HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home

शेष घलेले काठमाण्डौमा पाँच तारे ‘शेराटन होटल’ खोल्ने - २२५ कोठे होटल सन् २०१८ फेब्रुअरीबाट संचालनमा आउने

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ चैत, काठमाण्डौ

अष्ट्रेलियालाई कर्मथलो बनाएका गैरआवासीय नेपाली शेष घलेले बिश्वबिख्यात ‘शेराटन होटल’को काठमाण्डौ चेनका रुपमा पाँचतारे होटल खोल्ने भएका छन ।

 

गत अक्टुवरमै काठमाण्डौंमा पाँचतारे होटल खोल्ने घोषणा गरेका घलेले होटलको ब्राण्डबारे टुंगो लगाएका थिएनन् । शेराटन ब्राण्डमा ग्लोबल चेन होटल चलाईरहेको स्टारवुड होटल एण्ड रिसोर्टस् वर्ल्डवाइड ईंक र घलेको कम्पनी एमआईटी ग्रुप होल्डिङस नेपाल प्रालिवीच होटल संचालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सोमबार घोषणा गरिएको छ ।

काठमाण्डौंको कान्तिपथमा खोल्न लागिएको यो होटलमा अत्याधुनिक र सुबिधासम्पन्न २२५ कोठा हुनेछन भने होटलको संचालन सन् २०१८ फेब्रुअरी १ तारिखबाट सुरु हुने शेराटनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।‘शेराटन काठमाण्डौं होटल संचालनका लागि सम्झौता भएको घोषणा गर्नु हाम्रा लागि निकै खुसीको बिषय हो’( शेराटन ग्रुपका उपाध्यक्ष निखिल मान्चरमले भने(’शेराटनकै ब्राण्डमा काठमाण्डौंमा पुनः प्रवेश पाउनु हाम्रा लागि निकै उत्साहपूर्ण छ ।’ शेराटनको भारतमा बलियो नेटवर्क रहेको र नेपाल भारतीय पर्यटकका लागि पनि मुख्य गन्तब्य रहेकाले नयाँ कदमले नेपालमा पर्यटन बिकाशका लागि पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसअघि शेराटनले काठमाण्डौमा एभरेष्ट होटलसँग साझेदारी गरेको थियो । केही बर्षअघि उसले आफ्नो स्वामित्व बेचेर फिर्ता भएको थियो । ‘हाम्रो होटलमा शेराटनको झण्डा फहराउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो’ एमआईटीका प्रमुख कार्यकारी अधिकृत शेष घलेले भने(’शेराटन ब्राण्डले पछिल्लोपटक ल्याएका सवै सेवा हामीले शेराटन काठमाण्डौमा पनि दिनेछौं ।’

केही समयअघि काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा घलले आफुले करिव ५ अर्ब रुपैयाँको लगानीमा मल्टिप्लेक्ससहितको होटल खोल्न लागेको बताएका थिए । हाल बिभिन्न मुलुकमा ३४ वटा होटल संचालन गरिरहेको शेराटन ग्रुपका अन्य २४ वटा होटल निर्माणाधीन अबस्थामा छन । सन् २०१५ सम्म बिश्वभर १ सय वटा होटल संचालन गर्ने योजना बनाएको शेराटन ग्रुपले दक्षिण एसियामा आफ्नो बिस्तारलाई तिब्र पारेको छ । भारतमा बलियो नेटवर्क बनाइसकेको अमेरिकी ओरिजिनको चेन होटलले हालै बंगलादेशमा ली मेरिडीयन होटल किनेको छ ।

नेपालमा होटल खोल्न लागेका घले अष्ट्रेलियाका सर्वाधिक धनीमध्ये १६६ औं नम्बरमा पर्छन । उनलाई सूचीकृत गर्ने बिजनेस रिभ्यु वीक्लीका अनुसार उनको सम्पत्ति करिव १ खर्व ५३ अर्ब रुपैयाँ रहेको छ । उनले चलाएको मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजीमा हाल ३० देशका दुई हजार बढि बिद्यार्थीले अध्ययन गरिरहेका छन । एमआईटीलाई उनले सन् २०२० सम्म बिश्वबिद्यालय बनाउने योजना बनाएका छन् ।

घलेको मुख्य ब्यबसाय शिक्षा र रियलस्टेट हो । लम्जुङको नाङ घानपोखराका घले इन्जिनियरिङ अध्ययन सकेपछि एमवीए गर्न १९ बर्षअघि अष्ट्रेलिया पुगेका घले सन् १९९६ देखि त्यहाँ ब्यबसायमा संलग्न छन् । उनी त्यहाँ पुराना घर किनेर मर्मतसम्भार गरी भाडामा लगाउने काम गर्छन् ।

श्रोत - अन्लाईन खबर

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News