Home

कतारमा ३४ औ्र मगर दिवश मनाउने तैयारी पुरा

E-mail Print PDF
AddThis Social Bookmark Button

विजयकुमार मगर, कतार

बिश्व भर छरिएर रहेका मगरहरुले फाल्गुण १५ को दिनलाई मगरहरुको एकताको रुपमा मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनी नेपाल मगर संघ, शाखा कतारले पनि आउने शुक्रवार अर्थात ४ मार्च २०१६ का दिन दोहाको नज्मा स्थित अल नक्यायन होटलमा “ईतिहांस, भाषा, संस्कृतिको संरक्षण—सम्वर्धन मगरहरुको मूलमन्त्र, जातियपहिचान र स्वायत्तशासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र”भन्ने नाराको साथमा ३४ औंैं मगर दिवस केन्द्रिय समितीका सह कोषाध्यक्ष केशव घर्ति मगरको संयाोजकत्व पांच सदस्यिय उपसमिति गठन गरी  मगर दिवश सम्पन्नका लागी गठन गरिएको थियो ।

उक्त कार्यक्रममा गत जनवरी ९ तारिख २०१६ मा सम्पन्न समाल पब्लिक गार्डेनमा मगर माघे सकराटी— २०१६ को कार्यक्रममा भएको दौड प्रतियोगिता वाट विजेता दोहा कतारमा रहेका मगर समुदायका लागि  १ वर्षका मगर सांस्कृतिक वाङ (राजा) पनि घोषणा गरिने, खेलकुद कार्यक्रममा डोरी तान्ने खेलमा सफल भएकाहरुलाई पुरस्कार वितरण गरिनुका साथै र माघे सकराटी— २०१६ को कार्यक्रममा सहयोग गरि सफल पार्नु भएका संघ, संस्था ब्यक्तित्वहरुलाई सम्मान पनि गरिने वारेमा कार्यक्रम संयोजकले बताउनु भयो ।

यसरी नै उक्त कार्यक्रममा मगरहरुको संस्कृती झल्किने सांस्कृतिक प्रस्तुतीहरु  भुम्याह, चुड्का, झ्याउरे, हुर्रा, कौराह, लोक गीत, सालैजो, मारुनी लगायत अन्य विविध  सांस्कृतिक कार्यक्रम हुने र कार्यक्रममा प्रवेश शुल्क फ्रि भएको पनि संयोजक केशव घर्ति मगरले जानकारी दिनु भयो ।