Home

याङ्जाकोटमा बुद्ध जयन्तीको रौनक

E-mail Print PDF
AddThis Social Bookmark Button
रोशनी गुरुङ

सबैलाई थाहा छ अहिले नेपालमा पर्यटन वर्ष २०११ विभिन्न कार्यक्रम गरि मनाई रहेको छ। शहर बजारको सुविधा सम्पन्न ठाउँदेखि लिएर दुर्गम पहाडी भेगमा पनि मेला महोत्सवहरु धमाधम आयोजना भई रहेका छन। यसले आउने दिनमा नेपालमा थप पर्यटकीय स्थलको खोजी गर्न सघाउने छ। नेपालमा मनाई रहेको यस पर्यटन वर्षलाई विषलेश्कहरुले आफनै ढङ्गाबाट व्यख्या गरिरहेका छन। कसैले यसलाई राम्रै भनेका छन भने कसैले मेनुविनाको रेष्टुरेण्टको पनि संज्ञा दिन भ्याएका छन। विष्लेश्णहरु आफनै ठाउँमा भई रहे पनि नेपालमा पर्यटन वर्ष मनाउनु नै हामी सबै नेपालीको लागि गर्भको कुरा हो। यसलाई हामीले सकरात्मक रुपमा लिनुपर्छ।
 
प्रसङग हो यसै साता कास्कीको उत्तरपूर्वी भेगमा पर्ने पर्यटकीय गाउँ याङ्जाकोटमा २५५५औ बौद्ध जयन्ती मेला सन्चालन हुने बारे। थुमाको डाडा गाविस अन्तरगत पर्ने याङजाकोमा स्थानिय मिलन युवा क्लबले वर्षेनी रुपमा सन्चालन गर्दे आएको मेला यस वर्ष पनि जेठ १ देखि ३ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ। आफनो गाउँमा मेला हुने भए पछि यतिबेला याङजाकोट बासीमा एक प्रकारको रौनक छाएको छ। उनीहरुको दैनिकीमा अलि परिवर्तन आएको छ। अनि मेला व्यवस्थापन गर्न उनीहरुलाई अहिले भ्याई नभ्याई भएको छ। पाहुनालाई देवता सरहा पुज्ने गुरुङ समुदायमा अहिले मेलामा आउने पाहुनाको आवसीय व्यवस्था गर्न स्थानिय आमा समुह सकि्रया भएर जुटेका छन। भने गाउँको प्रवेश द्धारमा पाहुनको सम्मानका खातीर स्वागत गेटहरु समेत निर्माण भईरहेका छन।

गुरुङ समुदायको बाहुल्य रहेको यस गाउँमा केहि मात्रमा दलित जातिको पनि बसोबास रहेको छ। मेलामा गुरुङ समुदायमा प्रचलित रहेको लोपउन्मुख घाँटु कुसुण्ड कृष्ण चरित्र सोरठी लगायतका साँस्कृतिक नाचहरु विषेश रुपमा प्रदर्शन गरिने भएको छ। यस्तै युवा पुस्ताको रोजाईलाई ध्यानमा राखी क्लबले गत वर्षदेखि सन्चालन गर्दे आएको गाउँ स्त्तरीय खुल्ला साँस्कृतिक नृत्य प्रतियोगितालाई यसवर्ष पनि निरन्तरता दिने भएको छ। यस वर्ष मेलामा गाउँमै पहिलो पटक प्याराग्याईडिङ उडान गरिने भएको छ। मेलामा आउने अतिथि दर्शक र गाउँबासीको लागि यो नयाँ र रोचक कार्यक्रम हुने क्लबका सल्लहाकार देवीजङ्ग गुरुङकोले दावी गर्नुभएको छ। यसको अलब भलिबल बास्केटबल छेलो रस्सा कस्सी आदि प्रतियोगिताहरु उक्त तीनदिने मेला अवधीभर सन्चालन हुने छ।

नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न यस मेलाले अन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर् याउने आपेक्षा आयोजकले लिएको छ। प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र मनमोहक यस गाउँमा पुग्ने पयर्टकले गुरुङ समुदायको संस्कृति र रहन सहन रितिरिवाज आिद पक्षलाई प्रत्यक्ष रुपमा देख्न पाईनॆ छ। यस गाउँमा २०६७ सालबाट नै होम स्टेको शुरुवात भई सकेको छ। भने हाल गाउँमै केहि मात्रमा होटल तथा रेष्टुरेण्ट पनि सन्चालनमा आई सकेका छन। सदरमुकाम पोखराबाट २२ किलो मिटरको दुरीमा रहेको याङजाकोटमा पोखराको काँहु खोलाबाट जीप चढेर जान सकिन्छ। यो गाउँ समुन्द्री सतहबाट १ हजार ४ यस ५० मिटर उचाईमा रहेको छ। हाल यस गाउँमा विजुलीबत्ती र यातायात दुवैको सुविधा रहेको छ। भने कास्कीको स्वाभिमान खुल्ला दिशा मुक्ता अभियान भन्ने अभियान अन्तरगत यस गाउँको प्रत्येक घरमा व्यवस्थित श्यौचालयको निमार्ण गरिएको छ जसले गाउँको सुन्दरता बढाउनमा अरु मद्दत पुगेको छ।

पोखराको अलवा कास्कीकै छिमेकी गाउँहरु ध्याम्राङ ताङतिङ सिक्लेस पार्चे खिलाङ तप्राङ वारचोक भाचोक मिजुरे लगायत अन्य गाउँबाट पनि यस गाउँमा आउन राम्रो पैदल मार्गको व्यवस्था रहेको छ। थुमाको डाडा गा।वि।स अन्तर्गत वडा नं। १ ३ र ५ मा पर्ने याङजाकोट गाउँबाट अन्नपूर्ण हिमश्रृङखल लगायत अन्य मनोरम प्राकृतिक दृश्यको पनि अवलोकन गर्न सकिन्छ। धार्मिक रुपमा गाउँमा सबै जना बौद्धलम्बी नभए पनि बौद्ध जयन्तीलाई विगत दुई दशक देखि यस गाउँमा सबैले साझा चाडको रुपमा मनाउदै आएका छन। यस वर्ष आयोजकले करिब ८ सयदेखि १ हजार जनासम्म अन्तरिक पर्यटक मेला अवधीभर गाउँमा भित्रत्याउने लक्ष्य लिएको छ।

मेला सम्पन्न गर्न थुमाको डाडा गाविस परिवार याङजाकोट परिवार हङकङ र याङजाकोट तमू समाज पोखराले मुख्य प्रायोजकको भुमिका निर्वाह गरेको छ। भने अन्य विभिन्न संघ संस्था एवं व्यक्तिबाट मेला सम्पन्न गर्न सहयोग प्राप्त भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानाकारी दिनुभयो। देउराली छापा गैरीगाउँ र डाडा गाउँ गरि ४ वटा समाज मिलेर बनेको याङजाकोट गाउँको सबै गोरेटो बाटोहरु आर्कषक ढुङ्गाबाट निर्माण गरिएका छन भने अधिकाशं घरको छाना पनि कलात्मक ढुङ्गाले छाएको छ।

विगत लामो समयदेखि यस गाँउमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले विकास निर्माणका विभिन्न काममा सघाउदै आई रहेको छ भने गाउँमा कि्रयाशील चार वटा आमा समुहले पनि गाउँको विकासमा थप सहयोग गरेका छन। यस्तै छापा डाडा आमा समुह र युवानाच परिवारले आफनै सकि्रया सहभगिता र श्रमदानमा नयाँ खानेपानीको मुहान पहिचान गरि गाउँमा खानेपानीको राम्रो व्यवस्था मिलाएको छ जसले गर्दा गाउँमा खानेपानीको आपूर्ति सहज भएको छ। भने उता गाउँमै रहेको चौथरी नाच परिवारले पनि नाच गानबाट संकलन भएको रकमले गाउँकै मसान घाट जानेबाटोमा खानेपानीको धारा निर्माण गरेको छ। भने हालसालै मात्र गाउँमा लोप हुदै गएको ढिँकी जाँतोको संरक्षण गर्नका लागि गाउँमा पक्की खालको ढिकी जाँतो निर्माण गरेका छन। जसले गाउँबासीलाई धेरै राहत पुग्ने आपेक्ष गरिएको छ। याङजाकोटमा अहिले एक उप स्वास्थ्य चौकी एक निम्न माध्यमिक विद्यालय शिशु स्याहार केन्द्र पुस्तकालय हुलाक सेवा आदि सन्चालनमा रहेका छन्।

के तपाई पनि जाने होइन त याङजकोटमा हुने २५५५औं बुद्ध जयान्ती मेलामा ?