Home

प्रथम शहीद लखन थापा प्रती राज्यद्वारा विभेद गरिएकोमा जनजाती महासंघका महासचिव आङ्काजी शेर्पाद्वारा रोष प्रकट

E-mail Print PDF
AddThis Social Bookmark Button

चजिन्द्र राना मगर ,लन्डन

९ फेब्रुअरी २०१३ फार्न्बोरो ,यु के

नेपाल आदिवासी जनजाती महासंघ बेलायत र मगर संघ बेलायतको समन्वयतामा १३६ औं प्रथम शहीद लखन थापा स्‍मृति दिवस नेपाल  आदिवासी जनजाती महासंघका महासचिव आङ्काजी शेर्पाको बिशेष उपस्थितिमा फेब्रुअरी ९ ,२०१३ मा बेलायतको शहर फार्न्बोरो मा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमको बिशेष उपस्थिती रहेका महासचिव आङ्काजी शेर्पाले निरन्कुस राणा शासनको बिरुद्धमा नेपाली जनताले भोगेको पिडाको उन्मुक्तिको लागि सेनामा बसेर पनि ससत्र  आन्दोलनको अभियान छेद्ने त्यो शहिद जनजाती मात्र हुन सक्दैन ,त्यो शहीद मगरको मात्र हुन सक्दैन त्यो शहीद नेपालको शहीद हो ,सिङो राष्ट्रको प्रथम शहीद हो भनी उद्द्घघोष गर्दा उपस्थित दर्शक दिर्घाबाट तालिको गद्गगदाहतले हल गुन्जमान भएको थियो ।  अब यो दिवस यु केमा ,अमेरिकामा वा बिस्वोका कुनै पनि मुलुकमा  जनजातिले वा मगरले  मात्र बन्द कोठा भित्र  मनाउने दिवस नभइ  यो नेपाली राजदुतावासले मनाउनु पर्ने उहाको जोद्दार माग रहेको थियो । यदी लखन दिवसलाई   नेपालको राजदुतावासले  महान चाडको रुपमा  मनाउदैन भने नेपालको सिङो आदिवासी जनजातिले राजदुतावास  अगाडि यो दिवस मनाउपर्ने आव्हान गर्नु भयो । देश धर्म निरपेक्ष भई सके पनि राजादुतावासले त्यही एकल हिन्दू सन्स्क्रित्लाई बढवा  दिने दसैं ,तिज जस्ता मा चियापानको आयोजना गर्ने तर जनताको लागि आफ्नो ज्यानको आहुती दिने प्रथम शहिद लखन थापा दिवस भने नमाउने कृयाकलाप प्रती तिव्र बिरोध जनाउदै अव यस्ता  अन्याय र  अत्याचार सहन नसक्ने बताउदै अधिकारको आवाजहरु अब काठमाडौंमा मात्रा होइन यु के मा पनि उठ्नु पर्नेमा जोड दिनु भयो , यो आवाज नेपालको राजदुतावासमा उठाउन हार्दिक अपिल गर्नु भयो। काठमाडौंको  शहीद गेट्मा रहेको  त्रिभुबनको सालीक हटाई  प्रथम शहीद लखन थापाको सालीक  आगामी बर्षको शहीद दिवसमा  राख्ने जिम्मा लिने बताउदै आगामी बर्ष यो कार्य आफुले गरी छाड्ने बचनबद्दता दिनु भयो ।  जनताको मुक्तिको लागी आन्दोलन गर्ने अभियान कर्तालाई गिरफ्तार गरी निशस्त्र  रहेकोमा अवस्थामा गिरफ्तार गरी   झुन्डायिएको  को हुनाले जङबहादुर लाई युद्ध अपराधी  घोषणा गरियोस र जङ बहादुरको मुर्तिहरु तत्काल हताउनु पर्ने माग गर्नु भयो ,त्यस्तै प्रिथिवी नारायण शाहले जबर्जस्ती   नेपालको एकिकरण्को नाममा आदिवासी जनजातिको  पहिचान मेटाउदै  एकल जात ब्राह्मन्बाद एकल भाषा भाषा खस, एकल धर्म हिन्दू लादिने राज्यसत्ताको एकिकरणको अभियानको क्रम्मा कहिले जित्न नसकेको काठमाडौं उप्तयका लगायतका ठाउहरुमा ति निर्दोश नेवारहरु प्रती निक्कै बर्बर्ता पूर्ण तरिकाले नाक कान काट्ने जस्ता निर्दयी कृयाकलाप गरेका प्रिथिवीनारायण शाहलाई पनि युद्ध अपराधी घोषणा गर्नु पर्ने माग गर्नु भयो ।

