HongKongNepali.com, The Next Media

Saturday
Jun 24th
Home

वृद्दाश्रामलाइ सहयोग हस्तान्तरण सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवरर,मनोज कुमार सैंजु,

पोखरा

कास्की आदर्श सेवा समाज युएईको सहयोगमा लेखनाथ नगरपालिका १३ मा अवस्थित रहेको राधा कृष्ण वृद्दाश्रामलाईगत शनिबार एक समारोह बिच वृद्दाश्राम प्राङ्गडमाआर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयको छ।कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समितीका संयोजक श्री तिलक साप्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा विशेष अतिथीको रूपमा वृद्दाश्राम व्यावस्थापन तथा संचालक समितीका अध्यक्ष प्रेम लिगल, उपाध्यक्ष श्री गणेश बहादुर के।सी, सचिव शोभामोहन पौडेल, अतिथीको रूपमापत्रकार कविन्द्र खनाल समाजका सँस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहाकार श्री गुप्त शेखर पौडेल, समाजका उपाध्यक्ष श्री राजेश श्रेष्ठ, कोषाध्यक्ष श्री पुष्पराज अधिकारी, सचिव श्री विकास अधिकारी, केन्द्रिय सदस्य सुश्रि अस्मिता थापा, दुवइ क्षेत्रिय समितीका उपाध्यक्ष श्रीमती नारायणी पौडेल वाग्ले, समाजका आजिवन सदस्य तथा दुवइ क्षेत्रिय समितीका सदस्य दुर्गा बहादुर सुनार तथा समाजका सदस्य चन्द्रमणी पौडेलको समुपस्थितीमा सम्पन्न समारोहमा वृद्दाश्राममा रहेका बुबा आमा लगायत अन्य स्थानियहरूको व्यापक उपस्थिती रहेको थियो ।

 

कास्की आदर्श सेवा समाज युएईका अध्यक्षश्री मनोज कुमार सैंजुको सभापतित्वमा सम्पन्न उक्त समारोह श्री विश्वराज लामिछानेले संचालन गर्नु भएको थियो । समाजका सँस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहाकार श्री गुप्त शेखर पौडेललेस्वागत मन्तब्यका साथमा समाजको गतिविधीका बारेमा व्यख्या गर्देवृद्दाश्राम जस्तो पवित्र धाममा समाजको नामबाट प्रत्यक्ष उपस्थित भइ सानै भएपनि सहयोग हस्तान्तरण गर्न पाउँदा आफु हर्ष विभोर भएको कुरा व्यक्त गर्दै यस पवित्र कार्यमा साथ दिनुहुने युएर्इमा कार्यरत कस्केली तथा गैर कस्केली सम्पुर्ण सहयोगीहरूमा हार्दिक धन्यवाद एवं आभार प्रकट गर्नुभएको थियो । तेस्तै मन्तव्यका क्रममा वृद्दाश्राम व्यावस्थापन समितीका अध्यक्ष श्री प्रेम लिगलले कास्की जिल्लाबाट वैदेशिक रोजगारीका शिलशिलामा युएर्इमा कार्यरत रहेका कस्केली दाजुभाइ तथा दिदीबहिनीहरू संगठित भइ मानविय सहयोगका कामहरू गर्दै आइरहेको खबर सुन्न पाइरहेको अवस्थामा आज यस पवित्र वृद्दाश्रामलाइ सहयोग स्वरूप आफु स्वयंले सहयोग ग्रहण गर्न पाउँदा अत्यन्त खुशि रहेको कुरा अवगत गराउँदै, यस महान कार्यमा सहयोग गर्नुहुने युएर्इमा कार्यरत समस्त कस्केलीहरू प्रति वृद्दाश्राम परिवार कृतज्ञ रहेको कुरा व्यक्त गर्दै तिन महिना अघि कास्की आदर्श सेवा समाज युएईका महासचिव केदार कुँवरको वृद्दाश्राम अवलोकन भ्रमणको स्मरण गरि उक्त भ्रमणको नतिजा हाम्रो सामु पाउँदा महासचिव कुँवरलाइ तथा कास्की आदर्श सेवा समाज युएई परिवारलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दै सबै सहयोगी मनहरूमा बुबा आमाको आशिर्वाद लागोस् भन्ने कामना पनि गर्नु भएको थियो ।

