Home

मलेसियामा आदिवासि जनजाति महासंघको प्रथम महाधिवेशन भब्य सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

सुन्दर आले,मलेसिया

नेपाल आदिवासि जनजाति महासंघ मलेसियाको  प्रथम ऐतिहासिक महाधिवेशनले सुन्दर आलेको अध्यक्षतामा २५ सदस्सीय कार्यसमितिको चयन गरेको छ ।आईतवारका दिन क्वालालम्पुरमा रहेको होटल फाईभ इलामेण्टमा भएको महाधिवेशनले उपाध्यक्षमा हेमराज लिम्वू, लोक राई, देव वाईवा तामाङ, अगम तमूलाई चयन गरेको छ भने महिलाको एक स्थान रिक्त राखिएको छ . यसैगरी अधिवेशनले महासचिवमा जीवन देवान गाँउले, सचिवमा राम अस्लामी मगर र अमृत थाङदेन रहनु भएको छ भने कोषाध्यक्षमा शेर वहादुर तामाङलाई चयन गरिएको छ । 

यसैगरी सदस्यहरुमा राज कुमार तेयुङ,जाङवु शेर्पा, रविलाल ताजपुरिया,  तेजिङ शेर्पा, दिलिप तमु, आन्जिता तमुस्यो, केश तमु, वाम तामाङ, रुपेश लोप्चन, राजेश लामिछाने मगर, नम्रता तामाङ, निमा शेर्पा, सलिना थापा मगर, भिम तामाङ र विन्दु दर्लामि रहनु भएको छ । उक्त नवगठित समितिका पदाधिकारीहरुलाई नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । महाधिवेशन तयारी समितिका सुयोजक सुन्दर आलेका सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा रहनु भएको थियो । अधिवेशनको उदघाटन गर्दे महासचिव शेर्पाले आदीवासी कस्लाई भनिन्छ, संघियता भनेको के हो र नेपालमा संघिएताको आवश्यकता लगाएत विभिन्न विषयमा मनतव्य दिदै व्रामणवादि सोच भएकाहरुले शासन सत्ता चलाईरहेकाले आदिवासी जनजातिहरु पछाडिपरेको वताउनु भयो . आफुहरुले जातिय पहिचान सहितको संघिय संविधानको पक्षमा वकालत गरिरहेको वताउनु भयो ।कार्यक्रममा आदिवासी जनजाति महिला महासंघका अध्यक्ष ङिमि शेर्पाले आदिवासीहरु भित्र पनि महिलाहरु पछाडि परेकाले आफना हक अधिकार लिनको लागि सवै एक हुनुपर्नेमा जोड दिनु भयो ।

महाधिवेशनमा विश्व शान्तिको कामना गर्दे विश्व शान्ति यात्रामा निस्ःिकएका भिक्षु मगर, राष्ट्रिय जनमुक्ति पार्टिका मलेसियाका अध्यक्ष मनिराई गोठाले, गैर आवासीय नेपाली संघका महासचिव विश्व राई, पत्रकार कोपिला गौतम, प्रवासी तामाङ एकता समाजका मलेसियाका अध्यक्ष वाम तामाङ, प्रवासि मगर संघका महासचिव राम अस्लामी मगर, किरात याक्थुम चुम्लुङका अमृत थाङदेनले शुभकामना ब्यक्त गर्नुभएको थियो 

अधिवेशन तयारी समतिका सदस्ःय तथा तमु समाज मलेसियाका सचिव केश तमुको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संञ्चालन किरात राई यायोख्याका जीवन देवान गाउँलले गर्नुभएको थियो ।महाधिवेशनमा विभिन्न जातिय पहिचान झल्कने साँःकृतिक कार्यक्रम पस्तुत गर्नुका साथै महाधिवेशन सम्पन्न पार्न सहयोग पु¥याउनेहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा मलेसियाको विभिन्न क्ष्ोत्रका प्रतिनीधिहरुको उपस्थित रहेको थियो ।

{gallery}gallery/news_photo_sundar_ale_19_3_2013{/gallery}

 

Latest News