पृथ्वीनारायण शाहले ,जनजाती ,दलित ,अपाङ्ग ,मधेसी ,महिला ,गरिव बर्ग ,मुस्लिम आदी कसैको पनि प्रतिनिधित्वो गर्न नसक्ने जनाउदै त्यस्ता राजाको जन्म दिवसलाई राष्ट्रिय  एकताको दिवस होइन युद्ध अपराधी घोषित  गरी बहिस्कार गर्न आग्रह गर्नु भयो । ईतिहासमा हामी माथि भएको बिबेध कही कतै उल्लेख नभएकोले आदिवासी जनजातिहरुका युवा बिद्यार्थी महिला आदी आफ्नो अधिकारको लागि आन्दोलित हुन नसकेको जिकिर गर्दै अब सबैले आफ्नो छोरा छोरी दाजु भाई दिदी बहिनी सबैलाई हामी माथि भएको अन्याय र अत्याचारको बारे जानकारी दिनु पर्ने बताउदै यस्मा आदिवासी जनजाती युबाहरु अनभिग रहनु उनी हरुको दोष  नभै राज्यसत्ताले ईतिहासका पानामा अन्याय र अत्याचारको बारे कही कतै पाठ्यपुस्तकमा उल्लेख नगरिनु,कुनै चिनो वा ईतिहासको पानामा शाशक जातिले लुकाउनु जस्ता बिबिध कारण औल्याउनु हुँदै ,शासक जातिले लेखेको ईतिहास उत्पिडन्मा  परेका जाती समुदायको बारेमा हुन नसक्ने ठोकुवा गर्नु भयो ।  बाङिगएको  ईतिहास सच्चाउने अभियान  शहीद लखन थापा दिवसको महान पर्वको  दिन देखी नै सुरु गर्नु पर्ने बताउदै नेपाली राजादुतावासले शहीद लखन थापा दिवस मनाउन सुरु गर्नु पर्नेमा जोड दिनु भयो  । हिन्दूको दसैंमा जलपान कार्यक्रम गर्ने राजादुतावसले प्रथम शाहीद लखन थापा दिवस किन मनाउन सक्द्दैन प्र्श्न गर्नु भयो त्यती मात्रा नभएर आदिवासी जनजाती दिवस जनजातिले चन्दा उठाएर  मनाउने गरेकोमा यो दिवस राज्यले मनाउनु पर्ने बताउदै अब देखी राजदुतावासद्वारा  मनाउन सुरु गरियोस  भनी आग्रह गर्नु भयो ।

