Home

कतारमा १३९औं प्रथम शहिद क्या. लखन थापा मगर दिवस सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

पुरुषोत्तम सुनुवार

दोहा कतार

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतार र नेपाल मगर संघ, शाखाकतारको संयुक्त आयोजनामा नेपालका प्रथम शहिद क्या. लखन थापामगरको १३९औ स्मृति दिवस २०१६ हिजो १९ फेबु्रअरी शुक्रवार का दिन कतारको टपर्फम रेष्टुरेण्टमा सम्पन्न भयो ।

महासंघ, कतारका अध्यक्ष सियाराम चौधरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघ, कतारका सल्लाकार सदस्य श्री शुक बहादुर तामाङको प्रमुख अतिथ्यमा, बिशेष अतिथिहरुमा एन.आर.एन.(आइ.सि.सि) कतारका सदस्य हंस राज ढकाल , एन.आर.एन (एन.सि.सि) कतारका अध्यक्ष बिनेश तामाङ, र नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो । भने अन्य अतिथीहरुमा नेपाल प्रवासी आदिवासी  जनजाती महासंघ कतारमा आबद्ध मातृ संस्थाहरु, नेपाली महिला समाज, दोहामा रहेका विभिन्न पार्टीका बैचारिक संस्थाहरु, कतारमा रहेका, जिल्ला बासी संस्थाहरु , धर्मिक संस्थाहरु, जातीय संस्थाहरु रहेका थिए । भने कार्यक्रममा कतारवासी सहभागी नेपाली समुदायको वाक्लो उपस्थित थियो भने महासंघका महासचिव पुरुषोत्तम सुनुवारले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले द्धिप प्रज्वलन पछि, देशको सम्झनामा राष्ट्रिय गान, प्रथम शहिद लखन थापामगरको बिशेष सम्झना र बिभिन्नकाल खण्डमा राष्ट्रको निम्ति शाहादात प्राप्त गरेका शहिदहरुको सम्झनामा १ मिनट मौनधारण गर्दै शहिद थामामगरको फोटोमा माल्र्यापण गरी उपस्थित सवैजनाले पूmल माला, अक्षेता, अविरले गरिएको थियो । स्मृति दिवसमा  उपस्थितरहनु भएकाहरुलाई कार्यक्रमको वारेमा जानकारी संयोजक लिलम्वर  चिदिमगरले स्वागत मन्तब्यद्धारा प्रष्ट पार्नु भएको थियो ।

प्रथम शहिद लखन थापामगरको वारेमा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले तैयार पार्नुभएको जिवनी पढेर सुनाउनु भएको थियो । मगर संघ, कतारले उठाएका मागहरुमा प्रथम शहीद क्या. लखन थापामगरलाई राष्ट्रिय बिभूति घोषणा गरिनु पर्ने,  प्रथम शहीदले शहादत प्राप्त गरेको दिन फागुन २ गतेलाई शहीद दिवस घोषणा गरी उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने,  शहीदको परिवारलाई पुर्नस्थापित तथा क्षतिपूर्तिको ब्यवस्था राज्यबाट हुनु पर्ने , प्रथम शहीद क्या. लखन थापामगर बारे अध्ययन अनुसन्धानका लागि नेपाल सरकारबाट प्रथम शहीद क्या. लखन थापा मगर स्मृति प्रतिष्ठान गठन गरिनु पर्ने , बिद्यालय तथा क्याम्पसका पाठ्यक्रममा प्रथम शहीद क्या.लखन थापा मगर सम्बन्धी बिषयबस्तु अनिवार्य समावेश हुनु पर्ने ,  काठमाण्डौंको शहीद गेट र शहिद पार्कमा प्रथम शहिद क्या. लखन थापामगरको शालिक प्रतिस्थापन गरिनु पर्ने , उहांले शहादत प्राप्त गरेको स्थान (गोरखा जिल्लाको बुङ्कोट काहुले भंगार) मा प्रथम शहीद क्या. लखन थापामगर स्मृति पार्क तथा संग्राहलयको निर्माण  गरिनु पर्ने जस्ता मागहरुको जानकारी गराउनु भएको थियो ।

नेपाल सरकारले राज्यको तर्फ बाट १३९ बर्ष पछि ०३ असोज २०७२ सालमा क्या. लखनथापामगर लाई प्रथम शहिद घोषणा गरेको अवस्था छ । क्याप्टेन लखनथापामगरले जहांनिया राणा शासनको बिरुद्धमा नेपालीजनता र नेपालको स्वतन्त्रताको लागी सैनिकबिद्रोह मार्फत आजभन्दा १३९ बर्ष अगाडी देखिनै प्रजातन्त्रका लागी आवाज उठाएका थिए । निरङ्कुस जहाँनिया राणाशासनको बिरोधमा स्वतन्त्रताको लागी नेपालमा पहिलो आवाज उठाएकै हुनाले तत्कालीन जंगबहादुर राणाको ठाडो आदेसमा बि.सं. १९३३ फागुन ०२ गते गोर्खा जिल्लाको बुङ्कोटमा (मृत्युदण्ड) झुण्डाएर मारिएको थियो ।

यस दिवस सम्वन्धि कतारको हकमा कुरा गर्नु पर्दा बिगततिनबर्ष देखी नै लखन थापामगरलाई प्रथम शहिद घोषणा गरियोस भन्ने आवाजका साथमनाउदै आइएको थियो कार्यक्रममा बक्ताहरुले राष्ट्रिय बिभुति घोषण गरियोस र फागुन दुई गते सरकारको तर्फबाट सरकारी बिदाको माग सहित आह्वान गरिएको थियो । राजनितिक दलका बक्ताहरुले पनि उठाएका मुद्दाहरुलाई आत्म साथ गर्दै बुलन्द रुपमा आवाज उठाउने र आउने दिनहरुमा कुनै जाति र समुदाएले मात्र नभएर सम्पूर्ण संस्थाहरुको तर्फबाट एकैछत्तमा भई कार्यक्रम गर्न सकिएमा उत्तम हुने धारणा ब्यक्त प्रकट गरेका थिए ।

{gallery}gallery/sahid_lakhan_thapa_news_quatar_2016{/gallery}

 

 

 

Latest News