Home

नेपाली विद्यार्थीहरू उत्कृष्ट

E-mail Print PDF

नेपाल सवाददाता ८ अप्रिल २००९ तदनुसार चैत २६,  क्याम्बि्रज विश्वविद्यालयको 'ए' लेभल परीक्षामा तीन नेपाली विद्यार्थी विश्वउत्कृष्ट भएका छन्। काठमाडौंका तीन क्याम्पस चेल्सीका अभिमन्यु क्षेत्री, किङ्सका अनोज शाही र साइपालका रिसभ कर्ण सर्वोत्कृष्ट भएका हुन्।

'ए' लेभल क्याम्बि्रजले तयार गरेको उच्च माध्यमिक तह सरहको पाठ्यक्रम हो। यसलाई कक्षा बाह्र उत्तीर्णको मान्यता प्राप्त छ। प्रत्येक वर्ष विश्वका १ सय सत्तरी देश परीक्षामा सामेल हुन्छन्। सन् २००८ मा विश्वका छ सय पन्ध्र कलेजका पन्ध्र लाख विद्यार्थी परीक्षामा सहभागी थिए। वर्षमा दुई पल्ट हुने परीक्षाअन्तर्गत जुनमा सञ्चालित 'जेनेरल पेपर' मा अभिमन्यु र नोभेम्बरमा सञ्चालितमा रिसभ कर्ण उत्कृष्ट भएका हुन्। अनोज गणितमा उत्कृष्ट भए। नेपालबाट करिब पन्ध्र सय विद्यार्थी परीक्षामा सहभागी थिए। देशका बीस कलेजले 'ए' लेभल सञ्चालनको अनुमति पाएका छन्।

उनीहरूले विश्वउत्कृष्टको अपेक्षा नगरेको बताए। 'उत्कृष्ट हुन्छु भन्ने लागेकै थिएनु, अनोजले भने, 'सानैदेखि गणितमा भएको रूचिको फल हो यो।' उनी बेलायत जाने तयारीमा छन्। उनले अवसर पाए नेपाली विद्यार्थी जस्तोसुकै विषय अध्ययन गर्न सक्ने बताए। विद्यालय तहमा कहिल्यै पहिलो स्थानमा नआएका अभिमन्यु विश्वउत्कृष्ट भए। 'मेरो आत्मविश्वास, मेहनत र पारिवारिक सहयोगले', उनले कान्तिपुरसित भने, 'पढाइ राम्रो नराम्रो विद्यार्थीले पाउने अवसरमा पनि निर्भर हुन्छ।' विद्यार्थीले आफू अनुकूल वातावरण र विषय अध्ययन गर्नुपर्ने बताए।

अर्का सर्वोत्कृष्ट रिसव कर्णले परीक्षामुखी नभई नियमित अध्ययनको बानीले यो स्थान दिएको उल्लेख गरे। यी बाहेक नेपालबाट सृष्टि पाण्डे दुई विषयमा नेपाल उत्कृष्ट भएकी छन्। उनी रातो बंगला स्कुलकी छात्रा हुन्। उच्च शिक्षा अध्ययनका लागि अमेरिकाको स्ट्यान्डफोर्ड विश्वविद्यालय जाने तयारी गरिरहेकी उनले भनिन्, 'कक्षामा ध्यान दिएर सुन्थेँ, त्यसैले मलाई उत्कृष्ट बनायो।' सर्वोत्कृष्ट सहित नेपालका उत्कृष्ट बीसलाई उपराष्ट्रपति परमानन्द झाले पुरस्कार र बि्रटिस काउन्सिलका कार्यकारी कन्ट्री डाइरेक्टर इवान डेभिसले प्रमाणपत्र प्रदान गरेका थिए।

 
Comments (1)
math
1 Thursday, 08 October 2009 00:35
sudhan
i wanna meet with anoj and make my math good

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)