HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home

कास्की आदर्श सेवा समाज युएर्इको दोस्रो साधारण सभा तथा महाधिवेसन सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर

यूएई

कास्की आदर्श सेवा समाज युएर्इको दोश्रो साधारणा सभा तथा महाधिवेसन सम्पन्न भएको छ । शुक्रवार यूनाईटेड अरब इमिरेट्सको, दुबई, बरदुबईस्थितसिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमानेपाली राजदुतावास, अबुधाबीकी दित्तिय सचिव श्रीमती विष्णु कुमारी अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज युएर्इका भुपु अध्यक्ष, एवं सँस्थाका संरक्षक तथा वरिष्ठ समाजसेवी कृष्ण बहादुर ढकाल, नेपाली समाज युएर्इका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की, नेपाली समाज युएर्इका प्रबक्ता दिकादत्त शिवा, एन आर एन आसिसी युएर्इका सदस्य गोपाल कँडेल, एन आर एन युएर्इका उपाध्यक्ष रमेश श्रेष्ठ, एन आर एन युएर्इका प्रतिनीधी भुपति न्यौपाने, स्याङ्जा सेवा समाज युएर्इका अध्यक्ष कृष्ण न्यौपाने, गोरखा सेवा समाज युएर्इका अध्यक्ष बिनोद श्रेष्ठ, बाग्लुङ सेवा समाज युएर्इका प्रतिनीधी पुर्ण साप्कोटा,अर्घाखाँची सेवा समाज युएर्इ, दुबइ क्षेत्रिय अध्यक्ष राम प्रसाद अधिकारी, दाङ देउखुरि सेवा समाज युएर्इका प्रतिनीधी नारायण आचार्य, विश्व सहयोग सँघ युएर्इका अध्यक्ष गोविन्द ढकाल, नेपाली एकता समाजकी प्रतिनिधी विपीका पोख्रेल, तमु प्लेहु संघका अध्यक्ष मुक्ति तमु, समाजसेवी तथा व्यवसायी मधु कुमार आले,सँस्थाका सल्लाहकार सदस्य रतन थापा लगायत कास्की जिल्ला घर भर्इ यूएईमा कार्यरत कलाकार श्रीमती सावित्री गिरीको आतिथ्यतामासम्पन्न उक्त समारोहमा समाजका पदाधिकारी, क्षेत्रिय समितीका अध्यक्ष, सदस्यहरू लगायत कस्केली तथा गैर कस्केली हरूको व्यापक उपस्थिती रहेको थियो । 

 

प्रमुख अतिथी तथाअतिथीहरुबाट दिप प्रज्वलन तथा समाजको ब्यानर अनावरण गरिबिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजकामहासचिव मनोज कुमार सैंजुले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।समाजका उपाध्यक्ष पस बहादुर गुरूङको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन सचिव केदार कुँवरले गर्नु भएको थियो भने साथ समाजको स्थापना बारेमा प्रकाश पार्नु भएको थियो ।

 

उक्त कार्यक्रममा नेपाली समाजका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार संयोजक ज्ञानेन्द्र बहादुर कार्कीले कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहनु पर्ने अवस्थाको महसुस गरि स्थापित यस समाजको स्थापनाको क्षण ताजा रहेको जिकीर गर्दै समाजले यस दुइ वर्षे अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सँस्थाका पदाधिकारीहरूको प्रशंशा गर्दै, उपस्थित समस्त कस्केलीलार्इ संस्थामा सरिक हुन आग्रह गर्नुभएको थियो ।

 

उक्त कार्यक्रममा मन्तब्य दिने क्रममा अतिथीहरू एन आर एन युएर्इका प्रतिनीधी भुपति न्यौपाने, नेपाली समाज युएर्इका प्रबक्ता दिकादत्त शिवा, समाजसेवि मधु कुमार आले, सल्लाहकार सदस्य रतन थापा, कलाकार श्रीमती सावित्री गिरीकोले समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै आ–आफ्नो संस्थाले हर सामाजिक कृयाकलापमा  हातेमालो गर्दै साथ दिने कुराहरू अभिव्यक्त गर्दै दोश्रो साधारण सभा तथा महाधिवेसनको शुभकामना व्यक्त गर्नुभएको थियो।

 

कार्यक्रममा समाजका महासचिव मनोज कुमार सैंजुले समाजकोप्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पुष्पराज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

सोही कार्यक्रममा प्रमुख अतिथी कास्की जिल्ला ढिकुरपोखरी गाविस वडा नं ३ जन्म घर रहेकी कस्केली चेलि श्री विष्णु कुमारी अधिकारीलाइ निजामति सेवामा प्रवेश सँगै युएइमा प्रवेश गरि कास्की वासीहरूको नाम रोसन गर्न सफल रहेकोमा समाजको तर्फबाट संरक्षक कृष्ण बहादुर ढकालले दोसल्ला ओढायर तथा सभापति पस बहादुर गुरूङले सम्मान पत्र हस्तान्तरण एवं सल्लाहकार सदस्य रतन थापाले खादाले सम्मान गर्नुभएको थियो। त्यसै गरि उक्त समारोहमा झापा जिल्ला मेचिनगर स्थायी घर भएकी हाल युएइको अबुधावी स्थित ट्रान्सपोर्टिङ कंपनिमा ड्राइभिङ पेशामा सम्लग्न रहेकी करूणा अधिकारी ९राइ० लाइ साहसिक महिलाको उपमा दिदै दोसल्ला तथा सम्मान पत्रले सम्मान गरिएको थियो भने समाजको सामाजिक कार्यमा सहकार्य गर्दै सहयोग गरेका सामाजिक सँस्थाहरू नेपाली समाज युएर्इ, तमु प्ये ल्हु संघ युएर्इ, नेपाली कलाकार समुह युएर्इ तथा सयपत्री रेष्टुरेन्ट अलकुजलाइ कदर पत्रले कदर गरिनुका साथै समाजका सक्रिय सदस्यहरू सुरेन्द्र जि।शी तथा श्याम प्रसाद भण्डारीलाइ प्रशंशा पत्र प्रदान गरीयो भने सँस्थाका आजिवन सदस्य प्राप्त गर्न सफल सदस्यहरूलाइ सदस्यता प्रमाण पत्र पनि प्रदान गरियको थियो ।

