HongKongNepali.com, The Next Media

Wednesday
May 24th
Home

कास्की आदर्श सेवा समाज, युएर्इको नयाँवर्ष शुभ-कामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर, यूएई ।

गत शुक्रबार १३ जनवरि, २०१७ का दिन संयुक्त अरब इमिरेट्सको दुबई स्तिथ जाबिल पार्कमा नयाँवर्ष शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम एक बिशेष समारोहका बीच भव्यताका साथ सु(सम्पन्न भयो । नेपाली समाज युएर्इका भुपु अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाज, युएर्इका सस्थापक तथा संरक्षक कृष्ण बहादुर ढकालज्युको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा, तमु प्ये ल्हु सँघ युएर्इका अध्यक्ष मुक्ति तमु, गैर अवासिय नेपाल समाज, युएइका उपाध्यक्ष रमेश श्रेष्ठ, गैर अवासिय नेपाल समाज, युएइका महासचिव दिपक खड्का, आ.एम.इ युएइका प्रमुख सरोज वस्नेत, समाजसेवी श्रीमती नन्द कुमारी कोइराला, समाजसेवी दिपक सुवेदी, समाजसेवी भेषराज ढकाल, समाजसेवि बाबुराम साप्कोटा, समाजसेवी तथा गैर अवासिय नेपाल समाज ओमानका भुपु उपाध्यक्ष मुक्ति बराल, समाजसेवी राजकुमार रानाभाट, समाजसेवी रविन्द्र पौडेल, समाजका सल्लाहकार संयोजक रतन थापा, संस्थापका अध्यक्ष तथा वर्तमान सल्लाहकार सदस्य गुप्त शेखर पौडेल, नेपाली कलाकार समुहका कलाकारहरू नरेन साप्कोटा, लक्ष्मि शर्मा, गोपाल भट्टराइ अतिथिको रूपमा तथा अन्य संघ संस्था का प्रतिनिधि, स्थानिय व्यावसायी तथा बुद्धिजिवीहरु, संस्थाका संस्थापक, सल्लाहकार, केन्द्रिय तथा क्षेत्रिय कार्यसमितीका पदाधिकारिहरू लगाएत सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी तथा अतिथीहरुबाट नेपाली राष्ट्रिय गानका साथ कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राख्दै यस समाजले स्थापना भएपछि हरेक वर्ष आयोजना गर्दै आयको यस बनभोज कार्यक्रम तेस्रो रहेको बताउँदै कार्यक्रममा उपस्थित सबैलाइ समारोहमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष तथा सभापति मनोज कुमार सैंजु हुनुहुन्थो भने समाजका केन्द्रिय महासचिव केदार कुँवरले कार्यक्रम संचालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा समारोहका प्रमुख अतिथी संरक्षक कृष्ण बहादुर ढकालले शुभकामना मन्तव्य राख्दै आफ्नो स्थापनाकालको छोटो अवधिमा समाजले विभिन्न उत्कृष्ट सामाजिक कार्य गर्न सफल भई क्रियाशील संस्थाको परिचय दिएको कुरा उल्लेख गर्दै यसको निरन्तर सफलताको कामना गर्नु का साथै यसै गरि सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू तथा भावी कार्ययोजनाहरूको मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजलार्इ व्यापक बनार्इ युएर्इमा छरिएर रहेका समस्त कस्केलीहरूलार्इ समेट्नको लागी सबै मिलेर लागि पर्नु पर्ने कुराको जिकीर गर्दै समाजका गतिबीधीहरूका बारेमा प्रकाश पार्दै समाज स्थापना मात्र गरेर नहुने, यसलार्इ मलजलको खाँचो पर्ने कुरा व्यक्त गर्दै, उपस्थित कस्केलीहरूलाइ सँस्थाको सदस्यता ग्रहण गरि यस पवित्र सँस्थामा समाहित हुनका लागि आग्रह यस समाजले युएइमा हर सामाजिक कृयाकलापमा हातेमालो गरिरहेको कुरा व्यक्त गर्दै समाजको प्रगतीको कामना गर्नुभएको थियो ।

विविध मनोरन्जनात्मक खेलकुद एवं साँस्कृतिक कार्यक्रम तथा नेपाली खानाका स्वादिस्ट परिकारका साथ सम्पन समारोहमा समाजको हर सामाजिक गतिबिधीमा हातेमालो गर्नु भयका समाजसेवि कास्की जिल्ला लेखनाथ नगरपालिका ३ बुढिबजार निवासी श्री सुरेन्द्र बहादुर गोदार थापालाइ उपस्थित प्रमुख तथा सभापतिको हातबाट सम्मान पत्रले सम्मानित गरियको थियो भने उक्त कार्यक्रमलाइ सफल बनाउन प्रायोजन गर्नु भएका अर्का समाजसेवी कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं १३ निवासी दिपक सुवेदीलाइ पनि सम्मान पत्रले सम्मानित गरियको थियो । त्यस्तै उक्त अवसरमा नै समाजको आजिवन सदस्यता प्राप्त गर्न सफल सदस्यहरू मनोज गुरूङ, सागर श्रेष्ठ, शिवराज वस्ताकोटी, विजय त्रिपाठी, प्रेम बहादुर नेपाली, कमल कुँवर लाइ सदस्यता प्रमाण पत्र पनि वितरण गरियको थियो ।

कार्यक्रमको अन्तिम चरणमा खेलकुद विजेताहरूलाइ प्रमुख अतिथि, अतिथी, सभापति बाट पुरस्कार वितरण गरिएको उक्त समारोहको अन्त्यमा समाजका अध्यक्ष तथा समारोहका सभापति मनोज कुमार सैजुले समापन तथा शुभकामना मन्तव्यको क्रममा उपस्थित अतिथि गण लगायत सबैलाई धन्यवाद दिदै समाजको विस्तारीत योजनाका लागि सबै मिलेर हातेमालो गर्दै अगाडी बढ्नु पर्ने कुराको जोड दिदै कार्यक्रम सफल तुल्याउन सहयोग पुर्याउनु हुने कार्यक्रम संयोजक एवं समाजका उपाध्यक्ष सुरेन्द्र जि।शि लगायत सदस्यहरु एवं सम्पूर्ण पदाधिकारी लगायत अन्य उपस्थित कस्केली तथा गैरकस्केली नेपालीहरू प्रति तथा स्वादिष्ट नेपाली खानाको व्यवस्था गरेकोमा सयपत्री रेष्टुरेन्ट अल कुज प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News