HongKongNepali.com, The Next Media

Tuesday
Oct 17th
Home

नेपाली औषधी अफ्रिका निकासी

E-mail Print PDF
AddThis Social Bookmark Button

बिहीबार १७ असोज, २०७०

विज्ञान अधिकारी,काठमाडौं

अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन हुन थालेपछि नेपाली औषधीले अन्तर्राष्ट्रिय बजार पाउन थालेको छ । पछिल्लो समय नेपाली औषधी उद्योगले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको डब्लुएचओ असल उत्पादन अभ्यास ९जिएमपी० गर्न थालेपछि विश्वबजारको ढोका खुलेको हो। 

लोमस फर्मास्युटिकल्सले उत्पादित औषधी अफ्रिकी मुलुकमा निकासी गरेको हो । उद्योगबाट उत्पादित औषधी अहिलेसम्म ४० करोड ९४० लाख डलर०को अफ्रिकी मुलुकमा निकासी गरिसकेको छ । कम्पनीले नाइजेरिया, माडागास्कर र लाइबेरियामा औषधी निकासी गरिसकेको छ ।

हामीले अफ्रिकी मुलुकमा औषधी निकासी गरिरहेका छौं । अफ्रिकी मुलुक औषधीको व्यापक सम्भावना भएको क्षेत्र हो, उद्योग सञ्चालक प्रदीपजंग पाण्डेले बुधबार नागरिकसँग भने, हामीलाई त्यही मुलुकबाट फेरि माग आएको छ । केही समयपछि नै निकासी गर्नेछौं । उनले निकासी भएको औषधीको नाम भने खुलाएनन् ।

सन् १९८६ मा स्थापना भएको यो उद्योग नेपालको प्रमुखमध्येमा पर्छ । सानो स्केलबाट सुरु भएको उद्योगले अहिले नेपाली बजारको १० प्रतिशत हिस्सा ओगटन सफल भइसकेको उनले दाबी गरे । उद्योगले पहिलो चरणमा शान्ति सेनामा खटिएका नेपाली भएको लाइबेरियामा औषधी पठाएको थियो । यो निकासीपछि अन्य अफ्रिकी मुलुक नाइजेरिया र माडागास्करमा औपचारिक रुपमा बजार बनेको हो । पाण्डेले नेपालमा उत्पादित औषधीको विश्वबजारमा माग रहेको बताउँदै निकासीलाई सहजीकरणको आवश्यकता रहेको बताए ।

नेपाललाई ब्रान्डिङ गरेर औषधी निकासीको सम्भावना धेरै छ । हामीले उत्पादनको लागि श्रम लगायतका उचित वातावरण बनाउन सके धेरै विदेशी मुद्रा भिœयाउन सकिन्छ,ु उनले भने, हामी विदेशी बजारको सम्भावनासमेत अध्ययन गरेर अघि बढेका छौं ।

स्वदेशी औषधी विदेश निकासी भए पनि यसमा नेपाल अझै परनिर्भर छ । गत आर्थिक वर्ष २०६९÷०७० मा स्वदेशी औषधीको कारोबार १८ अर्ब पुगेको छ । स्वदेशी औषधीको बजार हिस्सा ५० प्रतिशत पुगेको उत्पादक बताउँछन् । अघिल्लो वर्षको तुलनामा स्वदेशी औषधीको उत्पादन ८ प्रतिशतले बढेको छ । पाण्डेले विस्तारै स्वदेशी उद्योग आत्मनिर्भरतातर्फ उन्मुख भएको जानकारी गराउँदै स्वदेशमै गुणस्तरीय उत्पादन हुन थालेकोले उपभोक्तामा आत्मविश्वाससमेत बढ्दै गएको बताए । अहिले मुलुकमा ४४ वटा औषधी उद्योग सञ्चालनमा छन् ।

स्वदेशी बजारलाई समेत हेर्दै अन्तर्राष्ट्रिय बजारलाई ध्यान दिनुपर्ने आवश्यकता छ । हामीले विदेशी बजार हेर्न सके समग्र उद्योगको विकासमा सघाउ पुग्छ,पाण्डेले भने, स्वदेशमा सबै उद्योगले स्वस्थ प्रतिस्पर्धा गरेर विदेशी बजारमा ध्यान पु¥याउन सके मुलुकलाई फाइदा हुन्छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनामा भारतबाट १२ अर्ब ७ करोड ७२ लाख र तेस्रो मुलुकबाट २ अर्ब ३२ करोड ५८ लाख रुपैयाँको औषधी आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा भारतबाट ९ अर्ब ४३ करोड र तेस्रो मुलुकबाट १ अर्ब ८७ करोड ४० लाख रुपैयाँको औषधी आयात भएको राष्ट्र बैंकको तथ्यांकमा छ ।

औषधी उद्योगमा निजी क्षेत्रको लगानी बढ्दै गएपछि उत्पादन बढेर बजारसमेत बढ्दो छ । अहिले स्वदेशी औषधी उद्योगले ५ हजारभन्दा बढी किसिमका औषधी उत्पादन गरेर बिक्री गरिरहेका छन् । केही औषधी नेपालमा नबन्ने भएकोले विदेशमा भर पर्नुपर्ने अवस्था छ।

औषधी व्यवस्था विभागमा ४६ उद्योग दर्ता भए पनि ४४ उद्योग सञ्चालनमा छन्। विभागका अनुसार यो आर्थिक वर्षभित्र थप २ उद्योग सञ्चालनमा आउने छन्। बजार हिस्सा बढेपछि नयाँ उद्योग थपिने क्रम बढिरहेको विभागले जनाएको छ। नेपाली औषधी सस्तो र गुणस्तरीय भएकाले निर्यातका लागि पनि संगठित रुपमा अघि बढ्नुपर्ने पाण्डे बताउँछन्।

श्रोत: नागरिक न्युज

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News