HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home

नेपाली महिला बनिन् अष्ट्रेलियाकी धनी ! शेष घलेको सम्पत्ति एक करोड डलर थपियो

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ जेठ, काठमाण्डौ

नेपाली मूलका शेष घलेसँगै उहाँकी श्रीमती जमुना गुरुङसमेत अष्ट्रेलियाका दुई सय धनाढ्यको सूचीमा पर्नुभएको छ । पहिलोपटक धनाढ्यको सूचीमा पर्ने जमुना सूचीको १ सय ८१ औं नम्बरमा हुनुहुन्छ भने शेष १ सय ८० औं नम्बरमा हुनुहुन्छ । २ सय जनाको सूचीमा जमुनासँगै १४ महिला छन् ।

सूची तयार पारेको अष्ट्रेलियाको बिजनेस रिभ्यु विक्लीका अनुसार घले दम्पत्तिको सम्पत्ति २६ करोड ५० लाख डलर रहेको छ । यो वर्ष शेष घलेको सम्पत्ति १ करोड डलर बढेको भए पनि उहाँ अघिल्लो बर्षभन्दा १४ स्थान तल झर्नुभएको छ । अघिल्लो बर्ष घले १ सय ६६ स्थानमा हुनुहुन्थ्यो । शिक्षासेवी शेष घले र जमुना गुरुङले आप्रवासीको परिचित मार्ग पछ्याउँदै आफूहरुलाई अस्ट्रेलियाका २ सय धनाढ्यभित्र पार्न सफल भए स् नयाँ देशको बजारको अपूर्णता बोध गर्दै र अवसरलाई आत्मसात गर्दै ।

तर, अर्को अर्थमा ५५ वर्षका घले र ५१ वर्षकी गुरुङ कुनै सामान्य नाम होइन । अरु धनाढ्य भन्दा कम उमेरका र एसियाली मूलका उनीहरु विगतमा अस्ट्रेलियामा २ सय उच्च धनाढयहरु कताका थिए भन्दा पनि अब कताका हुँदैछन् भन्ने कुराका प्रतिनिधि पात्र पनि हुन् । घले र गुरुङको यो जोडीको संयुक्त सम्पत्ति साढे २६ करोड अमेरिकी डलर बराबरको छ । वृहत् व्यवसायिक हैसियत, निजी शैक्षिक कलेज, मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी लगायतको हो । काठमाण्डौमा समेत घले दम्पत्तीले होटल खोल्दैछन् ।

उनीहरुको शैक्षिक व्यवसायले अप्ठेरो ढुंगेमार्ग पार गरिसकेको छ । गएको वर्ष शैक्षिक संस्थामा विद्यार्थी भर्ना दर ८ देखि १० प्रतिशतले वृद्धि भयो । अब उनीहरु ४ करोड अमेरिकी डलर खर्चेर मेलवर्नको सेन्ट्रल बिजनेस डिस्ट्रिक्सस्थित पूरानो आर्गस भवनको पुनर्निमाण गर्दैछन् ।

श्रोत:अनलाइन खबर

‘हामीलाई मेलवर्न मन पर्छ, हामी मेलवर्नप्रति क्रेजी नै भएका छौँ । मेलवर्नमा नहुँदा मलाई घरको यादले सताएझैँ हुन्छ ।’ लन्स्डेलस्थित मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा बिजनेस रिभ्यु विक्लीसँग बोल्दै गुरुङले भनिन्, ‘हामी सप्ताहन्तमा सहर घुम्छौँ । हामीलाई पूरानो आर्गस भवन निकै मनपर्छ । यो भवन मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि लिने इच्छा थियो । तर, पछि ट्रोव विश्वविद्यालयले यो किन्यो । तर जब फेरी यो भवन बिक्रीमा राखियो, तब किन नकिन्ने भन्ने हामीलाई लाग्यो ।’

शैक्षिक व्यवसायका लागि सुपरिचित हुनुका साथै घले र गुरुड घरजग्गा व्यवसायका पनि सफल लगानीकर्ता हुन् । उनीहरुका अधिकांश व्यवसायिक भवनहरु मेलवर्नका मुख्य क्षेत्रमा अवस्थित छन् । एउटा भवन सिड्नीको ससेक्स स्ट्रिटमा पनि छ ।

३५ वर्षअघि नेपालमै बिहे गरेका हुन् घले र गुरुडले । उनीहरु नेपालमै हुर्के । पछि घलेले सोभियत युनियनमा सडक इन्जिनियरिङ पढ्नका लागि छात्रवृत्ति पाए । तर, यो सजिलो थिएन । एक पाइला बिराइयो भने पनि सबै खत्तम । घले भन्छन्,(’सबै कुरा भाग्य र कडा परिश्रमको फल हो । तर, सुरुमा भाग्यभन्दा पनि कडा मिहेनत महत्वपूर्ण हुन्छ ।’

