Home

धाराबासीको रुवाई

E-mail Print PDF
AddThis Social Bookmark Button

भवानी क्षेत्री, झापा

 

यसबेला म कृष्णधराबासीको पाण्डुलिपि पढ्दैछु । पत्नी सीताको बियोगलाई मूल बिषय बनाएरलेखिएको यो कृतिमा पत्नीसँगको २७ बर्षे सहयात्राका भोगाइ छन् । पत्नीको प्रेम,ब्यवहारिक कुशलता, आँट, निडरता उनीसँगै भोगेका दुःखसुख, पीडा, रोदन, सीताजीकोबिरामीदेखि मृत्युसम्मको अवस्थाको ब्याख्या गरिएको पाण्डुलिपि सुरुदेखि नै धेरैपल्ट घाँटीबाँधिदै र आँशु खसाउँदै पढ्दै थिएँ म ।

 

सीताजी अब बाँच्नु हुन्न, उहाँ अब यस धरतीकी थोरै दिनकी बासिन्दा हुनुहुन्छ भन्ने थाहा पाएकोकुरा पढ्दा फेरि आँशु खसे पुस्तकै भिज्नेगरी । हो जतिबेला म रुँदै यो पुस्तक पढ्दैथिएँ ठिक यही बेला फेसबुकमार्फत धरावासीको दोस्रो बिबाह हुँदैछ भन्ने समाचार पढ्नुपर्यो मैले । उनले दोस्रो बिबाह गर्छन् भन्ने कुरा मलाइ थाहा थियो, तर यस्तरीहतारमा गर्लान् भन्ने सोचेकै थिइनँ छु ।

 

फेसबुकमा बेहुलाबेहुलीको फोटो देखेपछि एउटा सचित्र मेरो सामु उभियो । त्यो चित्र यस्तो थियो,एउटा लोग्नेमान्छे बलिन्द्रधारा आँशु खसाउदै र कोकोहोलो मच्चाउदै पत्नी बियोगमा रुँदैमासु र भात खाँदैछ । कस्तो तालमेल नमिलेको चित्र हो यो ? कमसेकम रोइ सकेरहातमुख धोएर मासु भात खाँदा यो चित्र मेरो सामु आउने थिएन सायद । बडो बेगका साथअघि बढिरहेको मेरो पढाइमा ब्रेक लाग्यो । त्यहाँभन्दा अगाडि पढ्न सकिनँ मैले योकिताब । किताब भित्रका सबै कुराहरु फोस्रा तथ्यहीन र नेताहरुको भाषण जस्तो, योदेशको सबै क्षेत्रका मान्छेहरुको इमान्दारितामा खडेरी परेछ जस्तो लागेर आयो । अब कसकोबिश्वास गर्ने जनताले र पाठकले ? कस्तो दोहोरो चरित्र हो यो ? एउटी पत्नीकोबियोगमा लेखिएको शोकमय पुस्तक छैंठौ सस्करणमा प्रकाशित भइरहेछ । पाठकहरुसहानुभूतिपूर्ण रोदन रुँदै पढ्दैछन् पाण्डुलिपि । एकातिर पाठकहरु भित्र खाँदीखाँदी भर्दैछन् आफू र सीताजी प्रतिको सहानुभूति, माया, प्रेम पाण्डुलिपि मार्फत। अर्कातिर धमिरा लाग्दैछन् आफैँ पाठकका हृदय भित्र ।

 

धरावासीले सीताजीलाई यति चाँडै कसरी धराकी बासी अनि मनकी बासी बनाइदिन सके होलान् आश्चर्यलागेको छ । यस्तो लाग्यो उनी सिडी वा क्यासेटका चक्का हुन । उनी साँच्चै बिछोडकोपीडाले थलिएका थिएनन् बरु सचेतनाका साथ आफूलाई पूर्णरुपमा खाली बनाएरत्यहाँ नयाँ खुसीका, रहरका, उत्साहका र उमंगका रंगहरु भर्न चाहन्थे । त्यसैले हतारहतारपुराना, थोत्रा र बासी कुराहरु मिल्काएका हुन् पाण्डुलिपि मार्फत । या त उनी चतुर, चलाखमान्छे हुन् । कहाँ, कतिबेला र कसरी शोकलाई क्यासमा भजाउन सकिन्छ भन्ने कुरा थाहाभएका । नत्र दोस्रो बिबाह र पाण्डुलिपि प्रकाशनमध्य एउटा काम थाती राख्ने थिए ।

 