समाजका कोषाध्यक्ष श्री पुष्पराज अधिकारीको संयोजकत्वमा अर्थ संकलन समिती गठन गरि समाजले कार्यसमिती पदाधिकारी, सदस्यहरू, सल्लाहाकारहरू लगायत युएर्इमा कार्यरत कस्केलीहरू माझ उक्त  सहयोग संकलन अभियान संचालन गरेको गरेको थियो भनेउक्त अभियानबाट संकलित रकम नेपाली रुपैया नगद रू १०२,००१मात्र, अक्षरूपि एक लाख दुइ हजार एक रूपैया तथा फलफुल समाजका अध्यक्ष लगायत अन्य उपस्थित पदाधिकारीहरूले संयुक्त रूपमा वृद्दाश्राम व्यवस्थापन समितीका अध्यक्षलाइ हस्तान्तरण गरियको थियो भने उक्त समारोहमा नै समाजका उपाध्यक्ष राजेश श्रेष्ठको व्यक्तिगत सहयोगमा वृद्दाश्रामलाइ कम्बल हस्तान्तरण पनि गरिएको थियो ।

मन्तव्यका क्रममा समारोहका प्रमुख अतिथी एवं कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय समितीका संयोजक श्री तिलक साप्कोटाले वृद्दाश्राम जस्तो पवित्र सँस्थामा सहयोग संकलन गर्न सफल कास्की आदर्श सेवा समाज युएईका साथीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कृतज्ञता जाहेर गर्नुहुदै कास्की आदर्श सेवा समाज नामक कस्केलीहरूको एकताको लागी गठित सँस्थाको पहिलो स्थापना कतारमा भएको स्मरण गर्दै विश्व भरि छरियर रहेका समस्त कस्केलीहरूलाइ एकताको मालामा एकत्रित रहनु पर्ने अहिलेको अवस्था रहेको कुरा पनि व्यक्त गर्नु भएको थियो ।

समारोहको अन्त्यमा समारोहका सभापति एवं कास्की आदर्श सेवा समाज युएर्इका अध्यक्ष मनोज कुमार सैजुले वृद्दाश्राम परिवारले यस सहयोग हस्तान्तरण समारोहको व्यवस्था गरि समाजलाइ सहयोग गर्नु भयकोमा वृद्दाश्राम व्यवस्थापन लाइ धन्यवाद दिदै वृद्दाश्राम जस्तो पवित्र सँस्थाको उदेश्यमा साथ दिन पायकोमा संस्थाको तर्फबाट तथा व्यक्तिगत तर्फबाट खुसी ब्यक्त गर्नुहुदै उक्त सहयोग संकलन कार्य सफल बनाउन साथ दिनु भयका सहयोग संकलन संयोजक समाजका कोषाध्यक्ष पुष्पराज अधिकारी, सहयोगीहरू समाजका सँस्थापक सदस्यहरू, आजिवन सदस्यहरू, कार्यसमितीका पदाधिकारीहरू, सँरक्षक, सल्लाहकारहरू तथा सम्पुर्ण दानविरहरूमा सहयोगकालागि हार्दिक धन्यवादका साथमा हार्दिक आभार प्रकट गर्दै यस्तै सेवाको लागि आगामी दिनमा पनि सहयोगको अपेक्षा व्यक्त गर्नु भयको थियो ।

स्मरण रहोस् यस भन्दा अगाडी गत साल २०७२ मा समाजले पोखरा उपमहानगरपालिका १७, सितापाइलामा अवस्थित पोखरा वृद्दाश्रामलाइ पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News