घले र गुरुङ सन् १९९० को दशकको सुरुमा अस्ट्रेलिया आए । सुरुमा घले आए भने त्यसको ६ महिनापछि सन् १९९१ मा १० वर्षको छोरालाई नेपाल छाडेर गुरुङ पनि अस्ट्रेलिया आइन् । उनीहरु सुरुमा विजनेस स्टडिजका विद्यार्थीका रुपमा अस्टे्रलिया आएका थिए र अस्टे्रलियामा स्थायीरुपमा बसोबास गर्ने उनीहरुको कुनै लक्ष्य थिएन । निश्चितरुपमा अस्ट्रेलियामा कुनै निजि कलेज खोल्ने योजना त त्यसबेला हुने कुरै भएन ।

गुरुङ भन्छन्,(हामी जब अस्टेलिया आयौँ सुरुमा त बस्नै सकेनौँ । हामी लक्ष्यविहीन थियौँ । हामी यहाँ आएर बिजनेसमा डिग्री गर्‍यौं । हामीले प्राज्ञिक रुपमा व्यवसायलाई बुझ्यौं ।’

तर, सन् १९९५ मा उनीहरुका सामु एउटा अवसर आयो र उनीहरुलाई स्थायी बसोबासका लागि आवेदन गर्ने मौका मिल्यो, जसले उनीहरुको जीवनमा परिवर्तन ल्याइदियो ।

हामीलाई कुनै वकिल चाहिएन । हामीले केवल फारम भर्‍यौं, घले भन्छन्, दुई महिनामा हामीले स्थायी बासिन्दाको मान्यता पायौँ, त्यसपछि हाम्रा अधिकारलगायतका हरेक कुरा बदलिए ।

त्यसपछि घलेले एक निजी कलेजमा जागिर पाए भने गुरुडले स्विन्सवर्नमा बिजनेस डिग्रीलाई निरन्तरता दिई मार्केटिङमा विशेषज्ञता हासिल गरिन् ।

वसरले ढोका ढक्ढकाउँछ

अस्टेलियामा सन् १९९० को दशकमा विदेशी विद्यार्थीको शैक्षिक बजार निकै फस्टायो । अस्ट्रेलियाली विश्वविद्यालयहरुले आफ्ना कर्मचारीलाई विश्वविद्यालयका पाठ्यक्रमबारे प्रचार गर्न एसियाली देशमा पठाउन थाले । साना निजी कलेजहरुको स्थापना तिब्र भयो । अस्ट्रेलियाको अर्थतन्त्रमा सन् १९९० ताका वैदेशिक विद्यार्थीको बजारले ७० करोड अमेरिकी डलर योगदान गरेको थियो, जुन अहिले १६ अर्ब ३० करोडमा पुगेको छ । भिक्टोरिया विश्विद्यालयबाट बिजनेसमा स्नातकोत्तर गरेका घलेले पनि तत्कालीन अवस्थामा खुलेका साना कलेजमध्येको एक अस्ट्रेलियन एकेडेमीबाट काम सुरु गरे ।

‘म निकै उत्साहित भएको थिएँ, दुई(तीन वर्षमा त मैले पनि पर्याप्त अनुभव हाँसिल गरी यस्तै केही गर्न सक्छु भन्ने सोँचेको थिएँ ।’ घले भन्छन्, ‘तर अकस्मात सन् १९९५ को अन्त्यतिर त्यो कलेज बन्द भयो र मैले जागिर गुमाएँ । यो हाम्रा लागि ठूलो ठक्कर थियो । मैले सिक्ने चिजहरुको खोजी गरिरहेको थिएँ ।’

त्योबेला मन्दीको अन्त्यतिरको समय थियो र कुनै जागिर पाउन मुस्किल थियो । घलेको जोडीको योजना पनि तत्कालै परिवर्तन भयो । ‘हामीले सोँच्यौँ किन यस्तै प्रयास नगर्ने रु त्यसपछि म व्यवसाय सञ्चालनका लागि सरकारी प्रक्रिया मिलाउनतिर लागेँ ।’ घले भन्छन्,( ‘हामीसँग पैसा थिएन तर केवल पुँजीको अभाव मात्र व्यवसाय गर्नका लागि अवरोध होइन रहेछ । हामीसँग ज्ञान हुनुपर्छ र अवसरलाई हेर्नुपर्छ । साथै हिम्मत पनि चाहिन्छ ।’

मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीमा अहिले २४ सय विद्यार्थी छन् । यसले अंग्रेजी भाषा शिक्षणका साथै बालार्ट विश्वविद्यालयसँगको सहकार्यमा वाणिज्य तथा सूचना प्रविधि विज्ञान अन्तरगत स्नातक र स्नातकोत्तर तहका कक्षा संचालन गर्दै आएको छ । इन्स्िटच्युटका प्रमुख कार्यकारी घले यसको वित्तीय पाटो हेर्छन् भने गुरुड यसअन्तरगतका मेलवर्न र सिड्नी क्याम्पसकी प्रवन्ध निर्देशकका साथै मार्केटिक निर्देशक पनि हुन् ।

