HongKongNepali.com, The Next Media

Wednesday
May 24th
Home

कास्की आदर्श सेवा समाज युएइको दुबइ क्षेत्रिय भेला सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर

यूएई

कास्की आदर्श सेवा समाज, युएर्इको दुबइ क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ । गत शुक्रवार १२ अगष्ट २०१६ का दिन यूएईको दुवइ स्तिथ सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा भएको उक्त भेलामा नेपाली समाज युएर्इका भुपु अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाज युएर्इका संरक्षक श्री कृष्ण बहादुर ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने  सल्लाहकार सदस्य श्री रतन थापा, गुप्तशेखर पौडेल, निवर्तमान उपाध्यक्ष श्री पस बहादुर गुरूङ को बिसेस उपस्थितिमा सम्पन्न उक्त समारोहमा समाजका, केन्द्रिय उपाध्यक्षहरू राजेश श्रेष्ठ, सुरेन्द्र जि।शी,  महासचिव केदार कुँवर, कोषाध्यक्ष पुष्पराज अधिकारी, सचिव विकास अधिकारी, केन्द्रिय सदस्यहरू श्याम प्रसाद भण्डारी, बलराम अधिकारी, गोविन्द भण्डारी, लालसुब्बा गुरूङ, बिनिता थापा लगायतका केन्द्रिय समितीका पदाधिकारीहरूको उपस्थिती रहनुका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

 

नेपाली राष्ट्रिय गानका धुनका साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष श्री मनोजकुमार सैंजुको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन महासचिव केदार कुँवरले गर्नु भएको थियो भने साथ समाजको स्थापना बारेमा प्रकाश पार्नु भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा समाजका केन्द्रिय उपादक्ष्य दोय श्री राजेश श्रेष्ठ र सुरेन्द्र जी।सी। ले कास्की आदर्स सेवा समाजको स्थापना काल बाट यो मिति सम्म ल्याई पुराउन सहयोग गर्ने सम्पूर्ण कस्केली हरुलाई धन्यवाद दिदै आगामी दिन हरु मा पनि हातेमालो गर्दै अगाडी बढी धेरै भन्दा धेरै कस्केली लाइ समेट्ने कुरा मा बिस्वस्त पार्दै शुभकामना प्रकट गर्नु भएको थियो, साथै उक्त कार्यक्रममा समाज का सल्लाहकार सदस्य श्री रतन थापा र गुप्तशेखर पौडेल ले समाजले गरेका काम हरुको प्रसंसा गर्दै आगामी दिन हरु मा यस्लाई अझै अगाडी बढाउदै लैजानु पर्नेमा आफुहरुको सहयोग निरन्तर रहने कुरामा बिस्वस्त पार्नु भयो।

उक्त समारोहमा कास्की आदर्श सेवा समाजका केन्द्रिय सदस्य श्री श्याम प्रसाद भण्डारीको अध्यक्षतामा १० सदस्यीय क्षेत्रिय समिती गठन गरिएको छ भने जसको उपाध्यक्षहरू श्री देब बहादुर गुरुङ र श्रीमती नारायणी पौडेल वाग्ले,  महासचिब श्री शिवराज बस्ताकोटी,  सचिब श्री सागर श्रेष्ठ, कोषाध्यक्ष श्री बिजय त्रिपाठी,  सदस्यहरु क्रमशस् श्री बोधराज अधिकारी, अर्जुन बस्यौला,  प्रेम नेपाली र दुर्गा बहादुर सुनार रहनुभएको छ ।

प्रमुख अतिथी तथा संरक्षक ढकालले कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले यस समाजको स्थापना गरिएको जनाउँदै समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू तथा भावी कार्ययोजनाहरूको बारेमा प्रकास पार्दै योजनहरू मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजले युएईमा कार्यरत रहेका कस्केली प्रति कस्तो भूमिका खेल्नु पर्छ , क्षेत्रिय समितिहरुको औचित्य, आबस्यकता र काम कर्तब्यहरुका बारेमा प्रकाश पार्नु भयको थियो ।

समारोहको अन्त्यमा कार्यक्रमका सभापति तथा केन्द्रिय अध्यक्ष श्री मनोजकुमार सैंजुले आफ्नो व्यस्तताको बाबजुद पनि समाजमा तल्लीन रहि साथ दिएकोमा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कस्केलीहरूलार्इ संस्थामा समाहित हुन आग्रह हुन अपिल गर्दै नव गठित क्षेत्रिय समितीका पदाधिकारीहरूलार्इ सपथ गराउँदै कार्यसफलताको लागी अग्रिम शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रम सफल तुल्याउनका लागि योगदान दिनुहुने समस्त महानुभावहरू तथा उपस्थित सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News