जनजाती माथि विवेधै विवेध रहेको बताउदै नेपाल निर्माणको क्रममा ईतिहासमा धेरै जनजाती हरुले शहीद लखन थापाले जस्तै  बलिदान दिए , राम्ली हाङ राइ,शुकदेव गुरुङ ,बुद्ध सिङ राना मगर ,जयसिङ् चुमी मगर जस्ता कयौ शहीदहरुलाई राज्यले व्यवस्था गरेको प्रती जुझारु भएर आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो।  नेपालको प्रत्यक क्रान्तिमा आदिवासी जनजाती ,महिला, दलित,मुस्लिम आदिको ठुलो योग्दान रहेको बताउदै चाहे त्यो २००७ सालको क्रान्ति होस् या १७ सालको क्रान्ति होस् या २०४७ सालको आन्दोलन होस् या माओवादीको कथित जनयुद्ध होस या २०६२र२०६३ को जन आन्दोलन होस् यि प्रत्यक क्रान्तिको अग्र पन्क्तिमा बन्दुक बोकेरमुक्तिका लागि गोली शहर्ष  थाप्ने जनजाती ,दलित, महिला , मुस्लिम रहे पनि  प्र्त्यक क्रान्तिको सफलतामा पछी उनिहरु कहिले सत्तामा पुगेनन,२००७ को क्रान्ति सफल भो राजानै  सिहासन्मा बसे १७ सालको क्रान्ति सफल भो उही राजाको हातमा शाशन सत्ता गयो २०४७ सालको  क्रान्तिमा सफल भो  गिरिजा  कोइराला नमरुन्जेल प्रधान मन्त्री बने,२०६३र२०६२को क्रान्ति सफल भयो दुई दुई ठाउमा हारेको जनताले बहिस्कार गरेको माधव कुमार नेपाल  प्रधान मन्त्री बने , माओवादी जनयुद्ध सफल भो बाबुराम र प्रचन्ड दाहाल प्रधान मन्त्री भए र अहिले मोहन बैध पोखरेल प्रधानमन्त्री हुन तयार रहेको बताउदै जनजाती ,दलित ,महिला ,मुस्लिम अपाङ्ग ,उत्पिडन्मा परेका जाती ,समुदायको अवस्थामा अहिले पनि जहानिया राणा शासनको अवस्था भन्दा फरक नरहेको बताउनु हुँदै अन्याय गर्नु पाप हो भने अन्याय सहनु महापाप हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै त्यस महापाप बाट मुक्ती पाउन अब हामी चुप लागेर नबसी त्यो बिबेधको बिरुद्ध शहीद लखन थापाको आन्दोलन बाट प्रेरणा लिएर बिद्रोहको आवाजको बिगुल यु के मा रहेका प्रत्यक  जनजातिको घरको झ्याल झ्यालबाट त्यो बिगुल फुक्नु पर्ने जनाउनु भयो भने  यु केमा रहेका बेलायती सेनामा रहनु भएका कोही मेजर, कोही क्याप्टेन,कोही सार्जन्त ,कोही जवान हुनु हुन्छ सबै सँग युद्ध कौसलताको ज्ञान भएकाले  सहिद लखन थापाले बन्दुक सन्कलन गरेर अन्यायको  बिरुद्ध् लद्न सके भने  युके मा रहेका गोर्खाली हरु  युकेको बन्दुक किनेर अधिकारको लागि बिद्रोह गर्न सक्नु पर्ने  पर्नेकुरामा जोड दिनु भयो ।

धारा प्रभाहरुप्मा बोल्नु हुने प्रखर वक्ता आङ्काजी शेर्पाले आफ्नो झन्डै दुई घण्टाको समयमा नेपालको ईतिहास ,आदिवासी जनजातिका अधिकार  र आन्दोलन  , नेपालको राजनीतिक घत्नाक्रम हरुको सतिक व्याक्खा गर्नु हुँदै पछील्लो चरणमा  उहामाथि लागेको आरोपको खन्डन गर्दै एकात्मक ब्राह्मन्बादी मिडियाले आदिवासी जनजाती को बद्धो सचेतनामा बाधा पुर्याउन मनगढन्ते कुरा  प्रचार प्रसार गरेको आरोप लगाउनु भयो भने  आदिवासी आन्दोलन लाई बिथोल्न प्रयोग हुने यस्ता  दुस्प्रयासहरु  प्रती सबै सचेत हुन आग्रह गर्नु भयो ।  करीव २० बर्ष  हङकङमा काम गर्दा कमाएको पैसा र व्यापार  व्यवसायबाट आम्दानी गरेको रकमले काठमाडौंमा  त्यती खेर किनेको जग्गा अहिले  बेची त्यही  पैसाले समाज सेवामा खरचेको  र त्यतिले नपुगेर अहिले आफ्नो सोलुको पुर्खेउली जग्गा समेट बेच्नु परेको  कुरा अवगत गराउदै आफुले बिदेश बाट कसैसँग पैसा नउठाएको र आफ्नै खर्चमा बिदेश भर्मन गरिरहेको पनि जानकारी दिनु भयो ।