सँगै बस्नु तथा काम गर्नुका धेरै जोखिम पनि छन् तर आफुहरुको व्यक्तिको एक अर्काका लागि सहयोगी भएको उनीहरु बताउँछन् । ‘हामी व्यवसायमा १५र१६ वर्षदेखि सँगै छौँ र विवाह गरेको ३० वर्षभन्दा बढी भयो । हामीले एक अर्कालाई राम्रोसँग जानेका छौँ । उनी निकै लचक छिन् र जे गर्नुपर्छ भन्छिन्, त्यो भएरै छाड्छ ।’ घले भन्छन् ।

आफु चुनौतिमै बाँचेको भन्दै गुरुडले सहज परिस्थितिमा शेषले निकै राम्रो गर्ने भएकाले आफूहरुको सहकार्य राम्रो भएको बताउँछिन् ।

आफु व्यवसायमा परम्परावादी रहेको र लागत जतिसक्दो कम गर्नुपर्छ भन्ने मान्यता रहेको उनी बताउँछिन् । सोही कारण अस्ट्रेलियामा विदेशी विद्यार्थीमाथिको भिसामा कडाइ गर्ने सरकारी नीति तथा जातीयताको विवादलगायतका कारणले शैक्षिक क्षेत्र प्रभावित हुँदा पनि उनीहरु राम्ररी टिके । उनीहरुको व्यवसाय अरुको जस्तै गरी ह्वात्तै बढेन । त्यसैले शैक्षिक संकटका बेला पनि उनीहरुलाई ठूलो असर परेन । तर, केही वर्षहरु भने निकै कठीन रहे । ‘चार सयजति भारतीय विद्यार्थी हुने गरेकोमा त्यो संख्या ३०र४० मा झर्‍यौं ।’( उनीहरु भन्छन् ।

चुनौतीबाटै लाभ

अस्ट्रेलियाभित्रै तथा दक्षिणपूर्वी एसियामा नयाँ बजार खोज्न बाध्य भएपछि उनीहरुको एउटा यस्तो परिस्थितिसँग भेट भयो, जुन गुरुङका शब्दमा वरदान थियो, जसले पूर्णतया घरेलु बजारको ढोका खोलिदियो । ‘हामीसँग ५ जनाजति स्वदेशी विद्यार्थी हुने गरेकोमा त्यसपछि डेढ सयसम्म पुगे, गुरुङ भन्छिन् । घलेका अनुसार स्वदेशी विद्यार्थी बढ्नु भनेको व्यवसायमा जोखिम घट्नु हो । त्यसपछि आय पनि बढ्दै गयो ।

सन् १९९० मा नेपाल छाडेपछि गुरुङ र घले भाग्यमानी भए । के उनीहरुले देश नछाडेका भए यत्तिको सफलता प्राप्त गर्थे रु घलेका अनुसार नेपालको राजनीतिक वातावरण निकै असहज रहेकाले अहिलेको जस्तो सफलता प्राप्त गर्न निकै कठीन थियो । आफुहरुले देश छाडेको केही वर्षपछि आफ्ना साथीहरुले पनि नेपाल छाडेको उनी बताउँछन् ।

तर, घले दम्पतिले आफ्नो मातृभूमि भने बिर्सेका छैनन् । नेपालमा गणतन्त्र आएपछि उनीहरु सन् २००७ र २००८ मा नेपाल फर्के । त्यसबेला उनीहरुलाई पूर्वराजपरिवारको स्वामित्वमा रहेको ६ हजार वर्ग मिटर जग्गा किन्ने मौका मिल्यो । लामो छलफल र वार्तापछि उनीहरुले त्यो जग्गामा केही योजना बनाएका छन् । अन्तराष्ट्रिय होटल ग्रुप स्टारउडसँगको २५ वर्षे करार सम्झौतामा त्यस स्थानमा २ सय २५ कोठे पाँचतारे शेराटन होटल बन्नेछ ।

कुनै व्यवसायिक भवन बनाउनुभन्दा होटल स्थापना गर्दा स्थानीय रोजगारी बढ्ने तथा विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने घलेको तर्क छ । यो होटलको लगानी एघार करोड अमेरिकी डलर हुने अनुमान गरिएको छ, जुन नेपालमा वर्षेनी हुने वैदेशिक लगानी १० करोड अमेरिकी डलरभन्दा बढी हो ।

जब तपाई कुनै निश्चित तहमा पुग्नुहुन्छ, तब तपाईलाई आफ्नो मातृदेशका लागि केही गर्ने चाहना हुन्छ । गुरुङ भन्छिन्,(’दैनिक हजारौँ नेपाली विदेशिएका छन्, त्यसैले हामी केही रचनात्मक काम गर्न चाहन्छौँ ।’

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News