 

सम्मानित व्यक्तित्व तथा प्रमुख अतिथी अधिकारीले आफुलार्इ सम्मान प्रदान गरि यस कर्मभुमिमा माइतीको याद ताजा गराइ आफ्नो काम तथा कर्तव्यपथमा लम्किन थप उर्जा मिलेको कुरा व्यक्त गर्दै समाजको सम्मान प्रति आफु ऋणि रहेको कुराको पनि जिकीर गर्नु भयको थियो । त्यस्तै शुभकामना मन्तव्यका क्रममा संरक्षक ढकालले कार्य समितीको काम प्रति खुलेर प्रशंशा गर्नुका साथै यसै गरि सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू तथा भावी कार्ययोजनाहरूको मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजको कार्य समितीले पारित गरेको संसोधित बिधानका बुँदाहरूका बारेमा पनि जानकारी दिनुभयको थियो ।

 

पहिलो सत्रको अन्त्य गर्दै कार्यक्रमका सभापति तथा उपाध्यक्ष पस बहादुर गुरूङले आफ्नो व्यस्तताको बाबजुद पनि समाजमा तल्लीन रहि साथ दिएकोमा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कस्केलीहरूलार्इ संस्थामा समाहित हुन आग्रह हुन अपिल गर्दै प्रथम सत्र समाप्त भएको घोषणा गरि दोस्रो सत्र संचालनका लागी निर्वाचन समिती संयोजक संरक्षक कृष्ण बहादुर ढकाललार्इ कार्यक्रम हस्तारन्तरण गर्नुभएको थियो ।

 

दोस्रो चरणमा उपस्थित कस्केलीहरुले कार्य समितीले गरेका सम्पुर्ण काम हरू अनुमोदनका साथ पारित गरिआगामी दुर्इ वर्षका लागीश्री मनोजकुमार सैंजुको अध्यक्षतामा नै तेर्र सदस्यीय कार्यसमिती सर्वसम्मतीले चयन गरेको छ, जसको उपाध्यक्षहरूमा श्री राजेश श्रेष्ठ र सुरेन्द्र जि।शी, महासचिवमा निवर्तमान सचिव श्री केदार कुँवर, कोषाध्यक्षमा पुन श्री पुष्पराज अधिकारी तथा सचिव श्री विकास अधिकारी, केन्द्रिय सदस्यहरूमा क्रमशश्री मनोज गुरूङ, श्री बलराम अधिकारी, श्री नेत्र बहादुर नेपाली, श्री गोविन्द भण्डारी सुश्रि अस्मिता थापा, श्री श्याम प्रसाद भण्डारी तथाश्री लालसुब्बा गुरूङलार्इ चयन ग(योभनेबाँकी दुइ केन्द्रिय सदस्य तथा सल्लाहकार समिती नव निर्वाचित कार्यसमितीको बैठकले चयन गर्नेजानकारी प्राप्त हुनका साथै कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समितीमा सँस्थाका निवर्तमान अध्यक्ष गुप्त शेखर पौडेल तथा निवर्तमान उपाध्यक्ष पस बहादुर गुरूङलाइ प्रतिनीधीका रूपमा तथा सल्लाहकार सदस्य रतन थापालाइ मध्यपुर्व संयोजकका रूपमा चयन पनि गरेको छ ।

 

दोस्रो चरणमा उपस्थित अतिथीहरू क्रमश गोपाल कँडेल, ऐकेन्द्र ब। थापा, रमेश श्रेष्ठ, बिपीका साप्कोटा तथा प्रमुख अतिथी अधिकारीले नवनिर्वाचित समितीलार्इ शुभकामना तथा बधार्इ दिनु हुदै निवर्तमान अध्यक्ष गुप्त शेखर पौडेल तथा टिमले गरेको उल्लेखनिय कार्यहरूको कदर गरि सँस्थाको गरिमा बढाउन सफल रहेको कुरा ब्यक्त गर्दे नवनिर्वाचित टिमले यसै गरिमा अरू इट्टा थप्ने कुराको बिश्वास प्रकट गर्नु भयको थियो ।त्यस्तै दोस्रो चरणको अन्त्यमा निर्वाचन समितीका संयोजक ढकालले नवनिर्वाचित कार्यसमितीलाइ कार्यसफलताको लागी अग्रिम शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष गुप्त शेखर पौडेल तथा टिमले गरेको उपलब्धीहरूको प्रशंशा गरि उक्त कार्यकाल अत्यन्त सफल रहेको कुरा व्यक्त गर्दै समारोह सफल तुल्याउनका लागि योगदान दिनुहुने समस्त महानुभावहरू तथा उपस्थित अतिथीगण, प्रमुख अतिथी तथा उपस्थीत सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: