HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home

दक्षिण कोिरयाद्वारा आयोजित दास्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

पुरू जोशी

२८ नोभेम्बर २०१६

दक्षिण कोरिया स्थित नेपाली ब्याडमिन्टन खेल प्रेमीहरूको साझा संस्था नेपाल ब्याडमिन्टन संघ, दक्षिण कोरियाद्वारा यहि नोभेम्बर २७ का दिन आयोजित दास्रो ब्याडमिन्टन प्रतियोगिता भब्य रूपमा सम्पन्न भएको छ । 

राजधानी सउलको दोङदेमुन स्थित सङदोङ हाइ स्कुलको कभर्ड हल भित्र आयोजित उक्त प्रतियोगितामा ए ग्रेड सिंगल, डबल र बी ग्रेड सिंगल, डबल गरी कुल ४ इभेन्टमा खेलाइएको थियो ।

सबै इभेन्ट गरी लगभग ५० जनाले भाग लिएको उक्त प्रतियोगितामा ग्रेड ए को सिंगलमा अनील कुमार श्रेष्ठले प्रथम स्थान हासिल गरे भने नरेन नेम्वाङले दा्ेस्रो स्थान हासिल गरे त्यसैगरि डबल तर्फ बिपिन गुरूङ र रूप गुरूङको टीम दर्शन नमस्तेले पहिलो स्थान हासिल गरे भने दोस्रो टेक आले र नरेन नेम्वाङको इन्छन् ए टीमले दोस्रो स्थान हासिल गरेका थिए ।

त्यसैगरि ग्रेड बीको सिंगलमा प्रकाश मगरले प्रथम स्थान हासिल गरे भने दोस्रोमा नारायण श्रेष्ठले हासिल गरेका थिए । ग्रेड बी को डबल तर्फ ख्वाङ्जुबाट सहभागिता जनाउनु भएका जिन्ह्वा टीमले प्रथम स्थान हासिल गरेका थिए भने दोस्रोमा इन्छन् बी भएका थिए ।

निक्कै नै सौहार्दपूर्ण र प्रतिष्पर्धात्मक रूपमा खेलाइएको उक्त प्रतियोगिताको बिजेता तथा उपबिजेता खेलाडीहरूलाइ संघका सल्लाहकार दिनेश हिराचन, रबिन तामाङ, नेपाल फुटबल संघ कोरियाका अध्यक्ष कृष्ण गुरूङ ब्रो, मोना कोरियाका अध्यक्ष लोक बानियाँ र ख्वाङ्जु नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पराजुलीले मेडल, ट्रफीका साथ प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News