कार्यक्रम्को सुरुवात शहिद लखन थापाको तस्बिरलाई दिप प्रज्वोलन गरी सोक धुन सँगै प्रथम शहीद प्रती भावपूर्ण  श्रद्दान्जली अर्पन गर्दै एक मिनेट मौन धारन गरी  गरिएको थियो भने  नेपालको राष्ट्रिय गान र आदिवासी गान गायिएको थियो । कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदुत डा।  सुरेश चन्द्र चालिसेले आफुले शहीद लखन थापा दिवसमा गत बर्षहरुमा उपस्थित हुँदा मगर संघले मात्र आयोजना नगरी सम्पूर्ण नेपालीले आयो जना गर्नु पर्ने कुरामा जोड दिदै आएको र अहिले आदिवासी जनजाती महासंघले तत्परता देखाएकोमा खुशी व्यक्त गर्दै आदिवासी जनजाती महासंघ बेलायतका अध्यक्ष श्री लिम्बुको हाटबाट  प्रथम शहीद लखन थापालाई नेपाल सरकारले तुरुन्तै नेपालको प्रथम शहीद घोषणा गरोस भन्ने ज्ञापन पत्र बुझ्दै तुरुन्तै उक्त ज्ञापनपत्र नेपाल सरकार समक्क्ष पठाउने जानकारी गराउनु भयो ।

कार्यक्रमको सन्चालन आदिवासी जनजाती महासंघ बेलायतका महासचिव नरेश काङ्माङ राइले गर्नु भएको थियो भने प्रथम शहीद लखन थापा बारे कवी ,समाजसेवी तथा बातावरणविद  बिजय हितान मगर ले प्रकाश पार्नु भएको थियो ।  कार्यक्रममा मगर संघ युका अध्यक्ष मेजर रि ।कुल बहादुर थापा ,आदिवासी जनजाती महासंघका बेलायतका अध्यक्ष श्री लिम्बु ,आदिवासी जनजाती महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापा ,आदिवासी जनजाती महासंघ बेलायतका संस्थापक अध्यक्ष तथा राष्ट्रिय जनमुक्ती युरोप शाखाका प्रमुख थर्क राना ,आदिवासी जनजाती महासंघ बेलायतकी भु पु उपाद्क्ष्य गंगा देवी राइ, शेर्पा संघ बेलायतका महासचिव योङ केदुङ ,तमु धि यु के का उपाद्क्ष्य ज्ञान गुरुङ ,संघिय लिम्बुवान्का लोकेन्द्र तनेबु , संघीय समाजवाबादी बेलायतका भगवान चाम्लिङ ,छ्यन्तल समाजका तुल छञ्ताल ,यु बि जि यन का ज्ञान राज राइ ,आदिवासी जनजाती महासंघका सलाहकार  डा चैतन्य सुब्बा , दुरा समाजका कर्ण दुरा गेसोका भक्त बहादुर गुरुङ ,बी गेसोका राम नारायण कङ्दङ्वा ,आदिवासी जनजाती महासंघ बेलायतका सल्लाहकार चन्दिराज राइ लगायले प्रथम शहीद प्रती श्रदान्जली अर्पित गर्दै आ (आफ्नो मन्त्व्य व्यक्तगर्नु भएको थियो । मन्तव्य को क्रममा शहीद कुनै जाती ,धर्म, समुदाय बिशेषको नभै सम्पूर्ण नेपाली  जनताको , देशको  भएकोले सम्पूर्ण नेपालीले आगामी दिनमा  मनाउनु पर्नेमा  दिनु भएको थियो  भने राज्यले शहीद शब्दको नै अवमुल्यन हुने गरी कुनै दलको कार्यकर्ता झदपमा परी मरेको ,कुनै दलको चन्दा सन्कलन गर्न पालिएको गुण्डा मर्दा पनि   आँखा चिम्लेर शहीद घोषणा गर्दै अहिले १० लाख शहीद्को सुची पुगी सकेको त्यतिले मात्रा नपुगेर जिउदै मान्छेलाई पनि जिउदा शहीद भन्दै घोषणा गर्ने तर सच्चा शहीद लखन थापा जस्ता  माथि अझ पनि राज्यले जातिय  विवेध गरी शहीद दिवसमा  एक शब्द खर्चनु नसक्नु आदी वासी जनजाती माथिको एकात्मक  ब्राह्मान्बादी चिन्तन्को उपज  भएको ठहर गरिएको थियो ।

