Home

युएर्इको सारजाह एयरपोर्टमा दलालको शिकारबाट अलपत्र युवाहरूको सकुसल उद्धार

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर,

यूएई

रोजगारीको राम्रो गन्तव्य मानियको मुलुक युएइमा भिजिट भिसामा जाँदा एजेन्टहरुले धेरै कमाउन सकिन्छ भनी ठूला सपनाहरु देखाएका कारण धेरै नेपालीहरुले दलालको फन्दामा परेका समाचारहरू आजभोली संचार माध्यमहरूमा छ्याप्त छ्याप्ती भेटिरहेका छन् । भिजिट भिसामा यहाँ आई काम खोजेर राम्रै कमाएका धेरै नेपालीहरु यहाँ छन् । तर, पछिल्लो समयमा उपयुक्त कामको अभावमा धेरै नेपालीहरु तनावमा त छन् नै कतिपय दलालको फन्दामा परि ठगियर नेपाल फिर्ता भयका छन्।

नेपालगन्ज स्थायी घर बताएका राजकुमार शर्मा भन्ने व्यक्तिले यस्तै सुनौलो सपना देखाइ कास्कीका आठ युवाहरूलाइ यसरि नै भिजीट भिषामा युएइ ल्यायर बिचल्लि पारेको समाचार हामीलाइ प्राप्त भयको छ । यहाँ आउनुभन्दा पहिला नेपालमा नै प्रति व्यक्ति एक लाख रूपैयाका दरले रकम बुझाएका उनिहरूलाइ यहाँ आयको केहि दिनपछि रोजगार भिषाका लागि देश बाहिरिनुपर्ने कारण देखाइ युएइको सारजाह एयरपोर्टमा पठायर, उनिहरूसँग प्रति व्यक्ति एक हजार अमेरिकन डलर थप असुल गरि हाल सम्पर्कमा नरहेको पिडीत मध्येका कास्की लाहाचोकका गणेश प्रसाद अधिकारी तथा अर्जुन अधिकारीले बतायका छन्।

रोजगार भिषा लाग्न ढिला हुने कारण देखाइ उनिहरूको साथमा रहेको एयर इन्डियाको उडान छुटाउन जानकारि दिइ त्यसको केहि दिनमा आफु सम्पर्कमा नरही उक्त व्यक्ति फरार भयको कुरा पिडीतहरूले बताएको जानकारी कास्की लाहाचोक स्थायी घर भइ विगत केहि वर्ष देखि दुबइलाइ कर्मथलो बनाउँदै आयका उद्दारकर्ता पुष्पराज अधिकारी ले हामीलाइ दिनुभयो । उहाँका अनुसार गाउँले दाजुभाइहरूले सारजाह एयरपोर्टबाट फोन मार्फत आफुहरू ठगियको कुरा जानकारी गराइ उद्दारका लागि पहलका लागि अनुरोध गरेका थिय। जस अनुसार उहाँ पुष्पराज अधिकारीको विशेष पहलमा नै पिडीतहरूको उद्दार गरि हाल नेपाल फिर्ता गरियको छ साथै उक्त दलाल राजकुमार शर्माको खोजि कार्यका लागि स्थानिय प्रशासन र नेपाली दुतावासमा पनि जानकारि गराइएको छ । स्मरण रहोस् अधिकारी युएइमा कृयाशिल कस्केलीहरूको सँस्था कास्की आदर्श सेवा समाजका कोषाध्यक्ष पनि हुनुहुन्छ । उहाँका अनुसार अरू तिस जनाको टोलि पनि भिजीट भिषामा दलाल मार्फत युएइ आउने तयारिमा रहेको पिडीतहरूले आफुलाइ फोन मार्फत जानकारी गरायको कुरा व्यक्त गर्दै तिस जनाको टोलीलाइ ठगिबाट बच्नका लागि सचेत रहन आग्रह गर्नुभयको छ साथै देशमा रहेको विषम परिस्थीतीले गर्दा युवाहरू लगानिको जोखिम नै मोलेर भय पनि विदेशीन लालायित हुने कुराको जिकीर गर्दै अधिकारीले यस्ता दलालहरूको पछि नलाग्नका लागि सबैलाइ आग्रह पनि गर्नु भयको छ ।

यसैगरि उक्त समाचारलाइ उदृत गर्दै कास्की आदर्श सेवा समाज युएइले एक विज्ञप्तीका साथमा युएइमा भिजीटमा आउनुपुर्व सबै कुराहरूको यथार्थ बुझेर मात्रै भिजीटमा आउनुहुन सम्बन्धित सबैलाइ अनुरोध गर्दै उक्त राजकुमार शर्मा नाम रहेको फरार दलाललाइ खोजीका लागि सँस्थाका पदाधिकारी तथा सदस्यहरू लगायत युएइमा कार्यरत समस्त नेपालीहरूमा आहुवान गरेको छ ।

 

Latest News