहिल्यै उत्रनै नसक्ने गरी जसले हरेक क्षण हरेकपल तड्पाई दिने गर्दछ।


बिर्सौ‌ पनि कसरी तिम्रो त्यो सुन्दर अनि कोमल ब्यक्तित्व साथै मायाले भरीएको ओठबाट निस्कीएको सु-मधुर कोइलीको बोलीझै मिठो गुन्जन बोली मेरो कानमा हरक्षण गुन्जीरहने गर्छ। भनिन्छ आफूले बनाएको प्रेमको मन्दिर भन्दा प्रकृतिले बनाईदिएको मन्दिर अतिनै राम्रो रमीणय अनि सुन्दर हुन्छ अरे। त्यसैले हामीलाई पनि प्रकृतिले भेट गराई एक अर्कामा परिचित गराई दियो तर 'चन्दा' विधिको विडम्बना यति छोटो समयमा हामी परिचय भयौ भाग्यले कोरीएको नियतिको रेखामा जो कोही पनि हिड्नु विवस हुदोरहेछ जुन मायामा एक अर्काको दरिलो आस्था बनेर बस्दो रहेछ। हृदयको कथा ब्यथाहरु मुटुमा जन्मिदो रहेछ। समयले दिएको याद र सम्झनामा हामी दुई विचको नयनको हेराई माथी हृदयको भावहरु कहिल्यै नझुकोस।

हो 'चन्दा' समय परिवर्तित छ समयसँग संघर्ष र पौठे जोरी खेल्दै जाँदा परिस्थतिको आयु रेखाले जतामोडीन्छ त्यतै तिर मर्माहित हुनु पर्दौ रहेछ। समयले औल्याई दिएको बिदाईको प्रस्ताबलाई मैले इन्कार गर्नै सकिन अन्धकारले ढाकेको सुनसान रात त्यहि सुनसान रातलाई साथदिने मधुर उज्यालोमा छटपटिदै तिम्रै याद र सम्झनामा कल्पिदै कति दिनअनि रातहरु बिताए। बास्तवमा यात्रा नै त रहेछ नि मान्छेको जीन्दगी कहिले उकालो कहिले ओरालो कहिले काही हाँसो कहिले आँशु कहिले मिलन कहिले बिछोड। यस्तै यस्तै परिवेशमा रुमलिएर बाँच्नुपर्दौ रहेछ।

हो 'चन्दा', दिन भरीको थकानलाई साँझ पख बिस्राम गर्ने क्रममा पनि तिम्रै यादले सताईरहने गर्छ एक्कासी विधुतिय झट्काले करेन्ट लागे झै। अनि त शरिरको प्रत्येक अंगहरु सिथिल बन्दै जान्छ। थाहा छ 'चन्दा' तिमीलाई तिम्रो यादमा यो मेरो आँशुयुक्त आँखाहरु प्रेम वियोगको हृदय आवेगमा थाम्नै नसकी सुन्यरातको अँधेरीमा पनि टोलाईरहने गर्छु। चन्दा तिम्रो र मेरो बसाईको दुरी नजीक भएको भए कति रमाईलो अनि सुन्दर संसारको सृजना हुने थियो होला हगी। एक आपसमा एकले अर्कालाई स्वच्छ र निश्वार्थ भावनाले हृदयस्पर्शी भाव पोख्नु भावना बुझ्नुनै सहयात्रीबिच मित्रता कायम रहुनु हो। तर 'चन्दा' विधिको बिडम्बना आँखा भरी साउन बोकेर केही समयको लाई तिमी सँग बिछोडीनु पर्दाको क्षणमा विवसता पूर्वक रंगीन पुतलीहरु पखेटा भाँचीएर प्रेमको प्रतिक झै हातहल्लाउनु विवस छु।

'चन्दा' प्रवासी जीवनलाई आगोको ज्वाला नजिक राखेर बस्नुपरेता पनि मेरो निश्चल मायाले अवश्य शितल दिनेछ। तिमी सगँको बिदाईको आँशु पनि झरेछ टाढा बाट याद आउँदा सम्झिदिनु है ल 'काली'। भन्दै आजलाई दौडीरहेको कलम बन्द गर्न चाहन्छु। तिम्रो स्मृतिका पानाहरुले अवश्य मलाई पल-पल तड्पाई रहनेछ !!!

उहि तिम्रो सहयात्री
खगेन मगर
धनकुटा