उक्त अवसरमा कवी हेम सेठले शहिद लखन थापाप्रती समर्पित भएर लखन तिमी प्रथम शहीद हौ भन्ने कविता वाचन गर्नु भएको थियो  भने अर्का कवी देवेन्द्र थेवेले शहीद प्रती श्रदान्जली व्यक्त कबिता वाचन गर्नु भएको थियो ।कार्यक्रम्को समापन  आदिवासी जनजाती महासंघका अध्यक्ष  श्री लिम्बुले गर्नु भएको थियो ।

वि .स. १८९१ ९ई स १८३४ ०हालको गोरखा जिल्ला ,बुङ्कोट ४ को काहुले भङगारमा जन्मेका नेपालका  प्रथम शहीद लाखन थापा मगरले वि। स। १९२७  मा जङ बहादुर राणाको निरन्कुस ,हुकुमी जहानिय तथा एकतन्त्रिय शासन बिरुद्ध शशस्त्र  बिद्रोह गरेका थिए । नेपालको ईतिहासमा तानाशाही शासनको बिरुद्ध यो पहिलो शसत्र बिद्रोह थियो ।

शोषित ,पीडित ,उत्पीडिन्मा पारीएका जनताको स्वोतन्त्रतता को लागि शशस्त्र बिद्रोह गर्दा गर्दै वि स १९३३९ई स १८७६ ०मा फाल्गुन २ गते दिन राणा शासनको विरुद्ध शसत्र  बिद्रोह गरेको  आरोप लगाई बुङ्कोट्कोमा उन्कै घर अगाडि  खिर्राको रुखमा झुन्दाई मारिएको थियो ।यसरी जनताको खुशीको लागि हासी हासी ज्यानको आहुती दिने महान शहीद लखन थापालाई शहीद घोषणा गराउन पनि उनले शहादत प्राप्त गरेको झन्दै १ सय २३ बर्ष लागेको थियो , व्यापक जनदबाब पछी  शहीद घोषणा गरेपनी उनी प्रती राज्यले वेवास्ता गर्दै आएको छ । यसरी सरकारी उदासिनताको वावुजित पनि नेपाली जनताले उनको योगदानको कदर गर्दै हरेक बर्ष फाल्गुन २ गतेको दिन नेपाल लगायत बिस्वोका भिविन्न मुलकमा उनको स्‍मृति दिवस मनाउदै आईरहेकोमा बेलायतमा पनि मगर संघ यु केले  प्रत्यक बर्ष प्रथम शहीद  लखन थापा  दिवस र लखन कप  आयोजना गर्दै आईरहेकोमा यो बर्ष नेपाल  आदिवासी जनजाती महासंघ यु के र मगर संघ युकेले संयुक्त रुपमा आयोजना गरेको छ ।

{gallery}gallery/news_photo_pratham_sahid_lakhan_thapa_uk_2013{/gallery}

 

 

Latest News