HongKongNepali.com, The Next Media

Saturday
Nov 18th
Home

कास्की आदर्श सेवा समाज युएर्इको तेश्रो स्थापना दिवस सम्पन्न

E-mail Print PDF
AddThis Social Bookmark Button

केदार कुँवर,

यूएई

कास्की आदर्श सेवा समाज, युएर्इको तेश्रो स्थापना दिवस तथा कास्कीका वरिष्ठ समाजसेवी एवं सामाजिक अभियन्ता श्री निरज थापाको सम्मान कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार १० मार्च २०१७ का दिन यूएईको दुवइ स्तिथ सिन्ध पंजाब रेष्टुरेन्टको सभाहलमा भएको उक्त समारोहमा मानव अधिकार एशियन फोरम नेपालका अध्यक्ष श्री निरज थापाको प्रमुख आतिथ्यता सम्पन्न भयको उक्त समारोहमा, विशेष अतिथीमा नेपाली समाज युएर्इका भुपु अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाज युएर्इका सँस्थापक तथा संरक्षक श्री कृष्ण बहादुर ढकाल, नेपाली समाज युएर्इका निवर्तमान अध्यक्ष एवं कास्की आदर्श सेवा समाज युएर्इका सँस्थापक सदस्य एवं सल्लाहकार श्री ज्ञानेन्द्र बहादुर कार्की, नेपाली बिजनेस काउन्सील युएर्इका कोषाध्यक्ष श्री एकेन्द्र बहादुर थापा, तमु समाज युएर्इका भुपु अध्यक्ष तथा वर्तमान सल्लाहकार राजु गुरूङ, बाग्लुङ सेवा समाज युएर्इका अध्यक्ष श्री पिताम्बर पाण्डे, समाजसेवी व्यवसायी छविलाल कुँवर, कास्की आदर्श सेवा समाज युएर्इका सँस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार गुप्तशेखर पौडेल उपस्थिती रहेको थियो । तेस्तै उक्त समारोहमा समाजका, केन्द्रिय समिती तथा क्षेत्रिय समितीका पदाधिकारीहरूका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । 

नेपाली राष्ट्रिय गानका धुनका साथ केक काटेर बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका सँस्थापक तथा संरक्षक श्री कृष्ण बहादुर ढकालले स्वागत तथा शुभकामना मन्तव्यका क्रममा सन् २०१४ फेब्रुअरी २१ मा गठित यस समाज अज तेश्रो वर्ष पुरा गरि चैथो वर्षमा प्रवेश गरेको पुनित अवसरमा उपस्थित सबैमा शुभकामना व्यक्त गर्दै कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले यस समाजको स्थापना गरिएको जनाउँदै समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू, स्थापना काल देखि हालसम्म गरेका सामाजिक गतिविधीहरूका बारेमा जानकारी दिदै तथा भावी कार्ययोजनाहरूको बारेमा प्रकास पार्दै योजनाहरू मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजले युएईमा कार्यरत रहेका कस्केली प्रति कस्तो भूमिका खेल्नु पर्छ, क्षेत्रिय समितिहरुको औचित्य, आबस्यकता र काम कर्तब्यहरुका बारेमा प्रकाश पार्नु भयको थियो भने प्रमुख अतिथीको रूपमा समारोहमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनुभयकोमा वरिष्ठ समाजसेवी, कास्कीका सामाजिक अभियन्ता श्री निरज थापा प्रति यस समाज कृतज्ञ रहनुका साथै अफु स्वयं गैरावान्वित भयको कुरा व्यक्त गर्नुभएको थियो ।समाजका अध्यक्ष श्री मनोजकुमार सैंजुको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन महासचिव केदार कुँवरले गर्नु भएको थियो ।

प्रमुख अतिथी तथा समारोहको अन्त्यमा कार्यक्रमका सभापति श्री मनोजकुमार सैंजुले आफ्नो व्यस्तताको बाबजुद पनि समाजमा तल्लीन रहि साथ दिएकोमा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कस्केलीहरूलार्इ संस्थामा समाहित हुन आग्रह हुन अपिल गर्दै तेश्रो स्थापना दिवसको शुभकामना व्यक्त गर्दै, समारोहका विशेष अकर्षण वरिष्ठ समाजसेवी तथा सामाजिक अभियन्ता श्री निरज थापा जस्ता व्यक्तित्वलाइ यस समारोहमा प्रमुख अतिथीको रूपमा निम्त्याउन पाउँदा हर्ष विभोर भएको कुरा व्यक्त गर्दै उहाँका अनुभव र अनुभुतिहरूबाट धेरै ज्ञान प्राप्त हुने कुराको जिकिर गर्दै समाजसेवी युवा जमातमा थप उर्जा मिल्ने कुरा व्यक्त गर्नुका साथै उक्त कार्यक्रम सफल तुल्याउनका लागि योगदान दिनुहुने समस्त महानुभावहरू तथा उपस्थित सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News