Home

मगर संघ मलेसियाको नीति तथा कार्यक्रम सार्वजनिक

E-mail Print PDF
AddThis Social Bookmark Button
नेत्रबिक्रम बिमली
क्वालालम्पुर   जनवरी, ५     

क्वालालम्पुर कोतारायास्थित द गोर्खाज रेष्टुरेण्टको हलमा मगर संघले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कार्यक्रम, नीति तथा भावी योजना बारे जानकारी गराएको छ । मगर संघका अध्यक्ष खुम राना मगरको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा मलेसियाबाट प्रकाशित विभिन्न पत्रिकाका तथा अनलाईन पत्रकारहरुको उपस्थिति रहेका थिए ।

मगर संघका प्रवक्ता सुन्दर आले मगरले पत्रकार सम्मेलन बारे जानकारी गराउँदै कार्यपत्र प्रस्तुत गरेका थिए । मगर संघको उद्देश्य, परिचय, सामाजिक कार्यहरु, भावी योजना, हालसम्म गरेका समाजिक कार्यहरु, साथै चाईनिच न्यू इयरको अवसरमा प्रदर्शन गर्न लागेको मगर भाषाको चलचित्र 'चिन्डयाक' चिनारीको बारेमा उपस्थित पत्रकारहरुलाई जानकारी गराएका थिए।

सोही अवसरमा विभिन्न घटनामा दुर्घटना परेका पीडितहरुलाई सहयोग गर्दै आएको कुरा पनि जानकारी गराए, बल्ड क्यान्सर पीडित समीक्षा थापालाई एक लाख रुपैयां, मृगौला पीडित धनकुटाकी कल्पना आले मगरलाई ४० हजार २ सय ४२ रुपैयाँ र साहआलाम इकाई कमिटिका कोषाध्यक्ष रमेश थापा मगरलाई आरएम १ हजार ८० सहयोग गरीसकेका कुरा पनि जानकारी गराए ।

उक्त सम्मेलनमा पत्रकारहरुबाट सोधिएको प्रश्नको जवाफ दिदै संघका अध्यक्ष खुम रानाले हाम्रो संगठन कुनै पनि राजनीतिसँग आवद्ध नभई विशुद्ध सामाजिक कार्यमा तल्लीन रहेको कुरा व्यक्त गर्नु भयो । केही समय अगाडि यहीबाट प्रकाशित केही पत्रिकाले संघबारे उब्जाएको प्रश्न माथि प्रति उत्तर दिदै कुनै पनि पत्रिका तथा पत्रकारहरुले नबुझिकन नलेखी दिनहुन अनुरोध गर्नु भएको थियो । उक्त कार्यक्रमा संघका विभिन्न क्षेत्रीय कमिटी तथा इकाई कमिटिबाट प्रतिनिधहिरुको उपस्थिति रहेको थियो, भने  कार्यक्रमको संचालन सूर्य आले मगर ले गर्नु भएको थियो ।
 

Latest News