Home

नेपाली बैज्ञानिकलाई अन्तरराष्ट्रिय पुरस्कार

E-mail Print PDF
AddThis Social Bookmark Button

टेक बहादुर गिरी

नेपाली बहुउपयोगी औषधि र लोकप्रिय मसला बेसारको बैज्ञानिक अनुसन्धानमा उत्कृष्ट योगदान पुर्याएबापत नेपाली बैज्ञानिक प्राध्यापक डा। पुरुषोत्तम बस्नेत लाई एकीकृत औषधि विज्ञानमा अन्तराष्ट्रिय स्तरको  ूएक्सिलेन्स इन इन्टिग्रेटिव मेडिसिन रिसर्च अवार्डू प्रदान गरिएको छ । 

पोखरा विश्वविध्यालयका बिज्ञान तथा प्रविधि विभागका पूर्व डिन प्रा। डा। बस्नेत बिगत चार बर्षदेखि नर्वेको उत्तरी भेगमा रहेको ट्रोम्सो बिश्वबिद्यालय अन्तर्गत शिक्षण अस्पतालमा बरिष्ठ अनुसन्धानकर्ताको रुपमा कार्यरत रहदै आएका छन् ।

बेसारमा रहेको सार तत्व कुर्कुमिनमा रहेको अवयवलाई सुक्ष्म रुपमा शरिरको रोग संक्रमित स्थानसम्म बिस्तार गर्ने बारे पियर रिभ्यु जर्नलमा प्रकाशित शोध अनुसन्धान ूलिप्सोमल डेलिभरी सिस्टम इन्हान्सेस एन्टी(इन्फ्लेमेटोरी प्रोपर्टीज अफ कुर्कुमिनू को आधारमा एकीकृत औषधि सम्बन्धि युरोपेली संस्था युरोपियन सोसाइटी अफ इन्टिग्रेटिव मेडिसिनले पुरस्कारको लागि छनौट गरेको हो । पुरस्कारको राशि १० हजार युरो रहेको छ ।

उक्त पुरस्कारका लागि विश्वभरका बैज्ञानिकहरुका बिभिन्न ४३ वटा अनुसन्धान प्रतिस्पर्धामा सामेल थियो । एकीकृत औषधी बिज्ञानमा नविनतम खोज, सान्दर्भिकता र बिशिष्ट श्रेणीको बैज्ञानिक तथ्यमा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्न स्थापना गरिएको सो अवार्ड यसैपालीदेखि शुरु गरिएको हो ।

बिश्वभरबाट छनौट भएका बैज्ञानिकहरुको एक स्वतन्त्र निर्णायक टोलीले औषधी विज्ञानको पूर्व नियन्त्रण विधातर्फ प्रो। डा। बस्नेतको बेसार सम्बन्धी शोध अनुसन्धानलाई उत्कृष्ट छनौट गरेको हो ।

उक्त सोसाइटीले पूर्व नियन्त्रण तथा चिकित्सकीय क्षेत्रतर्फ उत्कृष्ट अनुसन्धानका लागि एक नेदरल्याण्ड र एक अमेरिकी गरी अन्य दुई जना बैज्ञानिकलाई समेत पुरस्कृत गरेको छ । ुुउल्लेखनीय मात्रामा बेसारमा पाइने प्राकृतिक र प्रभावशाली एन्टी(अक्सिडेन्टको औषधीय गुणको पहिचान र बिस्तारमा  प्रा। डा। बस्नेतको शोध अनुसन्धानले  उल्लेखनीय योगदान पुगेको छुु एकीकृत औषधी बिज्ञान सम्बन्धी यूरोपेली कंग्रेस हीलद्वारा हालै जारि बिज्ञप्तिमा उल्लेख छ । उक्त अनुसन्धानमा प्रा। डा। नताशा स्काल्को बस्नेत ९डा। बस्नेतकी पत्नी० समेत सहभागी छिन् । सो पुरस्कार बिजेता प्रा। डा। बस्नेतले प्रसन्नता व्यक्त गर्दै यसबाट बेसारको अनुसन्धानमा सामेल सबैलाई प्रोत्साहन मिलेको बताए ।

श्रोत : कान्तिपुर

 

 

Latest News