हुन तबिबाहलाई थाती राख्न सक्ने थिएनन् उनले । किनकि उनी उमेरले धेरै बुढो नभए पनि एउटाकमजोर र रोगी शरीरधारी मान्छे हुन् । यो कुरा पाण्डुलिपि पढ्ने सबैलाई थाहा छ । उनले भनेका पनि छन् आफ्नो स्याहार सुसारका लागि अर्को बिबाह गर्छु भनेर । आफनोस्याहार आफैँ गर्न नसक्ने, छोराछोरीको माया र स्याहारले पनि नपुग्ने, अरु नैसाइनोका वा काम गर्नेहरुले पनि नहुने, श्रीमतीकै स्याहार चाहिने ? कस्तो उदेककोकमजोरी हो यो ? यस्ता कमजोर मान्छेलेबिबाह थाती राख्ने कुरै भएन ।

 

त्यसैले पाण्डुलिपिदुइ चार बर्षपछि छपाउँथे भने भलै त्यो बेला यो किताब छैठौं सस्करणसम्म नछापिनसक्थ्यो तर पाठकका मनमा उनको निम्ति आदर र श्रद्धा बढेर जाने थियो । पुस्तक पसलमागएर पाठकले “बेकार किन्न लगायौ यो किताब मलाइ” भन्ने थिएनन्, किताब किनेको मापछुतो पनि मान्ने थिएनन् त्यो बेला पाठकले । तर एकै साथ रहर र दाम पुरा गर्न चाहेउनले ।

 

अथवा उनले उमेरपुगेका छोराछोरीको बिहे गरिसकेपछि आफूले दोस्रो बिहे गर्थे भने पनि उनीप्रतिको भ्रम यसरी भत्किने थिएन । उनको सामाजिक साख र प्रतिष्ठामा पहिरो जाने थिएन ।पाण्डुलिपि किनेकोमा पाठकले पछुतो मान्नु पर्ने थिएन । किनकि त्यतिखेर उनी वास्तवमैएक्लिएका छन्, उनलाई नजिकबाट माया गर्ने मान्छेको खाँचो छ भन्ने कुरा आम पाठकहरुमापर्ने थियो । उनलाई आगामि दिनका लागि पनि रुवाइ बेच्न सजिलो हुने थियो ।

 

त्यसै अनिच्छापूर्बककिताब पल्टाएँ, २५६ पेजमा पल्टिएको रहेछ । त्यहाँ धरावासीले “यस संसारमा मेरोजीवनले पाएको यो प्रथम र अन्तिम पि्रयमान्छेलाई म कसरी छटपटाउँदै मरेको देख्न सक्छु?” लेखेका रहेछन् । कति ठूलो ब्यंग्य मान्छेलाई मान्छेले गर्ने प्रेममाथि ?अझ लोग्ने स्वास्नीको प्रेममाथि ? के सबै लोग्नेले स्वास्नीलाई गर्ने माया यस्तैफितलो, यस्तै पातलो, बर्ष दिन कट्दा नकट्दा सलल बगेर जाने सतही खालको हुन्छ ?के सबै लोग्नेहरु यस्तै स्वार्थी चेपारे हुन्छन् ? सेवा र स्याहार पाउन्जेल प्रिय, प्यारी,आमाजस्ती, देवीजस्ती अनि सेवा सकिना साथ सबै सकिने ? यस्तै हुन्छ होला ।

 

अपबाद बाहेकसमाजमा देखिएको पुरुष ब्यबहार यस्तै छ । तर अरु पुरुषहरु यसरी बिलौना गाएर सार्बजनिकरुपमा रुदैनन् धरावासी जस्तो । पत्नी वियोगले पीडित भएको कुशल र जीवन्त अभिनय गरेरसमवेदनालाई क्यासमा भँजाउने काम पनि गर्दैनन् । पत्नीको मृत्युलाई व्यापारको विषयबनाउँदैनन् । आफनो पीरलाई पीरकै रुपमा लिन्छन् । जति दिन सक्छन्, पीडा खप्छन्,नसकेका दिन अर्को बिबाह गर्छन् ।

 

तर धरावासीकोरुवाइ कहिल्यै नमेटिने गरी लिखत रुपमा आएको छ । पत्नीको वियोगलाई व्यापार बनाउने रत्यसबाट आएको पैसाले मोजमस्ती गर्ने नयाँ नजिर बनेको छ । दुःखद पक्ष यही हो ।यहाँभन्दा उता पढिनँ मैले यो किताब । पढ्नै सकिनँ । तर पढ्छु पछि, एउटा पाल्पनिककथाका रुपमा भए पनि । धरावासीलाईपाण्डुलिपिमा पढेर आम नेपाली महिलाले के सिक्ने ? आफ्ना लोग्नेहरु प्रति कस्तोधारणा बनाउने ? लोग्नेको जीवनमा आफनो उपस्थिति र उपयोगिताकोमूल्यलाई कसरी हेर्ने उनीहरुले ? के सचेत महिलाहरुले जीवन रुपी किताबका पन्ना पल्टाउदैनन् होला र ? लोग्नेजस्तो अवसरबादी अरु कोही हुन्न रहेछ भन्ने पाण्डुलिपिले बुझाएन ?

श्रोत-अनलाईन खबर