HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home

संसारका ५० स्वादिष्ट पेय भित्र नेपाली रक्सी

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौं, साउन २९ (नागरिक) - संसारका स्वादिष्ट ५० पेय पदार्थको सूचीमा नेपालको 'रक्सी' पनि परेको छ। अमेरिकी समाचार संस्था केबुल न्युज नेटवर्क (सिएनएन) ले सार्वजनिक गरेको सूचीमा नेपाली रक्सी ४१औं स्थानमा पर्न सफल भएको हो। 'कोदो वा चामलबाट बनाइने रक्सीको कडा गन्ध नाकमा आउँछ र यो सिधा घाँटी हुँदै तल जान्छ,' सिएनएनले नेपाली रक्सीको वर्णन गर्दै सूचीमा लेखेको छ, 'तर, यसले अचम्मलाग्दो तरिकाले मखमली आभाष दिन्छ।'

 

सिएनएनका अनुसार आफ्ना चाडपर्व र जात्रा मनाउने क्रममा नेपालीले रक्सी पिउने गर्छ्रन्। 'तै पनि हाम्रो विचारमा रक्सी आफैंमा उत्सव मनाउने कारण हो,' सूचीमा उल्लेख छ। सिएनएनको उक्त सूचीको ४१ स्थानमा आएको नेपाली रक्सीले जापान, जर्मनी, दक्षिण कोरिया, इन्डोनेसिया, पुर्टोरिको, आयरल्यान्ड, अस्ट्रिया र भारतका पेय पदार्थलाई पछाडि पारेको छ। रक्सीले भारतीय आँपको लस्सी (सूचीको ५०औं स्थान), अस्ट्रियाको रेडबुल, जापानको याकल्ट, आयरल्यान्डको गिनिज, पुर्टोरिकोको पिना कोलाडा, कोरियाको सुजेओन्गावा, जर्मनीको फ्यान्टा र जापानकै सिकुवासा जुसलाई उछिनेको हो।

 

सिएनएनले सन् २०११ डिसेम्बरमा पनि यो सूची प्रकाशित गरेको थियो। उसले अद्यावधिक गर्दै पुनः सूची सार्वजनिक गरेको हो। नेपाली रक्सी गत वर्ष पनि ४१औं स्थानमै अडेको थियो। त्यसबाहेक उत्कृष्ट पेय पदार्थको दसौं स्थानसम्म पनि कुनै परिवर्तन आएको छैन। ती सबै विगतकै सूचीमा समावेश थिए। संसारभरका मानिसको अनिवार्य एउटै पेय 'पानी' ले यो सूचीमा पहिलो स्थान ओगटेको छ। दोस्रो स्थानमा अमेरिकाको कोकाकोला परेको छ। कोकाकोला सन् १८८६ देखि उत्पादन हुँदै आएको छ। तेस्रो स्थान अफ्रिकी राष्ट्र इथियोपियाको कफीले ओगटेको छ।

 

संसारभर खपत हुने बियर चौथो र चिया पाँचौं स्थानमा पर्न सफल भएको छ। मलेसियाको एयर माटा कुसिङ छैठौं, अमेरिकाको सुन्तलाको जुस सातौं, रेड वाइन आठौं, बेलायतको जिन र टनिक नवौं र मार्सवल्लो मिश्रण भएको हट चकलेट दसौं स्थानमा परेको छ। त्यसै गरी स्पनेको सांग्रिया, खरबुजा र काँक्रोको रस, अमेरिकाको कुल एड, फ्रान्सको पास्टिस, जापानको सेक, इजिप्टको लेमोनेड, ह्वाइट वाइन, इन्डोनेसियाको एसकेलापामुडा, बेलायतको एग्नग, अमेरिकाको ग्याटोरेड, दूध, टर्कीको राकी, ताइवानको बबल टी, थाइल्यान्डको आइस टी, ब्राजिलको क्यापिरिन्हालगायत छन्।

श्रोत:नगरिक न्युज

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News