HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home

राजधानीको पानीको प्यास अब तीनै वर्षमा मेटिने

E-mail Print PDF
AddThis Social Bookmark Button

जुन २०१२अवरोधबिना अहिलेकै गतिमा निर्माण गरिए मेलम्चीको पानीले राजधानीको प्यास अब तीनै वर्षमा मेटिने भएको छ। मेलम्ची खानेपानी विकास समितिका अनुसार कसैले बाधा नपुर्‍याए मेलम्चीको पानी तीन वर्षमा सुन्दरीजलसँग जोडिनेछ।समितिका जनसम्पर्क परामर्शदाता कमल डुम्रेका अनुसार यो महिना अहिलेसम्मकै सबैबढी ४ सय ९० मिटर मूल सुरुङ खन्ने काम भएको छ। २६ किलोमिटर लामो सुरुङ मार्गबाट उपत्यका भिœयाइने खानेपानीका लागि चारवटा सहायक सुरुङमार्ग बनाएर खन्ने काम भइरहेको छ।

अहिलेको जस्तै द्रुत गतिमा सबै काम हुने हो भने मेलम्चीको पानी काठमाडौं पुग्न तीन वर्ष पनि लाग्दैन,' डुम्रेले नागरिकसँग भने।परामर्शदाता एवं वरिष्ठ भूगर्भविद् सहाना प्रधानका अनुसार निर्माण सुरु भएयता एक महिनामा खनिएको ४ सय ९० मिटर सुरुङ अहिलेसम्मकै लामो हो। सुन्दरीजल मुख्य सुरुङमार्गबाट पनि झन्डै एक किलोमिटर सुरुङ खनिएको छ। ग्याल्थुममा ४ सय ७० मिटर र सिन्धुमा झन्डै दुई किलोमिटर सुरुङमार्ग खनिसकिएको छ।

हेलम्बु गाविसको रेबर्मामा बनाइने बाँधको झन्डै एक किलोमिटरमुनि अम्बाथानबाट बाँधस्थलतिर खनिँदै गरेको सुरुङ पनि १ सय ४० मिटर तयार भइसकेको छ। बाँधस्थल पुग्न ४ सय ९० मिटरमात्र बाँकी रहेको भूगर्भविद् प्रधानले बताइन्। मुख्य सुरुङ मार्गमा पुग्न र काम गर्न बनाइएका सहायक सुरुङ मार्ग (अडिट टनेल) निर्माणमा समय लागेकाले मुख्य सुरुङ मार्ग निर्माण ढिलो भएको हो ।

अडिट टनेलहरू अम्बाथानमा २ सय ७५ मिटर, ग्याल्थुममा २ सय १५ मिटर र सिन्धुमा ७ सय ७० मिटर निर्माण गर्दा समय लागेको समितिले जनाएको छ। मुख्य सुरुङ मार्गको ग्याल्थुम खण्डमा समस्या आएपछि सुरुङको दिशा परिवर्तन गर्दा पुरानो लम्बाइमा ८७ मिटर छोटो भएको छ। यो योजनामा झन्डै दुई सय अर्ब (२४ करोड ९४ लाख अमेरिकी डलर) लगानी छ।

योजनास्थलका हरेक सहायक सुरुङमार्गमा अवरोध हटाउन र विस्फोटकको सुरक्षाका लागि सेना तैनाथ गरिएको छ। दैनिक १७ करोड २८ लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य रहेको मेलम्चीको पानीलाई सुन्दरीजलको महाँकालफाँटमा बनाइने अत्याधुनिक पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुपको पानी उपत्यकामा वितरण गर्ने योजना छ।

उपत्यकामा अहिले दैनिक ३५ करोड लिटर पानीको माग छ। पानी वितरक काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सुखा याममा १० करोड लिटर र वर्षामा १६ करोड लिटर मात्र आपूर्ति गरिरहेको छ।
बिपी कोइरालाको पालामै चर्चामा आएको मेलम्ची आयोजनाले कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा गति लिन खोजेको थियो। लगत्तै सुरु भएको सशस्त्र द्वन्द्वका कारण आयोजना निर्माण लामो समय अवरुद्ध बन्यो।
मेलम्ची उपत्यका लैजान लागेकोमा स्थानीय खुसी छन्। 'पानी जसरी पनि काठमाडौं लैजाऊन्, तर यहाँका बासिन्दालाई उपत्यकाबासीले सन्तानजस्तै व्यवहार गर्नुपर्छ,' मेलम्ची सरोकार समितिका संस्थापक अध्यक्ष सिद्धिनारायण श्रेष्ठले भने।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News