Home

दि हिमालयनको फेरि अर्को शाखा गठन

E-mail Print PDF
AddThis Social Bookmark Button

कमला थापा, नेम थापा

बेलायत,

गत १ जनवरि २०१३ मंगलबारको दिन राष्ट्रिय जनमुक्ति पार्टीको भातृ सङगठन बेलायतको दि हिमालयन अर्गनाईजेशनको भेला बेलायतको रिडिङग् शहरमा अवस्थित द फर्गटन् बिट्शि गोर्खाको हलमा सम्पन्न भएको छ । संगठन बिस्तारको क्रममा उक्त भेलाले यम बहादुर लिम्बुको अध्यक्षता रहने गरी  २१ सदसिय कार्य समिती रिडिङग् शाखा गठन गरेको छ । सो संगठन दि हिमालयन अर्गनाईजेशनको  शाखाको रुपमा रहने छ। 

उक्त कार्यक्रमका बक्ताहरु सङ्गठनका सह सचिब श्री पदम बहादुर गाहाज्यु र संस्थाकी सल्लाहकार तथा राष्ट्रिय जनमुक्ति पार्टीको भगिनी संगठन राष्ट्रिय स्वतन्त्र महिला मोर्चा की पुर्ब केन्द्रिय उपाध्यक्ष कमला थापाज्यु संस्था कि सल्लाहकार गंगा राईज्यु राष्ट्रिय परिषद सदस्य तथा युरोप बिभाग प्रमुख थर्क रानाज्यु संयुक्त भु पु का संयोजक ज्ञान राज राईज्यु पार्टीका केन्द्रिय आर्थिक बिभाग प्रमुख तथा संस्थाका सल्लाहकार केहरसिंह रानाज्यु र रिडिङ् गोर्खा (REBGA) का अध्यक्ष राम गलामीज्यु साथै राजमुपामा संस्थापन काल देखिनै संसक्त रुपमा लागि पर्नु भएका तथा  नेपाल मगर संघ रुपन्देहि जिल्लाको तिन कार्य काल सम्म अधक्षको पद समालि सक्नु भएका  बूटवल निवासि समाजसेवि ईन्द्र बहादुर गलामीज्यु बोल्नु भएको थियो ।

बक्ताहरु बोल्ने क्रममा जनमुक्ति पार्टीको सिद्धान्त भनेको संघियता, स्वात्तता स्वशासन, धर्मनिरेपक्षता र जातिय जन संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व जस्ता हाम्रो माटो,भुगोल र त्यहा बसोबास गर्ने जनतालाई सुहाउदो खालको भएकोले यी सबै मुद्धाहरु आज राष्ट्रिय मुद्धा बन्न पुगे पनि यी मुद्धाहरुलाई संस्थागत गर्न उत्पिडित जाति,बर्ग,क्षेत्र,महिला र मुश्लिम लगायत आम नेपाली जनताहरु राष्ट्रिय जनमुक्ति पार्टीको को झण्डा मुनी गोलबन्द हुनुपर्छ भन्ने कुरामा  जोड दिदै अहिलेको अबस्थामा आदिबासी जनजातिहरु सबै मिलेर एक ढिक्का भएर जाने अब्स्थामा च्याउ उम्रे जस्तै पार्टी खोलेर एक अर्काको खुट्टा तानातान गर्दै जानु भनेको उत्पिडित जाति,बर्ग,क्षेत्र,महिला र मुश्लिमको लागि दुर्भाग्य हुने कुरामा चिन्ता ब्यक्त गर्दै अब एकता बिना अरु बिकल्प नभएको ठहर गरेका छन् ।

सो कार्यक्रम दि हिमालयन अर्गनाइजेसनका अध्यक्ष भरत थापाको अध्यक्षतामा साथै संस्थाका सदस्य टंक मगरज्युको स्वागत र सचिब श्री नारायण किशोर पुनज्युको सञ्चालनमा सम्पन्न भएको थियो।नव गठित अध्यक्ष याम बहादुर लिम्बु ज्युले यस संस्थालाई ससक्त रुपमा लैजानुका साथै रिडिङ शाखाको सम्पुर्ण नेपालीहरुलाइ राष्ट्रिय जनमुक्ति पार्टीको अभियानमा सरीक गराइ एथेस्ट सहयोग र समर्थन जुटाउन भरमुग्ध प्रयास गर्ने प्रतिबद्धता जाहेर् गर्नु भयो।

उक्त नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार रहेको छ । १-अध्यक्ष -श्री याम बहादुर लिम्बु

२-उपाध्यक्ष – श्री रबिश्वर राई

३-उपाध्यक्ष श्री हेम थापा

४-उपाध्यक्ष श्री मती सीता तामाङ्ग

५-सचिब श्री भक्त रोका

६-सह सचिब श्रीमती भानु बुढाथोकी

७-कोषाध्यक्ष-श्री टिका राम थापा

८-सदस्यहरुमा श्री मती माईती माया मगर

९-श्रीमती मनमाया सुनुवार

९-सुश्री मिङ्गमा

{gallery}gallery/news_photo_uk_5_jan_2013{/gallery}

 

Latest News