Home

गजलकार मानन्धरको विवश एल्बम सार्बजनिक

E-mail Print PDF
AddThis Social Bookmark Button

लीलानाथ घिमिरे

काठमाडौं

इजरायलमा बस्दै आएका हरि मानन्धरको एकल रचनामा गजल एल्बम ‘विवश’ लिएर श्रोतामाझ आएका छन् । उनको एल्बमको गायक गायिका र श्रोताहरुको भब्य जमघटबीच साहित्यकार कृष्णहरि बरालले विमोचन गरे । इजरायल गएको ५ बर्षपछि फर्कदा उनी सुमधुर कृति लिएर श्रोतासामु आएका हुन् । उनले प्रवासमा रहँदा देखेका, भोगेका क्षणहरुलाई गजलमा उतारेको बताए । 'पहिले मेरा रचना फेसबुकका भित्ताहरुमा सीमित थिए,’ उनले भने, ‘त्यसलाई साहित्यिक मित्रहरु, गायकगायिका र संगितकारको सहयोगमा एल्बमका रुपमा ल्याएको हुँ ।’

कार्यक्रममा उनको एल्बममा रहेको ‘जे बनायो जिन्दगीले’ बोलको सत्यराज आचार्यले गाएको गजलको म्युजिक भिडियो देखाइएको थियो । त्यसमा गजलकार मानन्धर स्वयंले अभिनय गरेका छन् । उनको संग्रहमा ‘जे बनायो जिन्दगीले,’ ‘हर चिज राम्रो लाग्छ,’‘ छाडेर गएछौ,’ ‘सुन्दरीका पछि लाग्ने,’ ‘आ“शु बगाएर,’ ‘पलपल यादमा’ लगायतका बोलका गजल समेटिएका छन् । ती गजलमा चर्चित गायकहरु सत्यराज आचार्य, स्वरुपरा आचार्य, अन्जु पन्त, शिव परियार, निशा देशार र मनोजराजले स्वर दिएका छन् । सबै गजलमा संगीत गैरे सुरेशको छ ।

कार्यक्रममा गजलकार बरालले विदेशी भूमिमा रह“दा गरिने सिर्जनाले पीडा भुल्न सघाउनुका साथै कृति पनि रहने भएकाले प्रवासमा नेपाली साहित्य फस्टाउ“दै गएको बताए । ‘मानन्धरका गजलहरु प्रवासका प्रतिनिधि रचना हुन्,’ उनले भने, ‘विदेशमा रहेका अरु नेपालीलाई समेत लेखनमा प्रोत्साहन गर्नु आवश्यक छ ।’ अर्का गजलकार

ललिजन रावलले संसार चियाउन आ“खिझ्यालबाटै सकिने बताउ“दै मानन्धरका रचनामा त्यस्तै छनक पाएको बताए । अर्का सर्जक रमेश पौडेलले विश्व साहित्य परिवेशमा इजरायल नेपाली साहित्य सिर्जनामा एक नम्बरमा रहेको बताउ“दै त्यही रहेर कलम चलाउदै आएका मानन्धरको गजल कृति -एल्बम_ निकै खारिएको पाएको बताए । एल्बममा एक,दुई गीत राम्रा राखेर अरु झारा टार्ने परंपरा रहेकामा मानन्धरको एल्बमका ६ वटै गजल एक से एक उत्कृष्ठ रहेको उनले बताए । मानन्धरको एउटा कविता संग्रह समेत प्रकाशित भएको छ । उनले त्यहाबाट नवीन नेपाल डट कम लगायत वेबसाइटसमेत संचालन गर्दै आएका छन् ।

 

 

Latest News