Home

कतारमा मगर संघद्वारा नेपाल ट्रेड यूनियन महासंघका बैदेशिक बिभाग सदस्यसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

महेन्द्र थापामगर

डिसेम्वर ५, दोहा कतार

नेपाल प्रवासी मगर संघ, दोहा कतारले डिसेम्वर २, २०१२ आईतबार दोहास्थित सम्सरा भान्सा घरमा नेपाल ट्रेड यूनियन महासंघका बिदेश बिभागका सदस्य समर थापामगर ज्यूसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गर्‍यो । बरिष्ठ उपाध्यक्ष महेन्द्र थापामगरले कार्यक्रमको सञ्चालन गर्ने क्रममा नेपाल ट्रेड यूनियन महासंघका बिदेश बिभागका सदस्य समर थापामगरज्यूलाई कतारको छोटो बसाईमा पनि मगर संघका सदस्यलाई भेट्ने मौका दिनुभएकोमा संघको तर्फवाट धन्यवाद ब्यक्त गर्नुभयो ।

बिशेष अतिथि तथा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष विनेश तामाङले महासंघको बारेमा जानकारी दिँदै गत वर्ष २०६८ मा भएको राष्ट्रिय जनगणना तथ्याङ्कमा गुरुङ, तामाङ, शेर्पा लगायत हिमालका आदिवासीहरु केही नेवार, थारु र मगरले समेत गरी करिब ३० प्रतिशतले मान्ने बुद्ध धर्मको संख्या ९ प्रतिशत मात्र देखाईनु, करिब ३० प्रतिशतकै हाराहारीमा किराँत, प्रकृति, मुश्लीम, क्रिस्टीयन धर्म मान्ने समुदायहरु भएको अवस्थामा ८१ प्रतिशत भन्दा बढी हिन्दु धर्म मान्ने काल्पनिक संख्या देखाएर, अन्तरिम संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनी गरी सकेको घोषणालाई चुनौती दिँदै जर्बजस्ती नेपाललाई हिन्दु राज्य बनाउन षड्यन्त्र गरेको र नेपाल सरकारले सूचीकृत ५९ आदिवासी जनजातिहरु मध्ये १२ वटा आदिवासी जनजातिहरु सुरेल, लार्के, सियार, थुदाम, ताङबे, मुगाल, मार्फली थकाली, बाह्र गाउँले, तिन गाउँले, बनकरिया, फ्रि, छैरोतनको जनसंख्या उल्लेख नगरेर आदिवासी जनजातिको पहिचानलाई मेटाउने कुचेष्ट गरेकोमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले घोर आपत्ति प्रकट गर्दै २०६८ जनगणना तथ्याङ्का होईन मित्थ्याङ्क हो र यस्तो मित्थ्याङ्क हामीलाई चाहिदैंन भन्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

यसैगरी, प्रमुख आतिथि तथा नेपाल ट्रेड यूनियन महासंघका बिदेश बिभागका सदस्य समर थापामगरले कतारमा भईरहेको अन्र्तराष्ट्रिय मजदुर सम्मेलनमा भाग लिन आउँदा दोहाका श्रमिकहरुसँग प्रत्यक्ष भेटघाट गर्नेक्रममा नेपालका मजदुरहरु नै सबैभन्दा बढी दुःख भोगेको तथ्य बताउँदै बिगतमा उहाँ आफैपनि मजदुर भएकोले प्रवासमा रहँदा आफुले श्रमिक हकहित तथा अधिकारको लागि आवाज उठाएको कुरा बताउनुभयो । कतारको कानुनमा बंधित रहेपनि सम्पूर्ण संघसंस्थाहरु एकजुट भई अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका सभापति तथा संघका केन्द्रिय अध्यक्ष भिम तरामुमगरले मगर संघको गतिबिधीका बारेमा जानकारी दिनुहुँदै दोहाको मजदुरहरुले भोगेका समस्याहरु बाारेमा र नेपाली राजदुतावासबाट कम्तिमा ८०० कतारी रियाल तलव तोकिए पनि नेपालबाट मजदुरहरु अभैmँ पनि ६०० रियाल तलवमा आईरहेको बताउनुभयो । कार्यक्रमको अन्त्यमा, उहाँले नेपाल ट्रेड यूनियन महासंघका बिदेश बिभागका सदस्य समर थापामगरज्यूलाई भेटघाटको अवसर प्रदान गरी श्रमिकहरुको बारेमा जानकारी दिनुभएकोमा धन्यवाद दिनुभयो । साथै, सम्सरा थकाली भान्सा घरका प्रवन्धक हरि पुनलाई बिशेष धन्यवाद दिंदै छोटो भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई समापन गर्नुभयो ।

कार्यक्रममा अतिथिहरु क्रमशः ने.प्र.आ.ज.म. कतारका सल्लाहकार सदस्य दिलकिरण खुजुम, केन्द्रिय समितिका सल्लाहकार प्रकाश आलेमगर, दोहा एरिया समितिका अध्यक्ष केशव रानामगर, सनैयाँ–ए एरिया समितिका का.वा. उपाध्यक्ष मिन वहादुर थापामगर, सनैयाँ–बी एरिया समितिका अध्यक्ष मदन आलेमगर, साथै संघका केन्द्रिय सदस्यहरु लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।

 

Latest News