Home

मगर संघ केन्ट युके को नँया कार्यसमिति गठन

E-mail Print PDF
AddThis Social Bookmark Button

 

 

विजय हितानमगर, युके

१६ डिसेम्बर, डोभर, केन्ट। युके मगर संघ केन्ट शाखाको चौथो साधारणसभा गत शनिबार १५ डिसेम्बर २०१२ को दिन डोभर कम्युनिटी हलमा सम्पन्न भएको छ। उक्त साधारण सभामा अर्को २ बर्षको लागि पुनः भुपु क्याप्टेन पदम आलेकै नेतृत्वमा नयाँ कार्यसमितीको चयन गरिएको छ। नयाँ कार्यसमिति चयन् सुचारु रुपले सन्चालन गर्न भुपु मेजर देब पुनको अध्यक्षतामा चार सदस्यिय निर्वाचन समिति खडा गरिएको थियो।

 

 

पहिलो चरणमा कार्यसमितिका पदाधिकारीहरूले आ-आफ्नो कार्यकालमा निभाएका दायित्वहरूको बारेमा कार्यविवरण प्रस्तुत गरेका थिए। ती विवरणहरु माथि उपस्थित जनमानसद्वारा छलफल गरिएको थियो।

सो छलफल चरण पश्चात अध्यक्ष भुपु क्याप्टेन पदम आलेले तत्कालिन कार्यसमिति बिघटन भएको घोषणा गर्नुभएको थियो। त्यसपछि दिउँसोको खानाको लागि एकैछिन सभा स्थगित गरिएको थियो।

१ आरजीआर का रुद्र थापाद्वारा व्यवस्था गरेको मेसिङ लन्च खाएपछि दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो। दोश्रो चरणमा निर्वाचन समितिले नयाँ कार्यसमिति चयन् गरेको थियो। अर्को दुई बर्षको लागि फेरि पनि भुपु क्याप्टेन पदम आलेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति बन्यो। उपाध्यक्ष उत्तर मगर, सचिव कासिराम राना, सहसचिव गणेश थापा, कोषाध्यक्ष ओम थापा, साँस्कृतिक सचिव मान्दिप जुग्जाली, खेलकुद सचिव लाल पुन लगायत विभिन्न पदहरुमा नयाँ कार्यसमितिमा ३१ सदस्य रहेका छन्।

नयाँ कार्यसमितीको सर्वसम्मत चयन् पछि निर्वाचन समिति सदस्य भुपु क्याप्टेन राम पुन द्वारा सम्पादित विधानका बुँदाहरुमा वृहत छलफल भएको थियो। विशेष गरेर मगर संघ केन्टमा सदस्यता लिने र भैपरी आउँदा उनीहरुले पाउने सुविधामा छल्फल केन्द्रित रहेको थियो। वृहत छलफल पछि विधान सर्वसम्मत पारित गरिएको थियो।

विधान पारित भएपछि नवनिर्वाचित सदस्यहरुलाई निर्वाचन समितिका अध्यक्ष देब पुनले शपथ ग्रहण गराउनु भएको थियो। त्यसपछि उहाँले निर्वाचन समिति भङग गरिएको घोषणा गर्नुभएको थियो।

पुन:निर्बाचित अध्यक्ष भुपु क्याप्टेन पदम आलेले नवनिर्वाचित सदस्य साथीहरूलाई बधाइ दिंदै केन्टमा अवस्थित मगरहरूको अर्को वृहत भेला शनिबार १२ जनवरी २०१३ मा मगरहरूको मुख्य चाड माघे सक्रान्ति भव्यरुपमा मनाउन डोभरको कन्युनिटी हलमा भेटने जानकारि दिँदै सभा अन्त्य भएको जानकारी दिनुभएको थियो। बिहानको ११ बजे देखि सुरु भएको साधारण सभा बेलुकी ७ बजे सकिएको थियो।

 

Latest News