मुककाजी गुरुङ
आगालागीबाट गाँउ नै ध्वस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमिक्त आंधीखोला सेरोफेरो तमु समाज स्याङ्जा युकेबासीहरुले रकम सहयोग गरेका छन् ।युकेबासीहरु नेपालीहरुले लामडाँडा अग्नी पिडितहरुका निमिक्त नगद ८ लाख रुपैयाँ प्रदान गरेका हुन् । बेलायतमा संकलन भएको उक्त रकम आंधीखोला सेरोफेरो तमु समाजका निवर्तमान अध्यक्ष फत्त गुरुङ लगायत समाजका सदस्यहरु खुम गुरुङ र प्रेम गुरुङको उपस्थितिमा हस्तान्तरण भएको हो । एकद्धवार प्रणालीबाट राहत वितरण गरिने सरकारी नियम अनुसार राहत रकमको चेक लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा अध्यक्ष फत्त गुरुङले बेलायतबाट संकलित रकमले अग्नीपिडितहरुको घाउमा मलम लगाउन सहयोग पुग्ने दावी गर्नुभयो । उहाँले पिडितहरुको घर पुर्ननिर्माणमा ढिलाई हुन नहुने जिकिर समेत गर्नुभयो । उहाँले घर निर्माणको अधिकांश रकम संकलन भइसकेको भन्दै पुर्ननिर्माण थाल्न अनुरोध पनि गर्नुभयो ।
त्यसैगरी स्थानिय समाजसेवी एवम लेफ्टिनेन्ट चौ बहादुर गुरुङले अग्नीपिडितका नाममा आएको रकमलाई दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगालागी बाट ध्वस्त बनेका घरहरु छिट्टै पुर्ननिर्माण हुने अश्वासन दिनुभयो ।
राहत वितरण कार्यक्रममा बोल्दै लामडाँडा दैविक प्रकोप समितिका संयोजक एवम गाविस सचिव डिल्लीराम चापागाँईले हाल सम्म ५५ लाख ४१ हजार संकलन भइसकेको जानकारी दिनुभयो । उहाँले पिडितहरुलाई पहिलो किस्ता स्वारुप प्रति परिवार १ लाख वितारण भइसकेको बताउनुभयो । यस संगै पिडितहरुले घर निर्माण थालेका छन । गत बैशाख १८ गते आँगलागीबाट २३ घर पुर्ण रुपमा नष्ट भएको थियो । आगालागीबाट नष्ट भएका घर निर्माणका लागि करिव १ करोड १५ लाख लाग्ने अनुमान गरिएको छ । हाल सम्म ६६ बण्डल जस्तापाता, काठ उपलब्ध भइसकेको बताए।
http://hongkongnepali.com/component/content/article/65-2009-06-19-06-29-56/14004-2016-11-11-13-10-12.html#sigFreeIdbc74537865