HongKongNepali.com, The Next Media

Tuesday
May 23rd
Home

मृत्युदण्ड सुनाइएका खालिङको 'ब्लडमनी' रकम उठ्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

श्रोत : कान्तिपुर

आवुधावी अदालतले मृत्युदण्ड सुनाएका अनिशखालिङ राईलाई बचाउन १ करोड रुपैयाँ रकम संकलन भएको छ । खालिङ बचाउ अभियान अन्तर्गत देश-विदेशबाट १ करोड रुपैयाँको 'ब्लडमनी' रकम संकलन भएको हो । अभियान अन्तर्गतको समितिले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । खालिङलाई बचाउन आवश्यक रकम ८६ लाख नेपाली रुपैयाँ अदालतले माग गरेको थियो । 

अवुधावी अदालतले मागेको उक्त रुकम संकलन भएको समितिका संयोजक नारद राईले जानकारी दिए । उनले त्यहाँको सर्वोच्च आदलतमा सो रकम पठाउन सरकारले कुटनीतिक पहल गर्न अनुरोध गरेका छन् । यसैगरी ब्लडमनीबाट बचेको रकम खालिङको परिवारलाई हस्तान्तरण गरिने समितिले जनाएको छ ।समितिको पहलमा खालिङकी श्रीमती रविता र आमा डिकमाया राईलाईलाई स्वदेश तथा विदेशबाट उठेको रकम राष्ट्रियगानका रचनाकार व्याकुलमाइलाले हस्तान्तरण गरेका थिए ।

अनिशलाई सहयोग गर्नेहरुमा संखुवासभा समाज हङकङबाट १८ लाख १९ हजार रुपैयाँ, किरात धर्म तथा साहित्य उत्थान संघ हङकङबाट १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । यसैगरी कुवेत स्थित नेपालीहरुबाट १० लाख, अष्ट्रलियाबाट ५ लाख २२ हजार, बेल्जीयमबाट १ लाख ४२ हजार, झापाली युवा सरोकार समाजबाट १ लाख ७५ हजार रुपौयाँ रकम उठेको छ । यस्तै थुलुङ राई संस्कृति प्रतिष्ठानबाट २० हजार दुईसय र बेलायतबाट राजकुमार राईको पहलबाट १ लाख ५६ हजार रुपैयाँ हस्तान्तरण संकलित रकम हस्तानतरण गरिएको छ ।

संखुवासभा मत्स्यपोखरी ३ निवासी खालिङ वैदेशीक रोजगारीका लागि २ वर्ष अगाडि अवुधावी गएका थिए । उनलाई पाकिस्तानी नागरीक हत्या अभियोगमा त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको थियो ।

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News