HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home

परोपकारी काममा एक अर्ब खर्चिने शेष घलेको घोषणा

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ पुस, काठमाडौं

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले नेपालमा परोपकारी कामका लागि एक अर्ब रुपैयाँ खर्चिने घोषणा गरेका छन् । एमआईटी ग्रुप फाउन्डेसनमार्फत् नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी कोषको घोषणा गरिएको हो । निजी क्षेत्रबाट यति ठूलो परोपकारी कोष घोषणा भएको नेपालमा सम्भवतः यो नै पहिलो हो । बिहीबार काठमाण्डौ आयोजित पत्रकार सम्मेलनमा घले दम्पत्तिले आफ्नो कठिन जीवनयात्रा सुनाउँदै भोलीको पुस्ताले त्यस्तो दुःख खेप्नु नपरोस् भनी सहयोगका लागि बृहत खाकासहित आएको बताए ।‘हाम्रो जीवनकालमा समाजबाट जे पायौं त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्नु पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन ।’ कोषको घोषणा गर्दै संस्थापक घलेले भने ।

यो कोषमार्फत् नेपालका दुर्गम गाउँका बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने र बिद्यालयको भौतिक पूर्वाधारमा समेत सहयोग गर्ने घलेले जानकारी दिए । यसैगरी आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण क्षेत्रका न्यून आय भएका मानिससम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनसमेत यो कोषको रकम खर्च गरिने फाउन्डेसनकी संस्थापक जमुना गुरुङले बताइन् । ‘हामीले आफ्नै नाममा बेग्लै स्कूल वा अस्पताल खोल्न खोजेका हैनौं’ घलेले भने( ‘अहिलेको सरकारी संरचनामा जहाँ-जहाँ अभाव छ, जहाँ सहयोग गर्दा धेरैभन्दा धेरै समुदायले लाभ लिन सक्छ त्यहीँ सहयोग गर्ने हो ।’एमआईटी फाउन्डेसनको स्थापनासँगै काठमाण्डौंमा यसको संरचना निर्माणको कार्य सुरु भएको छ । संरचना निर्माणपछि एमआईटी फाउन्डेसनका बिज्ञ समूहले सहयोग जरुरी रहेका अत्याबश्यक परियोजनाहरुको पहिचान गरी कार्य थाल्ने छ ।

एमआईटीको अभियानलाई अझै बृहत बनाउन रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमालो गर्न चाहेको खण्डमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने संस्थापकद्वय घले र गुरुङले बताए । बिल गेट्स र मेलिन्दा गेट्स फाउन्डेसनको उदाहरण दिँदै उनले घलेले एक तहमा काम सम्पन्न भएपछि सहयोगी संस्थाहरुसँग पनि हातेमालो गरिने बताए । तत्कालका लागि एक अर्ब रुपैयाँको कोष भए पनि भोलीका दिनमा यसको आकार बढाउँदै लैजाने उनले जानकारी दिए ।‘एक अर्ब रुपैयाँ खर्च गर्न त्यति गाह्रो छैन तर, यसलाई लक्षित समुदायमा पुर्‍याएर परिणामुखी काम गर्नु चुनौतीपूर्ण छ’ घलेले भने( ‘यो घोषणासँगै हामीले चुनौती स्वीकार गरेका छौं ।’

करिव दुई दशकदेखि अष्ट्रेलियामा ब्यबसाय गरिरहेका घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङ्समार्फत् शिक्षा, पर्यटन र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुकै लगानीमा केही समयअघि मात्र नेपालमा करिव ८ अर्बर् रुपैयाँको लागतमा शेराटन काठमाण्डौ होटल निर्माण सुरु भइसकेको छ ।

समाचार श्रोत: अनलाइन खबर

 

Add your comment

Your name:
Subject:
Comment: