Home

युएर्इमा कार्यरत रहि सम्पर्क बिहीन युवकको खोजीका लागी समिती गठन

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर,

दुबई

वैदेशिक रोजगारीका लागि भनेर बिगत दश वर्ष अघि कास्की जिल्ला साबिक हेमजा गाविस वडा नं ६, हाल पोखरा उपमहानगरपालिका वडा नं २९ वाँस्कोट चोक स्थायी घर भएका वर्ष ३० का शिव कुमार भण्डारी बिगत आठ वर्ष देखि घरपरिवारको सम्पर्क बाहिर रहेको जानकारी प्राप्त भएको छ।

युएइमा रहेको कस्केलीहरूको एकमात्र संस्था कास्की आदर्श सेवा समाज, युएर्इले नेपाली राजदुतावास अबुधावी युएइलाइ प्राप्त साविक हेमजा गाविसको २०७१/३/४ मिती रहेको चलानी नं ३०४०/०७०/०७१ को पत्रानुसार गृह जिल्लाबाट रोजगारीका लागी युएइमा आयर सम्पर्क बिहीन भएका निज भण्डारीको खोज तलास कार्य तिव्रताका लागी समिती गठन गरेको छ । समाजको गत फ्रेब्रुअरी १९, शुक्रबारका दिन सम्पन्न दोश्रो वार्षिकोत्सव समारोहका दिन समाजका संरक्षक श्री कृष्ण बहादुर ढकालको संयोजकत्वमा उक्त खोजतलास समिती गठन गर्ने निर्णय गरि उक्त दिनबाट नै खोज तलास अभियानलाइ तिब्रत दिइएको छ ।

विगत दश वर्ष अघि यूएइको दुवइ स्थित अल नासर (Al Nasar) कम्पनीमा कन्टिनेन्टल कुकको रूपमा यूएइ प्रवेश गरेका भण्डारी नेपाल स्थित न्यु स्टार ओभरसिज प्राली मार्फत युएइ आएका थिए । युएइ प्रवेश सँगै 00971506301643 सम्पर्क मोबाइल नं प्रयोग गर्ने गरेका भण्डारी शुरूका दुइ वर्षमा घरपरिवार सँग सम्पर्कमा रहेका भए पनि त्यसपछि सम्पर्क बिहीन भएकाले खोज तलासी कार्यका लागि भण्डारीका बुबा धर्मराज भण्डारीले पटक पटक गरि विभिन्न निकायमा खोजी गरिदिन अनुरोध गरे पनि केहि उपलब्धी हुन नसेको सुचना प्राप्त भएको हुँदा, यहाँ युएइ मार्फत खोज तलासी अभियानलाइ अगाडी बढाउन, समाजले खोज तलास कार्यका लागी युएइमा लामो समय देखि कार्यरत रहि सामाजिक कृयाकलापमा सक्रिय रहेका समाजका संरक्षक समाजसेवी ढकाललाइ संयोजक बनाएको कुरा व्यक्त गर्दै समाजका अध्यक्ष गुप्त शेखर पौडेलले खोज तलास कार्यमा तिव्रता प्रदानका लागी युएइमा रहेका सम्पुर्ण कस्केली लगायत गैर कस्केली नेपालीहरूलाइ हातेमालोका लागी आहुवान गर्नुभएको छ। स्मरण रहोस निज भण्डारीको पासपोर्ट नं 2274055  रहेको छ भने नेपाली नागरिकता नं 122930  रहेको छ ।

 

साथै निज भण्डारीका बारेमा कोही कसैलाइ जाकारी भय समाजका पदाधिकारी लाइ सम्पर्क गरि जानकारी गराइदिनुहुन पनि समाजले बिनम्र अनुरोध पनि गरेको छ ।